घरदेश र आमा । Nepali Poetry l Ghardesh Ra Aama l by Lok Raj Bhatta l Nepali Kabita
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2024
- घरदेश र आमा
ओेखती थियो या पानी
गाउँको ढुंगे धारामा तिर्खा मेटाएपछी
हरियो बाँझोमा पल्टिँदा
छिनमै निदाउँथे आँखाहरु
बैशाख जेठको धुपमा
स्याँउलाको बिछ्यौना बनाएर
काफल डालिको छायाँमा
बेसुर भैरहँदा
बनचरीको जीबन्त भाकामा
सपना बुन्न सघाउँथे परेलीहरु
गाउँ माथीको बन
बनमाथीको भीमकाय ढुंगोमा
झ्याउ कोट्याउदै
हात रंगाईरहेका सान्नानीहरुको
मीठो गुनगुनाईमा
करङहरुले कहिल्यै खोजेनन्
कपासको स्पर्श
हातको सिरानीमा स्वर्ग नियाल्न
टल्किरहे ग्वाले आँखाहरु
लेकाली जाडोमा
हावासँग मिसिएर आउने
हिउँ सोहराको बिराट सुन्दरताले
हृदयमा निश्चिन्त बग्दथे
आनन्दका हिमनदीहरु
गाउँमा बुढ्यौली गफ सुनेर
आगो ताप्दै भुसुक्क हुन्थे आँखाहरु
एले सोच्दै छुँ
त्यो खर्क थियो कि मन्दिर ?
त्यहाँ मान्छे बस्थेकि देउता ?
बर्तमान हराई जाने
भबिष्य धरापमा अल्झिने
यो सहर हो कि मरभूमि
मासिदैजाने जिन्दगीका रंगहरुमा
खोज्दा खोज्दै अनेकथरी सपना
ढुक्क भएर पटक्क निदाउन नसक्ने आँखाहरुसँगै
पुगेको छु खाडी मुलुक
परदेशीले भेटाइरहदा बाडुलीको लय
बिछाइरहन्छिन रे आमा एकोहोरो दृष्टि
त्यही गाउँको गोरेटोमा
र भन्छिन रे बेलाबखत
आखिरमा गरिबका छोराको घरदेश भन्नु
छोरीले माइत गए जस्तै त रहेछ ।
लोकराज भट्ट
👍👍👍👍
❤️❤️
धेरै राम्राे र यथार्थ चित्रण गरिएको हाम्रो बाल्यकाल र हाम्रो गाउँ को। हजुर लाइ धेरै धेरै बधाइ छ। खुशी लाग्यो।
सुपर मामा जि 🙏🙏
यो सहर होकी मरूभूमि 😢
बयान गर्न कुनै शब्दै छैन❤
Sundar ♥️ dai