Gauri | अन्तिम भाग । Madhav Prasad Ghimire | by Manoj Bhandari | गौरी खण्डकाव्य | भाग -१२
ฝัง
- เผยแพร่เมื่อ 18 ม.ค. 2025
- राष्ट्रकवि माधव घिमिरेले आफ्नी दिवङ्गत पत्नी गौरीको सम्झनामा लेखेको खण्डकाव्य हो गौरी । वि. सं २०१५ मा साझा प्रकाशनबाट प्रकाशित यो कृति नेपालीभाषी समुदायमा अत्यन्तै लोकप्रिय छ ।
- บันเทิง
खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाई उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्
गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए
हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाई खालि मुखमा केही पनि बोल्दिन
‘आमा ख्वै ?’ भनि वेगले हृदयमा टाँसेर रोऊँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पार्यौ विधाता, किन !
आमालाई रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी
मेरा चञ्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाँस्थे जब फूल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि
पाक्यो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वइ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी‘
यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो !’ भनी
ती देखाउँदथिन् मलाई, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुच्ची भनी
ती रुन्थिन्, यिनलाई व्यर्थ अरुले हेलाँ गरे रे भनी
त्यो श्रृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए
धूलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुर्दछन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल
यी रोए पनि दुःख लाग्छ- यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन- यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ- यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ- यिनले फुर्की नखेले पनि
सानीलाई फुल्याउँला कति यहाँ औँलो चुसाईकन
ठूलीलाई भुलाउँला कति यहाँ आँसू लुकाईकन।आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔँला अनि एक रात सँगमा हेरेर तारातिर
यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहरू गैसके पनि उनी, छाया यहाँ हेर्दछ
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु
धोको क्यै यिनको पुर्याउँन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाइ ! गरे है क्षमा
केही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !
बेहानै यिनलाई एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाई एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाई प्यार गर है तारा कुनै हेर्दछिन्
आहा मनानन्द भो गुरुदेव
It's phenomenal. Zillionths of thanks sir for reciting this masterpiece 💖 Best wishes ahead.☺
सुन्दर ❤️❤️
वाचन पनि सुन्दर ❤️❤️
दिव्य दिव्य ❤️❤️🇳🇵🇳🇵
guru ❤️❤️❤️
Love from nepal 😉
aaha
❤️❤️
सबै सुनिसकेँ
😍😍
Guru g here like pani gare😂😂😂😁
Ma gaurav banjade ho hai ....😁😁😂😂
aaha sumadhur Guru
Thank you sir tara kina dhilo
गुरुजी भीमनिधि तिवारीज्यूको 'गरीब' कविता पनि तपाईँको मुखबाट एकपटक वाचन सुन्ने अभिलाषा थियो ।
Good!!
को को कहाँबाट सुनिरहनुभएको छ ?
नवलपुर
कतार
काभ्रे🤚
Dharan
म चाहिँ झापको धुलाबरीबाट कवि ज्यू ।