धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो ! मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ आफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो सम्झी ल्याउँछु- आज छैन रिस क्यै, गाली गरेहूँ किन जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि केही छैन उपाय, खालि कमलो छाती लिएको कवि टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि यौटा मानिस जो गयो-हृदयको सर्वस्व मेरो गयो यौटा पुस्तक लेखियो-हृदयको रुन्चे कुना देखियो साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ ! क्वै भन्लान्- शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा क्वै भन्लान्- यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
सम्झी ल्याउँछु- आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो
आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि
यौटा मानिस जो गयो-हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो-हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
क्वै भन्लान्- शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्- यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब
कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
वाचन उस्ले गर्न सक्छ जस्ले छन्दलाई जानेकाे हुन्छ बुझेकाे हुन्छ ।।।।u r great daju
आफै पढ्दाको बेला "गौरी" शोककाव्य, मनोज दाईको सुरिलो आवाजमा कस्तो हुदो हो-सुनिदो हो भन्द थे...
आज सुन्न पनि पाए-पाँउदैछु😭😍
प्रेम र प्रेम मात्र दाई....
❤️❤️
दिव्य । एउटा राष्ट्रकविको कवितामाथी भविष्यको राष्ट्रकवि बोलेको 😍 कति सुन्दर ।
कस्तो मनमोहक लय। धन्यमनोज बाबु।
तपाईँप्रति सम्मान जनाउन तपाईँकै शब्द सापटी लिएँ। हार्दिक श्रद्धाञ्जलि कविवर!🙏
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण”
@TDDFbaglung
सुनमा सुगन्ध । निरन्तर सुन्न पाइराखियाेस् । अत्यन्त कर्णप्रिय ।
राम्रो! सुनेर आनन्द आयो । राम्रो कामको थालनी ।उत्तरोत्तर प्रगति होस् ।
सुन्दर छ वाचन कला । निरन्तर जारी रहोस् ।
आहा!
दिव्य..
हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि ज्यू
जय होस प्रभु जि को
अत्यन्तै सुमधुर 😇😇
आहा😍😍😍
अरु पनि सुन्न पाम्।
हार्दीक श्रद्धांजलि राष्ट्रकवी । उनको मरण गीतमा गौरी लेखेको देखेको थीए । खोज्दै खोज्दै यहाँसम्म आए 🇳🇵🇳🇵😊
सुन्दर वाचन
I always listen to this every episode before I sleep..
I can sleep peacefully
भावमा घुसेर वाचन गर्नुहुन्छ बहुत मनपर्छ😍😘
राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्वु प्रती हार्दिक श्रद्धाञ्जली ।
।।।
मिठो वाचन गुरु
म विभोर
स्वरमा जादु छ मनोज भ्राता ।
मनोज दाइको स्वर सारै मिठो लाग्छ
amazing blending of emotion and creativity. Your vocal made it more deeper.. Thank You manoj...
Aaha😍 हार्दिक श्रद्धाञ्जली 😐
सुन्छु आँसु झार्छु,फेरि सोही दोहोरियो आज।
आहा प्रभु जी 😍😍😍
आहा मीठो काव्य ।
मैले सुन्न सुरु गरेँ..
राष्ट्रकविमा हार्दिक श्रद्धाञ्जली ।
Kati mitho aaha❤️
Bhandari rocks!!
❤️
Aaha manoj juru sundar sumadhur
आहा! भव्य गुरु।
Aaha..keep it up babu..
आहा !
त्यसै त अमृत
झन मह थपेेजस्तो भो !!!
#madhavkrishna
सुदर कबिता सुरिलाे बाचन
मार्मिक
आहा 🙏🙏
मीठो 😍
ramro lagyu sundai chu hai ma pani
अति मिठो स्वर
जयतु
आहा 😍
जय होस् ।
Jai jai jai hos
मिठास😍 वाह!
सुनेथें अस्तिको अन्तर्वार्ता पछि
सुन्दर
अाहा
ॐ🙏
Superb
आहा कति मीठो कति सुन्दर
राम्रो ।
RIP Rastra Kavi Madhav Prasad Ghimire.
😍😍 गुरु
Suniyo
आफूले पडेको भन्दा गुरुले पड्नुभको सुन्न मजा भो
अाहा !
Amazing
🙏🙏🙏🙏
Beautiful
💖💖
भावविह्वल बनायो ! आँखा रसाए !
😍😍😍
तेस्रो सर्ग मलाई मन पर्छ
आउँछ
💞💞💞💕
Lovely miss you
aaha
Ka ho va guru bhanchha pana pasale .....pani sunna paaiyos
Baaki kaile aaune
आइरहेको छ
sanoma padheko yad aayo
अब रामायण को पालो
आहा 🙏🙏
💖💖
❤❤❤