जोगे लोहारका छोरा | Joge Loharka Chhora | Herne Katha EP118 | हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- दुई छाक खानको लागि मात्रै पुरै जवानी भारतका चौकीदारीमा बिताउन बाध्य सुदूर पश्चिमका लाखौं मान्छेमध्ये एक हुन् जोगे लोहार । धनगढी र नेपालगंजका नाइटबसबाट झरेर मैलो सुरुवालको भित्री गोजीमा केही सय भारु जतन साथ लुकाएर - सीमामा आउने जाने मान्छेहरुमध्ये एक हुन् जोगे लोहार ।
You do not know of Joge Lohar. Nobody knows him. Not even our country. Joge Lohar is one of the thousands of people in the Far West of Nepal who are forced to spend their entire youth in India just to make ends meet.
🏆 Sponsored by 🏆
RMC Group - "Building the Nation Together"
Founded in 1992, RMC Group envisions to enrich the life of every citizen in the country. We are the pioneers in the development of the metal industry of Nepal. bit.ly/45rLKp9
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
अब यस्को चैँ पाँच वर्षपछी भाग 2 पनी आउनु पर्छ है विध्या दिदि भन्नेहरु कोको हुनुहुन्छ लाईक गर्नुस त।
I am waiting for part 2 ....
✋Me
Ho ho
It really should be
Iam Waiting for Part 2 ,
मिल्ने भये मेरो आयु घटाएर अबको 5 बर्ष सम्म छोरा डाक्टर भएको हेर्ने त्यो बुद्ध बुवा को सपना पुरा गरिदेउ भगवान
Good
🙏🙏🙏🙏🙏❤️
हजुर को बिचार प्रति नमन्🙏
🙏🙏🙏❤️
Such a nice cmmt ❤❤❤
"थरि थरि खाना खानेलाई पो खानाको स्वाद चाहिन्छ तर केही खान नपाउनेलाई भोक मेटाउनलाई खानाको कुनै स्वाद चाहिदैन" 😢😢 यो भनाइले मन छोयो 😭😭
Ho ni
मन भारी भो यो शब्द ले ❤
33:23
Agree😢
Really heart touching words
असल छिमेकीको उदाहरण बनिदिने असल मनका धनि नर बहादुर कार्कीको परिवार हुन, जसले जोगेलाई सानो जात, गरिब केहि नभनि सहयोग गरे । बृद्वा बाजेको लागि सहयोग गरिदिने असल सस्कार भएका ति नर बहादर कार्कीको नातिनि/परिवारलाई धेरै धन्यवाद।
असाध्य साम्रो भिडियो हेरियो आज ।
सि.बि लोहारको डाक्टर बन्ने सपना सफल रहोस शुभकामना।
Good humanity Nar Bdr. Karki big respect 🎉🙏
Manai dekhi dhanyabad ani dheroi dheroi vagwan ko aashis hjr lai nar bdr karki
श्रीमती र म बसेर हेरयोऊ/ दुबैको आँखाबाट आँशु झरेको पत्तै भएन/ हाम्रो छोरा १४ वर्षा को छ उसलाई पनि हेरायौ / यो कथाले धेरै प्रेरणा दिएको छ / कुनै दिन परीवारनै सी. बि. लोहार भाइलाई भेट्न बिराटनगर बाट भैरहवा जाने सल्ला भयो/ Thank you team Herne Katha.
Hus hjr ko mankamana pura hoss
Herney Katha laie mero dhari dharie naman 🙏🙏
hi can i get his number!
@@tsheringsherpa6612 nomber chahiyo hjr lai kasko nomber ni
कसको आँखा रसाएन हाेला र याे हेर्दा ...
अबको पाँच बर्ष पछि डा.सिबि लोहार हुनेछ्न।अनि बनाउनु पर्छ एउटा फिल्म भारतमा बनेको 12th fail जस्तै।
exactly
Absolutely 💯❤️
😂😂😂
आँखा भरिएर पोखिन नपाएको आँसु र
मन भरिएर निस्कन नसकेको बोलिको
मुल्य कसले बुझ्यो र खै..😢😌❤🙏
Dr. C.B लोहारलाई सफलताको कामना 🥀
मनै भावविभोर बनायो हजुरको शब्दले😢❤
Kasto marmik kura garnu vayo hai
tapai la garako comment ra herne katha episode 😢😢😢❤❤❤
अबको बाकी जीवन यस्तै सङ्हर्ष यसरी नै गर्छु।जति आज सम्मा बाउ बाजेको मा रमाए न दुख बुझे न सुख लाई क्षनभन्कुर हो भन्ने कुरा बुझे।।साच्चिकै क्षनिक आनन्द,खुसी त दिगो नहुदो रैछ।।हो साचिकै मेरो लागि एउटा आदर्श नै भएदिए डा।लोहार।।धन्यवाद सायद तिम्रो जन्म मा कुनै न कुनै विशेष नै छ मेरो लागि हो आज नै मैले यो ३०-४० मिनेट ले जिन्दगी चिन्ने बुझ्ने अवसर पाए।सायद आज मेरो लागि यो म भित्रको म चिन्न ढिला भएनी चिन्न अनि महत्वता केहो।।सफलता ले कसरी सबैको नजिक बनाउछ भन्ने कुरा सिकाए म भित्र को अहंकार ,इगो लाई कसरी सिकायो भन्ने सपाट काच को पर्दा भन्दा नि स्पष्ट भित्री मनको र्ह्र्दयङम गरे ।।धन्यवाद कथा हेर्दा कहाँ नेर कता आफुलाइ थाहा नै भएन।।प्यारो साथि को साथ छ हात छ।।यत्ती हो आफू नबनी अरुलाइ बनाउन सकिँदैन रछ।।।
तिमिलाइ यो कथाले पक्कै पनि अघि बढ्न कोशे ढुङा हुने छ भन्ने कुरा म पुर्णतय बिसस्त्व छ र साथै तिमी भित्रको भावानात्मक पक्षलाई अल्लि कठोरता बनाउदै अघि बढे पक्कै आजको दिन तिम्रो लाग्नी अनि तिम्लाइ आदर्श मान्ने हरुका लागि नि राम्रो हुन्छ।।
🙏🙏राउटेनी कान्छी मा समर्पित 😋😋😋
कस्तो मार्मिक शब्दले कमेन्ट गर्नुहुन्छ मेम हजुरले 🙏🙏
सबै आस मरिसकेको बेला यस्ता भिडियो हेरेपछि जिन्दगीमा आसा पलाउछ ।
दलित बस्तीको बाटो हिन्दात सुन पानीले छर्केर शुद्ध हुने सुदूरपश्चिमको समाजमा. एउटा दलितको आरनमा गएर घन समातेर फलाम पिट्ने बैनिलाइ धेरै धेरै धन्यवाद.बैनी तिमिले दलित प्रति गेरेको माया,सद्भाव र सहयोग को रिण डा. सि. बि. ले फिर्ता गर्ने छन! कार्की सरको परिबार लाई भगवानले सधैं रक्षा गरुन् 🙏🙏
शिबिले बोलेका हरेक शब्द-शब्दले रुवायो
शिबिको डाक्टर बन्ने सपना पूरा होस भगवान 🙏🙏🙏🙏
Same here
जोसँग आमा हुनुहुन्छ संसारको सबैभन्दा धनी मान्छे त्यही हो।
❤❤❤❤❤
India मा भए 12th fail बन्थ्यो करोडौं कमाउँथ्यो नेपालमा हेर्ने कथा बन्यो करोडौं को मन जित्यो सलाम भाई लाई उत्तिकै सम्मान हेर्ने कथा टिम❤❤
10 lakh le Pani herya xainan Nepal ma
@@nabindevkota4493 Nepal ma pani Purna Bahadur ko Sarangi banchha ra karodau kamauchha ....
काठमाण्डौ पैले आमा लिएर आएको थिए पछि सपना लिएर आए..🥺👏👏
Heart touching 😢
बुबालाई CB लोहार डाक्टर भएर जनताको सेवा गर्ने बेला सम्म को आयु देऊ भगवान
यो भिडियो हेर्दा त लाग्छ हामीले जिवनमा केही भोगेकै रहेनछौं । जिन्दगी धेरै कुरा भोग्न बाकी नै रहेछ । यो अभाव र गरीबीमा उदाएको एउटा तारा सि बि लोहार भाइ सफलताको शुभकामना ।❤️😘
सिरानी बिनाको सपना,स्बाद बिनाको भोकको भोजन,सुःख बिनाको संघर्षले दिएको खुशि अबको ५ बर्ष पछि फेरि हेर्ने कथाबाट हेर्ने पाइयोस्🙏🙏🙏🙏
न दमाई न कामी न बाहुन न क्षेत्री अखि मन हो कसैलाइ सयोग गर्ने अफुले अर्को लाई कुन खाल्को सयोग गर्न सकिन्छ गरौ है जात भात मा केही राखेको छैन बिचारा कार्की बाको नातिनी लाई मेरो लाखौ लाख सम्मान छ नानी पर्ति❤❤❤❤❤
रूहायो कथाले ❤❤❤
Yo bahini lai salam x yeti ramro soch
बैनिको आफनै बाजे जस्तो लाग्छ बन्दा मन छोयो
अत्यन्तै मार्मिक अत्यन्तै असल अत्यन्तै राम्रो सोच भएकी कार्की बा को नातिनि 🙏
saheho hajur
गरिबी येस्तो चिज हो जस्ले हरेक कुरा को अनुभव दिन्छ।
१. अभाव मा कसरी जिउने
२.भोक के हो।
३.खाना को स्वाद हरु। कस्ता कस्ता हुन्छन।
४.एउटै लुगा लामो समय सम्म कसरी लगाउने।
५. पैसा कस्तो हुन्छ अनि पैसा हुदा के के सम्म हुन्छ।
६. इज्जत के हो।
७. पैसा को अभाव को मृत्युु ।
मतलब यो हो कि पहिला दु:ख अनि पछि सुख बहुत राम्रो। भाइ लाई सफलता को शुभकामना । पक्कै पनि ५ वर्ष पछि डाक्टर बनेको खुशी पनि हेर्ने कथा मार्फत हेर्न पाइयोस् । कथा बनाउने टिम लाई धेरै धन्यवाद। ।
Ekdam sahi kura hoo
मान्छे बनिसके पछि दुनियाँ आफै बन्छ पैला आफू बन त्यसपछि दुनियाँ पछि लाग्छ ❤
Hits different....😢
Heart touching ❣️
उहाँ छिट्टै डाक्टर बनेको देख्न पाइयोस्🙏 बुवा को मुहार मा फेरि पनि खुसी देख्न पाइयोस् 🌸
मान्छे आफू बनिसकेपछी दुनिया आफै बन्छ 🤞One of the best line❤️
हरेक समाजमा नरबहादुर कार्की हुने हो भने नेपाल देश संसार कै शिक्षित नागरिक भएको देश बन्ने थियो ।
छत्र न्यौपाने सर र नर बहादुर कार्की जस्ता महान मनका धनी सरहरु लाई मुरी मुरी धन्यवाद!साथै उहाँहरुको सु-स्वास्थय र दिर्घायुको कामना🙏🙏🙏
Yes
सि.वि. सँग अवश्य भेट हुने छ । सि. वि.लाई संस्कार दिनुहुने स्व.आमा, बाबा, दाइ-भाउजू, सर, छिमेकी काका प्रति मेराे सम्मान छ ।
भाइको स्वर्गीय आमाको आशिर्वाद सधै रहिरहोस ....नेपालको एक असल Cardiology doctors हुने छौ ।।।उच्च सम्मान छ भाइ प्रति 👍️👍️👍️अनि बिध्या दिदिलाइ पनि उच्च सम्मान्🙏🙏🙏
असल छिमेकी नर बहादुर कार्कि को फोटो हालेको भये राम्रो हुन्थियो !! हेर्न मन छ !
अबको ५ बर्षपछि जोगे लोहारको छोरा डाक्टर हुँदैछन । कथाले मेरो मन मन छोयो । यस कथाले सबैलाई प्रोत्साहित गरोस ।
विद्या नानी यो त तिमीले नयाँ युवा को लागी अत्यन्तै प्रेरणा दाई सामाग्री निर्माण गरयौ। तिमीले मूलुकको राम्ररी सेवा गरि रहेको छौ। नेपाल आमाले तिमीलाई सँधै यस्तो प्रेरणा दिई रहून् 🌺💐🙌🙌🙌😇😇😇🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सिबी ले भनिरहेका अर्का पात्र नरबहादुर कार्किको कथा झन संघर्षसिल छ ।।। अर्को नयाँ एपिसोड मा ऊहाँलाई पनि ल्याउदा राम्रो होला ।।।।।।।।।।।।
कुनै motivational movie भन्दा कम छैन C.B ko जिन्दगी ❤ for motivating 😢
सरकार को सहयोग होस यो परिवार लाई जोगे लोहार को छोरा mbbs baneko hernu cha❤❤❤ best of luck heart touching dr.c.b lohaar❤❤
यो भाग पनि प्रत्येक बिधालयमा देखाउनु हुन सम्पुर्ण बिधालय लाई अनुरोध गर्दछु
बा कस्तो हुनुहुन्छ अहिले
बिधा चापागाई यस्तो सत्य कथाको खोजीमा सुदुर पश्चिम पहाड़ पूर्ब पश्चिम दौडि हिडने लाई कस्ले एवार्ड सिफारिस गर्ने र आम नेपाली जनताले ह्रदयबाट दिईरहेछन एवार्ड
डा. CB luhar को दाई जस्तै मेरो दाई नि खाडीमा बसेर आफ्नो रगत , पसिना😢 चुहाएर मेरो सपना पूरागर्न लागि पर्नु भाको छ येहि हेर्ने कथा बाटै मेरो भगवान रुपी दाईलाई धेरै समझेको छु । साथै हेर्ने कथाकाे सम्पुर्ण टिमलाई सलाम छ ।🙏
Hjr pani xittai Dr ramita bannus hoii
Nani harule baje lai support gareko dekhda khusi lagyo
सीबी लोहारको हेर्ने कथा, हेर्दा हेर्दा मन रोयछ । कथा मार्मिक छ ।
Congratulation Bidya jee !
छत्र न्यौपाने सर नर बहादुर कार्कि सर सीबी लोहार को दाजू र सम्पूर्ण सीबी लोहार को समाज लाई मुरिमुरी धन्यवाद 🙏🙏🙏साथै अबको ५ वर्ष पछिको डा: सीबी लोहार लाई शुभकामना 🎉🎊💐❤
गरिबिमा रमाउने बानि परेर होला
सरम न-भएको धनी भन्दा इज्जत
भएको गरिब नै माहान लाग्छ् मलाइ 😊
जोगे बुवालाई देखाउने हेर्ने कथालाई ❤🙏
कास सबैको भाई बहिनी ले आफ्नो परिवारको दुख यसरि नै बुझ्ने भैदिएको भए ...🥹🥹🥹
दुख ले सिकाएको सघर्श कहिले रोकिने छैन बधाई छ बाबू मेहनत को अगाडि गरिबी केही होइन आँसु झरेको थाहा bhayena
५ बर्ष पछि छोरो डाक्टर भको अनि बुबाको मुहारमा खुसि आको यहि कार्यक्रम मार्फ़त हेर्न पाईयोस् शुभकामना छ..।
यो हेर्दा अविरल आँशु बगिरह्यो ,
भाई C. B. Lohar लाई पूर्ण सफलताको मंगलमय शुभकामना ! 🌺❤️ साथै छोराको अझै अरु सफलताका दिनहरू हेर्न उहाँको बुवा लाई सु - स्वास्थ र दीर्घायु को मंगलमय शुभकामना ! 🙏🌺❤️🇳🇵
(भाई C.B. Lohar को दिवंगत आमा को पवित्र आत्माको शान्ति तथा वैकुण्ठ वास को लागि भगवान सँग प्रार्थना गर्दछु । 🙏🌼)
kina cb loharlai k bhayo ra?
कार्की को कति राम्रो सस्कारि परिबार सलाम छ बुनुहरु
पटक-पटक रुवायौ ।भाइ तिमीलाई केही सहयोग गर्न सकिएन बस सकियो त भगवान संग प्रारथना मात्र । यो भाईको ईच्छा सबै पूरा गरिदेउ🙏🙏🙏
बधाई छ जोगे परिवार र सुभेक्ष्छुक सबैलाइ, एक शुभेक्षुक थपिएको छु, प्रगतिको कामना भाइलाई अनि धेरै धन्यवाद टिम हेर्ने कथा ।
Dherai dherai subhakamana dai😊
विध्या दिदिलाई स्वस्थ्य लाभको कामना अझै धेरै उर्जा मिलोस 🙏🙏
मेरो आयु यो बाबा लाई दिएर मिल्ने भए देउ भगवान ❤ छोरा doctor भएको सपना पूरा गरिदेउ❤
यो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँको आमाबुबाको आयु लामो होस् !!
नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
धन्यबाद्, तपाईको पनी ।
Daju you are real one to support
अबको पाँच बर्ष पछि पुनः cb ko उन्नती प्रगती यसै कार्यक्रम मार्फत हेर्न पाउन ईच्छा छ।
सलुट ब्रो 🙏🙏
अभाबले सङ्घर्ष गर्न सिकाउछ
सङ्घर्षले सफलता दिलाउछ
भन्ने कुराको ज्वलन्त उदाहरण हो यो ,सफलताको शुभकामना भाइलाई ❤❤
दलितको नाममा छुवाछूत मात्र देख्ने डलरबादिले यस्तो समाजको कहिले चर्चा किन गर्दैन । समाजमा यसरी पनि मिलेर बसेका छन ।
छुवाछुत र गरेर दबाएर राख्ने पाए मिलेर बसेको समाज भन्छौ तिमी हरू, तर यति मेहनत गर्ने हरू लाई एउटा दासको व्यवहार गर्न पाए तिमीहरू खुसी हुन्छौं ।
@@प्रदेशीजीवन-म9ब त्यही विभेदले गर्दा कोटा पाएको आज। विगतमा विभेद नभएको भए आज सबै खुल्लामा भिडनु पर्थ्यो। खुल्लामा कस्ता कस्ता जेहेनदार विद्यार्थी असफल भएका छन्।
समानता र समता भन्ने कुरा स्थापित हुनका लागि जनतालाई शिक्षित बनाउनुपर्छ। अशिक्षित समाजमा विभिन्न प्रकारका विभेद तथा बेथितिहरू हुन्छन्। आजकाल जात होइन व्यवहार हेर्छन् मान्छेले। तँ जुनसुकै जातको भए पनि तेरो बेहोरा हेर्दा तँलाई चाहिँ बहिष्कारै गर्नुपर्ने रहेछ। त्यति राम्रो कमेन्टमा घृणा फैलाउन खोज्छस्।
तिनीहरू देश र जनता लुट्नुमा व्यस्त छन् । देशको सिमाना बेच्न व्यस्त छन् । गैर सरकारी संस्था खोलेर डलर खानु व्यस्त छन् । जनता गाली गर्दै त्यही लुटेरालाई बोकेर हिँड्न व्यस्त छन् । अनि आदर्शको कुरा गर्दै बस्छन ।
@@प्रदेशीजीवन-म9ब👍👍👍
Tei ta
ईन्डियन मुभि 12 फेल भन्दा कडा स्टोरी रहेछ। शुभकामना। बा को पनि डाक्टर छोरा हेर्ने सपना पूरा होस्।
अभावले सबै कुरालाई बुझाईदिन्छ ।
जबसम्म थरीथरीका कुराहरू खान पाउछ, तब उसलाई टेस्ट (स्वाद) चाहिन्छ । जब मान्छेले भाेक मेटाउन समेत खान पाउदैन, उसलाई कुनै स्वाद चाहिदैन, जुनसुकै कुरा हाेस, मात्रै खान पाए हुन्छ । असाध्यै मन छाेयाे । हुनेवाला डाक्टर सिबिलाई असीमित शुभकामना ।
शुभकामना छ भविष्यको डा. सि. बि. लोहारलाइ, यी बा लाई छोरा डा. भएको हेरुन्जेल बचाइदेउ भगवान । अत्यन्तै प्रेरणादायी कथा, नयाँ उर्जा भरियो, धन्यवाद हेर्थे कथा ❤😊
आहा कति राम्रो कथा.. धेरै motivational, inspirational छ..अहिलेको youth ले धेरै कुरा सिक्न सकिन्छ.. हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद....🙏🙏🙏
आफु बन दुनिया पछि लाग्छ एकदमै मन छुने कुरा डाक्टर सिबी लोहार ले गर्नुभयो।❤😊
प्रेरणादायी कथा संघर्षको कथा एकदमै राम्रो लाग्यो। अब अर्को पाठ पाँच वर्षपछि हेर्न चाहन्छु। डक्टर भएको । सफलताको शुभकामना
मैले त जीवन मा केही दुख र संघर्ष गरेकै रैनछु ! आमा ले भनेको तपाईं को सपना पूरा होस
भगवान् त्यो बाबालाई धेरै आयु देउ है छोरा डाक्टर भएको हेर्ने सपना पूरा होस् 😭❤️
सारै मन रोएर आसु थाम्न सकिन 😢😢😢भाई मेहेनत गर्न नछोड्नु दुःख पिडा के हो त्यो तिमिले . बुजिसकेको छौ एकदिन तिमि डाक्टर भएर आफ्नै जिल्लाको बुढा आमा बुवाको सेवा गर्नु अग्रिम शुभकामना
अग्रिम सुभकामना Dr सिवि लोहार 💗
बिध्या चापागाईंलाई प्रत्यक्ष भेटेर नमन गर्ने ठूलो धोको छ्🙏🙏🙏
Yes
गाउँ यहि हो जहाँ सबैले जोगे जस्तालाइ सहयोग गर्दछन् । सहर त्यो हो जहाँ कोहि कसैलाई बाल दिदैनन् ।😢
नर बहादुर कार्की सरलाई धेरै सम्झेको सुने । उहाले सहि बाटो लाग्न प्रोत्साहन गर्नु भएकोमा उहाप्रती हार्दिक आभार छ न दुनियाँ कार्की सर जस्ता मान्छे थोरै मात्र भेटिन्छन ।
यो भाइ र वहाँको परिवार को कथामा आधारित एउटा सुपर हीट चलचित्र नै बन्ने रैछ। धन्यवाद हेर्ने कथा र वहाँको सम्पूर्ण टोलीलाई जसले यस्ता कथाहरू उजागर गरीदिनुभएकोमा। आभार दार्जिलिङ्ग बाट🙏🙏🙏
Docter पढ्न धन हैन मन हुनुपर्छ भन्ने कुरा CB भाइले सिकाउनु भयो मेरो मन छोयो ❤❤❤❤ साथै अबको ५ साल पछी डाक्टर बनेको पनि हेर्न मान जागेर आयो
छोरा सफलता कुरेर बसेका बुवा लाई दिर्घायुकाे कामना गर्दछु❤
तपाईंको खाेज पत्रकारिता लाई सलाम छ दिदी c.b lohar लाई सफलताकाे शुभकामना ।।।अबकाे पाँच बर्ष पछि डाक्टर c.b lohar काे फेरि हेर्न कथा बनाउनु हाेला ।।❤❤
आत्मविश्वास सबैभन्दा ठुलो हो।बुबाको छोरा डाक्टर भएको हेर्न पाउन ❤❤
I think this is the best one episode of herne katha to motivate and Inspire for new generation. From USA
Funjo KO katha is also one of the best to motivate
“जब मान्छेले भोक नै मेटाउन खाना पांउदैन उसलाई स्वाद हैन खालि खाना मात्र चाहिन्छ ,चाहे त्यो खाना जस्तोसुकै होस्” वा क्या दामी 🙏 हजुरको डाक्टर बन्ने सपना कुनै कुराको बिना रोकावट पुरा होस,भग्वान संग प्राथना गर्छु 🙏
पूरै हेरेँ । असाध्यै राम्रो प्रस्तुति । सिबी लोहार सानो उमेरमै कति परिपक्व । एउटा कुरा भन्छु । सिबी डाक्टर बनेपछि द्रव्यको लोभमा विरामीहरुलाई जथाभावी पैसा नलिउन् । जथाभावी अपरेसन नगरुन् । जथाभावी टेस्टहरु नगराउन् । सरकारी अस्पताल र दूरदराजमा सेवा गरुन् ।
मन भारी भयो आँखा भरी आशु भित्रै बाट गाठो परेर आयो 😢तिमीलाई शुभकामना CB लोहार भाई बुवाको १०० बर्ष आयु होस तिमी डा. भएर ईन्डिया भएको दाईको famliy लाई नेपाल फर्काउनु भाई तिमीले 🙏🙏❤️🫶🫶🫶
डाक्टर भएको देख्न पाउनु पर्छ जोगे लोहार बुवा ले
उहाले सफलता प्राप्ति गरेपछि १२th fail जस्तै उहाको जिबनीमा आधारित एउटा चलचित्र बनाउनुपर्छ ❤❤❤❤❤❤
बिद्दा चापागाई दिदिलाइ कोटि कोटि प्रणाम यस्ता संघर्षशिल ब्यक्तिका जगत र जिन्दगीको कथा संसार समक्ष पुर्याउने काम गर्नुभएको छ।यी संघर्षका कथा हेरेर हामी जस्ता संघर्षशिल युवालाइ प्रेरणाको श्रोत बन्छन्।नेपाली समाज र चेतना बदल्न बिद्दा दिदिको उल्लेखनीय भुमिका छ।तमाम जोगे लोहारहरु का कथाहरु यसरी नै समाबेश गर्दे जानु दिदी कुनैदिन म पनी मेरो कथा बजाउनेछु।
मेरो दाइले केही गरेन भन्छन् ..तर मेरो दाइले त्यो समाजका धनाद्यहरुले सोच्न नसक्ने काम गर्नुभएको छ।
Made me truly emotional 😢❤
जसले भोक मेटाउन कै लागि मात्र खानुपर्छ नि...उसलाई जे खाए पनि स्वादिष्ट हुन्छ ✍️जब आफू बनिन्छ नि-दुनियाँ आफैं बन्छ ✍️🙏
B.A pass फिल्म हेरेर जति इमाेस्नल भाकाे थिएँ त्याे भन्दा बढि इमाेसनल याे भिडियो ले बनाइदियाे 😢😢
सारै मन छोयो आँखा भरिएको थाहै भयन
Nepali film behey pass??ki hindi movie??
नानी बाबुले जोगे हजुरबालाई गरेको सहयोग चै सार्है ह्र्यदय स्पर्सि लाग्यो ! कार्कि बा को नातिनि नानुलाई धेरै धेरै धन्यवाद शुभकामना अनि धन्यवाद सम्पुर्ण टिमलाइ !
गरिब, दिनदुखी र अशाहाय हुनुपनि एउटा अवसर हो। जसले धेरै कुरा बुझ्न, सिक्न र मेहनत गर्न सिकाउछ। C.B लोहार चाडैं डा. C.B लोहार बन्न सकुन् शुभकामना।
म यो भिडियो पटक पटक रुदै हेरेको छु।अबको ५ बर्ष पछि मन आनन्दित हुदै हेर्न पाउ🙏
"पुर्ण बहादुरको सारङ्गि" फिल्मको रियल कहानि। 🙏💐
शैलेश्वोरी माताको कृपा रहोस डा. सि बि
कस्नु भनेको चाहिँ कचौरा भने जस्तो लागो, कार्की परिवार जस्तो सवैको छिमेकी हुदैन, सुन्दरी नानिको सोच पनि खुल्ला सहयोगी , सिबि लाई शुभकामना ।
कस्नु भनेको लोटा हो डोटेली भषामा ।
तपाइले भारतमा बेचेको पसीना को फल हो तपाइको आशीर्वाद सधै सन्तानले पाइराखुन हेर्ने कथाको जयहोस् 🙏🙏
बिचरा त्यो बुढा बाबुको छोरा डाक्टर भाको हेर्ने ईच्छा पूरा गरि देउ भगवान् म यहि प्राथाना गर्दछु
कति बेला आशु झरेछ पतै भएन।शुभकामना cb लोहार ज्यु।ति वृद्ध बुवा लाइ कम्तिमा पनि अझै 8 /10 बर्ष सकुशल राखिदिनुहोस हे भगवान
Honi esto manche le aphnu lakxama abasyai pugne cha sarai man chune Katha rahexa .
समाचार त पढेको थिए तर उनको कथा भित्र धेरै व्यथा रछ बल्ल थाहा पाए। भाइको कथाले आँखाबाट आँसु निरन्तर बगिरहे। आज सारा नेपाली खुशी छन् तिम्रो सफलतामा।
जोगे लोहारको छोराले रुवायो ऐया जोगे लोहारको छोरालाई बधाई अनि हेने कथा टिमलाई धेरै धेरै धनेबात आँसु पुसदौ बिदा आगामी दिनमा येस्तौ कथा हेर्ने पाउ
कतिखेर आंखाबाट आँसु खस्यो पत्तै भएन ❤❤
भगवान को कृपा हो यो बाबुलाई ❤❤जय होस यो सामान्य कुरा होइन चमत्कार नै हो चमत्कार तेसै हुदैन धेरै धेरै बधाई छ
सलाम छ सुन्दर कृषि फार्म का ती कर्मठ किसान हरुलाई
यस्ता कथा आउँछन् र पो प्रत्येक episode को प्रतीक्षा हुन्छ। 😊.
खुसी लाग्छ, बिस्तारै समाज परिवर्तन हुँदै छ, मेहनत ले सफलता भेट्दै छ अनि अभावले सम्पन्नता।🙏।
अबको पाँच वर्षपछि उनी डाक्टर सिवि लोहार हुनेछन्। वा, क्या कथा छ, अभावले पाएको सफलता🥰.
डाक्टर सिबि ल्होरा तिम्रो सपना पुरा होस बाबा लाइ सु स्वास्थ दिर्घायु को कामना ❤
तपाईँका कथाहरू जम्मै रोचक औ प्रेरणादायी हुन्छन् नै तर यो एपिसोडले मेरो मन साह्रै छोयो, कारण -
१. नर बहादुर कार्की साच्चिकै नर बहादुर रहेछन्, हार्दिक नमन उनलाई🙏 अस्पर्शियताको साङ्लो उनि अनि उनका परिवारले कति सहजतासाथ तोड़ेर एक ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् !
२. Late bloomer हुन्छन् पढ़ाईमा। कतिपय अभिभावकहरू आफ्ना नानीहरूको उन्नति धीमा भएकोमा नानीहरूमाथि मानसिक बोझ थोपर्छन्। यस्ता अभिभावकहरूलाई यो एउटा पाठ भएको छ।
सम्पूर्णमा यो एपिसोड बहुआयामी भएको छ। हार्दिक बधाईँ, ‘हेर्ने कथा’-का सम्पूर्ण टोलीलाई 🎉❤
जब तिमी जिन्दगी देखि हार खान्छौ नी यस्तै मन छुने पीडाहरु हेर जिन्दगी बद्लिन सक्छ cb hohar
विधा मेडम् प्रणाम!
हजुरको नाम अनुसार काम गर्नु भएकोमा साधुवाद छ, यस्ता यस्ता कथाहरुले समाजमा ठुलो प्रेर्णा मीलेको छ!🙏🏼