के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel -राजेश बंसल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2024
  • #Kargil #Narayan_Rayamajhi #Kamala_Pokharel
    के लेखौं र खबर आमा | कार्गील | Heart Touching Song | Narayan Rayamajhi - Kamala Pokharel
    गीत
    के लेखौं र खबर आमा.. ( कार्गील )
    रचना
    लक्ष्मण रायमाझी
    संगीत / स्वर
    नारायण रायमाझी
    गायिका
    कमला पोखरेल
    एरेन्ज/मिक्सिङ्ग
    श्याम श्वेत रसाईली
    रेकर्डिङ्ग
    तेजेन्द्र गुरुंड
    सारंगी
    धर्म गन्धर्व
    हेमन्त कान्छा रसाईली
    गितार
    संजिव बराईली
    मेकप
    विर्मा खड्का
    कलाकारहरु
    रमा थपलिया
    ऋषिराम खड्का
    रोशनी कार्की
    बाल कलाकार
    प्रिन्शा खड्का
    छायांकन/सम्पादन/कलर
    मिराज अर्याल
    निर्देशक
    नारायण रायमाझी
    सह निर्देशक
    बिन्दु खड्का
    विशेष आभार तथा धन्यवाद
    राजेश बंसल
    धन्यवाद
    उदिराम खड्का
    बिवेक खड्का
    शान्ति भट्ट (अर्याल)
    कृष्ण रानाभाट
    सन्देश रायमाझी
    घरको सन्ताप बोकेर मनैमा,
    बाँचेको छु कारगिलको बनैमा ।
    के लेखौं र खबर आमा लेखि साध्य छैन,
    दशैं तिहार मान्न पनि पाउने होकि हैन,
    संगका साथी अघिपछि पुकु पुकु ढल्ने,
    आमा भन्दै छट्पटींदा सारै मन पोल्ने,
    मलाई सम्झी नरोउ है आमा,
    बाँचे घर आउनेछु दशैंमा ।
    उधारैमा भएपनी पेट नमारे है,
    आमा तिम्ले दमको दबाई खान नछोडे है,
    बाबाले नि बाथको दबाई नभुलेर खानु
    कसो भयो होला बरै उजेलीको गानु
    धनको फिक्री नलिनु होला,
    लाको रिन आएर तिरुँला ।
    कम्पनीमा बेचिएको लाहुरेको आत्मा,
    सारा सुत्ने रातमा मेरो मशिन गन छ हातमा,
    अर्कैलाई मार्ने अनि बाँचेसम्म लड्ने
    बाँचे फर्की घर जाने मरे यतै सड्ने,
    सम्झी ल्याउँदा कस्सिन्छ मुठी,
    लाग्छ मनमा घुट्घुटी छट्पटी ।
    जब ढल्छ पाकिस्तानी भिरपाखा माथी,
    किन किन आमा मेरो चस्स दुख्छ छाती,
    उस्को पनि मेरै जस्तो होलान् नानी साना,
    उसै गरि रोलान बाबा मुर्छा पर्लिन आमा ।
    कुन दिनमा भैएछ भर्ती,
    घरका जहान रुवाउन धरधर्ति ।
    कारगिलको कपुरथल हिउँको पहालमा,
    हाम्रो पल्टन सरेको छ बटाल साइडमा,
    हिजो पनि दुश्मनको बन्करमा छिर्यौं,
    नौ जनाको डफ्फा रैछ सबै स्वाहा पार्यौं ।
    अझैसम्म ज्यानलाई क्यै भाछैन,
    आज होकि भोलि हो थाछैन ।
    टहटह जुनको आकाश बारुतले ढाक्यो,
    लौन आमा आइतरामलाई पनि गोलि लाग्यो,
    धरति नै रङ्गाउँदै ढल्यो प्यारो जोडी,
    मरें आमा भन्दै भुइँमा खेल्यो लडिबुडी ।
    माली गाई दाम्लैको शरण,
    पैरो गयो गौखुरे गाई चरण ।
    दुई घुट्का टुम्लेटबाट पानी खुवाइदिएँ
    हातको बन्दुक भुइँमा राखी उसलाई काखमा लिएँ,
    छातिबाट बगेको छ रगतको धारो,
    पानी निल्न पनि उस्लाई साह्रै भयो गाह्रो
    सासैसासले बोल्दैछ जोडि,
    ट्वाल्ल पर्दै आँसु छ गहभरी ।
    घरमा छिन् आमा मेरो काँस झै फुलेकी
    टुकु टुकु हिन्ने छोरी जुन झैँ खुलेकी,
    प्यारी मेरो उजेली ती बत्ती झैँ बलेकी,
    बिछोडको जलनले मैन झैँ जलेकी,
    मलाई सम्झी नरोउ है काली,
    बस प्यारी छोरीलाई समाली ।
    यो दशैंमा राता टीका नमुछे है आमा,
    मझेरीमा जमरा नी नछरे है आमा,
    पिँढिबाट सधैं मेरो बाटो हेर्दै होउलि,
    मेरो खबर पाएपछि छाती पिटी रोउलि,
    हे आमा दुधको भारा,
    तिर्न पनि पाइन नी दश धारा ।
    मखमली गुर्धौली गोठमुनी फुल्दा,
    धुरु धुरु रोउली बैनी मार्सी धान झुल्दा,
    कोटघरको कालरात्री सोरठीको मादल,
    खुर्पि जस्तो जुन छेक्ने पापी काली बादल,
    दिउँसै कालो अँधेरो भयो,
    मनको धोको हुरीले उडायो ।
    नजाउ भन्थ्यौ आउने बेला बाटो छेकी छेकी,
    नफर्किनु रैछ प्यारी आए लुकी लुकी,
    सम्झिएर तिम्रो वचन भुक्क हुन्छ छाती,
    कोपिला मैं झर्ने फुल नफुलेकै जाति,
    हातका चुरा झर्याम्मै हुँदा,
    नरोउ कल्ले भन्छर उ रुँदा ।
    गाउँका साथी संगतीले मेरो हाल पाउन्,
    कम्पनीमा रगत साट्न कोइ पनि नआउन्,
    खोले फाँडो भए पनि उतै गरि खाउन्,
    लुगा फाटे टालो माथी टालै थपी लाउन्,
    ल्यायो मलाई त्यै पापि धनले,
    हानिस् दैब निष्ठुरी घनले ।
    चारदिनको पापी चोला ढुंगाको सिरानी,
    आखिरीमा हुने रैछ एकमुठी खरानी,
    बादलपारी रमाइलोमा मलाई भेट्न आए,
    भन्दै अईते जिउ तानी सधैंलाई निदाए,
    बिरानीमा त्यो कालो राती,
    बुकि फुल्यो फुलेन लालुपाते ।
    युद्ध लड्ने हिन्दुस्तानी अनि पाकिस्तानी,
    गोलि खाने सोझा सिधा गोर्खाली हामी,
    युद्ध चल्छ कारगीलमा हुन्छ गाउँ घाइते,
    बम खस्छ आकाशबाट मर्छौं रामे आइते
    माथी माथी हेर्दैछ साथी,
    लाग्यो मनमा असाध्यै नजाती ।
    बसें औंला भाँची भाँची मनमा रहर साँची,
    मझधारमै डुङ्गा छोडी किन डुब्यौ माझी,
    मेरो राजा आउला भन्दा अस्तु कलश आउने,
    भरोसा नै छिने पछि को भनेर जिउने,
    शितको थोपा मिलिगो पानीमा,
    छिर्को पर्यो आँखाको नानीमा ।
    लछारेको बुटो जस्तो रुखबाट डाली,
    उखेलेको ठुटो जस्तै भैयो यसैपाली,
    रगतको आँसु झारी कसो गरि जिउने,
    धुजिएको कलेजोलाई कसो गरि सिउने,
    शिरको सिन्दुर पुछिंदा पनि,
    मन बुझाएँ यहि छोरो छ भनी ।
    दैब तैंले के गरिस् तनि,
    मेरो आशा पारेर खरानी ।
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

ความคิดเห็น • 705

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 ปีที่แล้ว +272

    श्रद्धय श्रोता दर्सकहरु यस भिडियोमा भएका कमी कमजोरी र त्रुटिलाई उखु जस्तै रस खाएर झ्याम्टा फालिदिनु होला क्षमा चाहान्छु ।

    • @mohankunwar9145
      @mohankunwar9145 4 ปีที่แล้ว +6

      🙏🙏🙏🙏

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +7

      Narayan Rayamajhi आँसू थाम्न गार्हो भयो दादा हजूर मन खोलेर रुन पनी त पाइन्न मुग़लानमा तर यति रोए की भक्कानो फूटेर आयो हुहूहु😭

    • @lovelynisha6623
      @lovelynisha6623 4 ปีที่แล้ว +3

      Nice song da safaltako suva kamana

    • @npsamirff9167
      @npsamirff9167 4 ปีที่แล้ว +6

      नारायण सर नमास्कर अब हजुर्को र कमाल बैनिको आवज मा तिनाउ खोलामा फेरि भेट होलाकी मर्नी चोलामा गीत ल्याउनु हुन बिनम्र अनुरोध जय गीत जय सङ्गीत

    • @mahendrashrestha650
      @mahendrashrestha650 4 ปีที่แล้ว +3

      @@Sahity10 😭😭😭😭😭

  • @ishwarkc3339
    @ishwarkc3339 3 ปีที่แล้ว +4

    कार्गिल बाट रुदै हेर्देइ छु दाजी रातभर निद नि आयन

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 ปีที่แล้ว +155

    अग्रज नारायण रायमाझी दाजुको यो गीत मैले पनि लाईभमा धेरै पटक गाउन प्रयास गर्ने गीत हो आज परदेशको भुमीमा राती १२ बजे सुत्ने बेलामा हेर्दै छु , धुरू धुरू मन रोयो 😭😭 सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️❤️

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 ปีที่แล้ว +2

      Thank you so much Dada 😍

    • @tilakkumaryogi9413
      @tilakkumaryogi9413 4 ปีที่แล้ว +1

      Ho ni! Sarai marmik geet 🙏❤

    • @ramjibiswokarmaofficial
      @ramjibiswokarmaofficial 4 ปีที่แล้ว +2

      एकदम सहि कुरा गर्नु भयो सर मेरोनी मन छियाछिया भयो😢😢😢

    • @krishnagurung8704
      @krishnagurung8704 4 ปีที่แล้ว +2

      @@tilakkumaryogi9413
      Q

    • @devgrg20
      @devgrg20 4 ปีที่แล้ว +1

      Hajur ko cmt ly man xoyo

  • @rajivkarki977
    @rajivkarki977 4 ปีที่แล้ว +3

    म फेरि विदेश अाए भने मेराे छाेरी यसैगरी रूनेछिन् अब म नेपाल नै गएर बस्छु ।।निकै उत्कृष्ट गित ।
    नारायण रायमाझि दादा काे ।।

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 ปีที่แล้ว +1

      🙏😂😂😂😍

    • @rajivkarki977
      @rajivkarki977 4 ปีที่แล้ว

      Prinsha Khadka Hajur mazzale hasnubhayo ni kina?

  • @durgabashkota7984
    @durgabashkota7984 4 ปีที่แล้ว +2

    कति मिठो गित तर कसैको जीवनमा यस्तो घटना नघटोस्

  • @bishwokarma864
    @bishwokarma864 4 ปีที่แล้ว +2

    कमलाजी को ठाँउ कसैले न लेउस नारायण दाज्जु को हरेक गित मा सोर धेरै मिठो छ नारायण दाज्जुकोत कुरै नगरौ

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +3

    हैत दामी छ ल मनछोयो

  • @ktv7637
    @ktv7637 4 ปีที่แล้ว +3

    सानो नानुले साच्चिकै मन छुने अभिनय गरिन। नारायण रायमाझी दाजु पुन नेपाली लोक संगितमा सक्रिय भई अति नै मार्मिक गीतहरु प्रकाशि गर्नु भएको छ thank you daju

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 ปีที่แล้ว

      🙏Thank you so much ktv 😍

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว +2

    यतिधेरै मनरूहाऊने भिडियो नहालीदिनूस्
    आज हर घरको पिडा यही छ

  • @suphaldumre8757
    @suphaldumre8757 3 ปีที่แล้ว +3

    अग्रज दाजु नारायण रायमाझीको यो गीतले मनै रूवायो

  • @rajpariyar2104
    @rajpariyar2104 4 ปีที่แล้ว +2

    मलाई बाबा छुट्टिमा आउदा को याद आयो। बाबाले ल्याको टेपमा कारगिल लडाइँको गित बजाउदा फुपु ममि सारै रुनुहुन्थ्यो

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +2

    मनै रुवाउने गीत😭😭😭😭यतर्था मामिर्क गीत😭😭😭❤️❤️💋💋💗💗💗

  • @debendramagar9222
    @debendramagar9222 4 ปีที่แล้ว +21

    म चाहिँ कमला पोख्रेल जि को धेरै ठूलो प्रशंसक हुँ हजुरहरु को को हुनु हुन्छ यता हाजिर हुनु त ।

  • @mankumarshrestha2974
    @mankumarshrestha2974 4 ปีที่แล้ว +2

    मनै छाेयाे , अासुकाे भेल सगै याे गित सुनिरहेकाे छु भन्ने शब्दनै छैन मसग ।

  • @jagatthapa8440
    @jagatthapa8440 4 ปีที่แล้ว +2

    मलाई पनी सार्है मन पर्ने लोक गीत हो,जुन चक्का माँ आउथ्यो,साल त्यती याद भयन सायद् 2054 साल तीर होला मेरो जिवन त्यसतै थीयो,मैले सधै सुन्दै आको गित हो,नारायण सर लाई अझै पनी प्रगतीको अग्रीम शुभकामना छ

  • @shukuramrasaili1859
    @shukuramrasaili1859 4 ปีที่แล้ว +2

    आहा आफैलाई बिते जस्तो लाग्ग्यो अत्यन्तै मन छुने गीत
    सम्मान छ सबै लाइ

  • @c.branamagar8148
    @c.branamagar8148 4 ปีที่แล้ว +2

    kamala Pokharel ji .कति मिठो स्वार तपाईंको।।मन छुने खाल्को

  • @krishnathapa8457
    @krishnathapa8457 2 ปีที่แล้ว +1

    यो गित सुनेर केहिले अघाइन,😂😂😂😂😂😂😂🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mangalsing3396
    @mangalsing3396 4 ปีที่แล้ว +2

    मनछुने गित सलुटछ सम्पुरन कलाकार अगरजहरुलाइ l🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnaomsairam7955
    @krishnaomsairam7955 4 ปีที่แล้ว +2

    आहा रेडियो नेपाल बाट करिब दुई दशक अगाडि अडियो मा सुनेको गीत आज भिडियो सहित हेर्न पाउँदा अत्यन्त खुसी लागेको छ ,आदरणीय दाजु लक्षम्ण रायमाझी दाजु को कालजयि सिर्जना र बरिस्ठ गायक तथा सर्जक तथा चलचित्र निर्देशक संस्कृतिबिद आदरणीय दाजु नारायण रायमाझी र कमला पोखरेल को स्वोर मा सजियको गीत क लेखौ र खबर आमा कार्गिल गीत ले मन मुटु नै हल्लायो ।।।।

  • @netrathapa4735
    @netrathapa4735 4 ปีที่แล้ว +2

    यो गित हेरेर त धुरु धुरु रुन मन लाग्यो मलाई त यो गित you tube बाट हताउनु पर्छ मन थाम्न सकिएन मुटुमा बिझ्यो

  • @surendragurungsulove5715
    @surendragurungsulove5715 4 ปีที่แล้ว +2

    नारायण दाई काे सबै गित मेराे मन मुटुमा बस्न सफल भएकाे छ दाई

  • @official7419
    @official7419 3 ปีที่แล้ว +2

    यो गितले उहि पुरानो घाउ 1999 कारगिलको ट्रिक हाईट 443* चढ्दाको कालो रात याद दिलायो ।
    thx for this heart touching song

  • @karishmagyawali6488
    @karishmagyawali6488 4 ปีที่แล้ว +2

    सारै मन छुने गीत गाउनु भयो धरै नै राम्रो छ गीत सँगै भिडियो पनि मन छुने नै भको छ आगामी दिनको लागि पनि यस्तै मन छुने गीत र भिडियो हामी माझ ल्याउनु होला धरै धरै धन्यवाद र अझै यस्तै गीत को प्रतीक्षा मा बस्सेका छौ ।❤️ Kamala dd ra Narayan sir 🌹

  • @marijunarajivrajiv8013
    @marijunarajivrajiv8013 4 ปีที่แล้ว +3

    Kasmir ko ghati ma posting xa mero hami lahure ko katha ra betha le variyeko git gaunu hune mero daju and sister lai sat sat naman xa 😭😭😭😭

  • @yadupoudel5643
    @yadupoudel5643 4 ปีที่แล้ว +28

    यो गीतले धुरु धुरु रुवायो अझ यो माहामारी को बेला परिवारबाट टाढा खाडिमा भएको बेला।।।।।
    गोर्खा पल्टनमा सहिद हुने दाजुभाइ प्रती समर्पित यो गीत।
    नारायणदाई र टिमलाई सलाम छ🙏🙏🙏🙏🙏

  • @ayushentertainment2404
    @ayushentertainment2404 4 ปีที่แล้ว +1

    हैट मनै बिगि्रएर आयो यो भिडियोले

  • @YaemanSingh
    @YaemanSingh 2 ปีที่แล้ว +1

    केही लेखन सकिन हाेल टिमलाई सलाम ।

  • @ishowarilalbishwakarma7202
    @ishowarilalbishwakarma7202 4 ปีที่แล้ว +3

    आदरणीय दाजु नारायण रायमाझीको कारगीलको युद्ध भाग १ बजारमा आउदा हामी स्कुलका साना विद्यार्थीे थियौ । अहिले भाग २ लाई लाईभ गाउदा बालापनको याद आयो । आदरणीय दाजु स्व. लक्ष्मण रायमाझीको संझना पनि ताजा बनायो । यति राम्रो गीतको लागी दाजुलाई धेरै धरै धन्यवाद् अनि सफलताको शुभकामना ।

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 ปีที่แล้ว +2

    म चाहिँ नारायण रायमाझी दाइको एकदम नजिक को फ्यान हो उहाको सबै गीत एकदम मनछुने हुन्छ

  • @minkarki6374
    @minkarki6374 4 ปีที่แล้ว +2

    लाहुरे र बिदेशिएका नेपाली को पिडा असाध्यै मार्मिक तरिकाले गाउनु हुन्छ आदरणीय नारायण रायमाझी फेरि छिमेकमा युद्द हुने खतरा छ जसमा हाम्रा नेपाली अग्र भाग मा छन दुख लाग्छ ति सानी नानी को चित्कार म हेर्न सकिन

  • @rahjdjsj5248
    @rahjdjsj5248 2 ปีที่แล้ว +2

    Hami Pardesi Nepali Ko life yestai xa Narayan daji 🙏🙏🙏🙏🙏bahut man runxa jati gare pani man li rokna saki daina. MA Kishan jalandhar Punjab bata suni ra Ko xu thank you all💓💓💓💓💓💓💓💓💓💓💓

  • @lamsalmeeoffecial7990
    @lamsalmeeoffecial7990 4 ปีที่แล้ว +2

    धुरु धुरु रुँदै यो गित हेरेँ । भन्ने केही शब्द भेटिन।

  • @tekmagar6719
    @tekmagar6719 4 ปีที่แล้ว +2

    के लेखौँ र आमा…………मनै छोयो😭😭😭👌👌👌

  • @jagatthapa8440
    @jagatthapa8440 4 ปีที่แล้ว +9

    जुन बेला यो गीत बजार आएको थियो त्यती बेला देशमा युद्ध सुरू हुदै थीयो भने उता भारतको कारगील लडाई चलेको थियो 1994 माँ त्यती धेरै नेपाली दाजू भाई हरू अकालमय ज्यान गुमाउनु परेको थीयो,भने त्यस लगतै आफनै देशमा पनी सुरू भयो लडाई 2000 माँ हरेक नेपाली मन मुटु माँ बस्नु भाछ अग्रज कलाकार दाजु नारायण रायमाझी,अरू भन्ने शब्द नै छैन दाजू आउने दिनमा सफलताको शुभकामना छ

  • @gopalbaral3408
    @gopalbaral3408 4 ปีที่แล้ว +1

    बालापन देखि सुनिरेहेकाे मार्मिक गित हाे मेराे

  • @om.kumari84
    @om.kumari84 2 ปีที่แล้ว +1

    आहा मन भक्कानियो

  • @thakurprasadtiwari5653
    @thakurprasadtiwari5653 4 ปีที่แล้ว +1

    सारमिठो गिदछ

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 ปีที่แล้ว +55

    रुदै रुदै हेर्नेजती हाजिर

    • @balimayamagar7569
      @balimayamagar7569 4 ปีที่แล้ว

      Mero t aasu poni 5 pathi jatinai jhari sakyo 😭😭😭😭😭😭

    • @thamansunar8370
      @thamansunar8370 4 ปีที่แล้ว

      😢😢😢😢😢😢🤝🤝 ma xu bro

  • @prakashadhikari2314
    @prakashadhikari2314 3 ปีที่แล้ว +1

    मन थामनै गारो भयो

  • @anilkhanal5765
    @anilkhanal5765 ปีที่แล้ว

    अत्यन्तै मार्मिक गित हामी प्रदेशिको लागि बनाउनु हुने हाम्रो सर्जक अनि अत्यान्तै मिलनसार अग्रज कलाकार नारायण रायमाझी र सम्पुर्ण साथी हरुलाइ नमन ,आज यो प्रदेशी भुमिदेखी घरपरिबार को याद मा डुब्दै यो गित हेरेर धुरु धुरु रोयो मन मेरो,! मार्मस्प्रशी गित को लागि सम्पुर्ण टिम लाई हार्दिक बधाइ❤❤

  • @t.p.lamsal9896
    @t.p.lamsal9896 2 ปีที่แล้ว

    नारायण दाई नमस्कार ।
    तपाईले गाएका हरेक गित हरुमा नेपालीको वास्तविक कथा लुकेको हुन्छ, मलाइ हजुरले गाएका प्रत्येक गित हरु मन पर्छ । अझ उत्तोर उत्तोेर प्रगतिको कामना दाई ।।।

  • @bishnuchapagai7780
    @bishnuchapagai7780 ปีที่แล้ว

    यो गीत म पनि २०५५ तिर सुनेको थिए अत्यान्तै मार्मिक छ ।

  • @shivabhujel7363
    @shivabhujel7363 4 ปีที่แล้ว +1

    यो गित सुन्दा सारै मन धर्किन्छ

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 ปีที่แล้ว +34

    ए मन किन रुन्छस झन झन यो त एउटा गीति कथा मात्रै हो भनेर लाखौ कोशिश गरे सझाउन तर भाव र सब्दले कता कता कुन कुनामा घोच्छ पत्तै भएन बस आँसु मात्रै झरे 😭😭😭😭 धन्यवाद नारायण सर बर्षौ पछि त्यही गित सुन्न पाइयो

    • @bhimraul
      @bhimraul 2 ปีที่แล้ว

      🙏🏻🙏🏻🙏🏻

  • @krishnaramtel1923
    @krishnaramtel1923 ปีที่แล้ว

    २०८० भाद्र १६ गते यो गीत हेर्दै छु तर आखाबाट आँसु रोकिएन आदणिया नारायण रायमाझी ज्यू परिवार प्रति हार्दिक नमन 🎉🎉🎉🎉

  • @madupant5581
    @madupant5581 4 ปีที่แล้ว +2

    धेरै राम्रो कमला र सबै टिम लाइ

  • @govindathapamagar2552
    @govindathapamagar2552 4 ปีที่แล้ว +1

    *मनले थाम्न सकिन कति मार्मिक छ*

  • @shyamsony6484
    @shyamsony6484 2 ปีที่แล้ว +1

    यो अभिनय ले त आँसु रोकेन 😭😭😭😭

  • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा

    यो गीत पहिला स्लो विट मा थियो अहिले मर्डिफाइ गर्दा हल्का फर्स्ट लाग्यो सो जति आनन्द लाग्छ स्लो विटमा।जिवन्त छ ।

  • @Aeraa123
    @Aeraa123 4 ปีที่แล้ว +1

    गित धेरै राम्रो छ

  • @premale3444
    @premale3444 2 ปีที่แล้ว +1

    Dami lagcha hajur haru ko geet suniram jasto

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +3

    नारायण दाइ र कमला पाेख्रेल दिदिकाे अावाज असाध्यै मेल खान्छ जुनसुकै गीतमा पनि।जहिल्यै पनि अति मार्मिक अनि भावपुर्ण गीत गाउनु हुन्छ श्रद्वय दाजु नारायण दाइ , हजुरलाई अगामी दिनकाे लागि पनि अग्रिम शुभकामना तथा धन्यवाद दिन चाहन्छु ।

  • @bharatrimal7827
    @bharatrimal7827 4 ปีที่แล้ว +1

    Mali man parne yo git din ko 1 xoti herne garxu. Dheary ramro xa narayen daai

  • @MrJanakrj
    @MrJanakrj 4 ปีที่แล้ว +3

    नारायण रायाझीले कहिले नी heart touching song गएको छ

  • @keshabsharma3155
    @keshabsharma3155 4 ปีที่แล้ว +2

    गीत सुन्दा नी आफ्नै छातीमाॅं छुरा रोपम झै वनायो❤️❤️

  • @thakurprasadpanth6030
    @thakurprasadpanth6030 3 ปีที่แล้ว +1

    मेरो मन छुने सङ्स

  • @mukanrokaya9352
    @mukanrokaya9352 4 ปีที่แล้ว +2

    नेपाली लोक संगितका धरोहर अादरनिय दाजु नारायण रायमाझी र कमला पोखरेल सुमधुर अावाजमा सजिएको मार्मिक गितले नरूने मन कस्को होला र😢😢😢😢😢

  • @samjhanatamang5403
    @samjhanatamang5403 4 ปีที่แล้ว +3

    के गर्नु लाहुरेकाे जिन्दगी आफनाे देशकाे सुरक्षा र बैरिकाे देशकाे सुरक्षा गर्दा गर्दै आफ्नाे घर परिवार साथि सङ्गि सबै लाई बाध्ताले बिर्सिनु पर्ने याे लाहुरेकाे जिन्दगि आफ्नाे शरीर कुन बेला कहाँ के हुन्छ थाहै हुदैन हजुर नारायण दाजुलाई हामी बिदेशि भुमि वा आफ्नाे देशकाे सुरक्षागर्ने लाहुरे काे बारेमा मर्म स्पर्शी गित गाई दिनु भयकाेमा मुटुभरिकाे माया वा धन्यबाद दिन चाहान्छु दाजु

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 ปีที่แล้ว +1

    यो गित सुन्दा कार्गिल को पन्जाब टिक्री को हाई पोष्ट 261 रेकोभरीमा पोष्टिङ्ग हुदा सन 2009 को जुलाई महिनाको 16 तारिखमा त्यो चिसो हावाको सन्को अनि सुनसान ठाउँमा बस्दाको क्षण कहि महिना पछि भदौ महिना थियो तिजको दिन परेको थियो त्यो दिन छान्नी गुणड नजिकै को युनिटमा त्यो दुर्घटनामा परेको याद निकै आउँछ सिन्धुपाल्चोक र रोल्पाका रुकुम गोर्खाका गरि 21 जना साथिले बिरगती प्राप्त गरेको र मलाई पनि त्यही लास सङ्ग सुतायर इन्जेक्सन लायको बेला चाल गर्दा र सास फेर्दा जिउँदै छ भनेर कार्गिल आर्मिको हस्पिटलमा लियको त्यो याद जिन्दगीमा भुल्ने छ्रैन आदरणीय नारायण रायमाझी दाजुलाई यो गित प्रती हृदय देखि बधाई छ ।

  • @TilaBc-n3o
    @TilaBc-n3o 6 หลายเดือนก่อน +1

    अत्तिनै मन पर्छ मलाइ नारायन रायमाझी ले गायको👌👌🙏🙏♥️♥️♥️♥️

  • @sukuparkoti3235
    @sukuparkoti3235 2 ปีที่แล้ว +1

    सर्बप्रथम त यो सृष्टि गर्नु हुने अग्रज ब्याक्तितो ज्युमा सलाम उस्तै मार्मिक शब्दमा उतिकै न्या दिएर गाउनु हुने बुलन्द आव्जका धनी यी मार्मिक शब्द ले धुरुधुरु रुने गरायो

  • @ashokbhujel3458
    @ashokbhujel3458 ปีที่แล้ว

    मर्मस्पर्सी,मनै छुने नेपाली समाजको यथार्थ कथा लोक संगीत मार्फत उजागर गर्नु भयकोमा आभार ।

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 4 ปีที่แล้ว +2

    हामी लाहुरे हरुले सुन्नै न सकिने यो गीत ।
    अति मिठो सोर मा गाउनु भएको छ ।
    सबै टिम लाई बधाई छ ।।

  • @MINDARLAMI
    @MINDARLAMI 4 ปีที่แล้ว +6

    आदरणिय दाजु नारायण रायमाझीले जसरी आफ्ना पुराना गीतहरूलाई नयां प्रबिधिसंग खेलाई रहनु भएको छ अति उत्तम सोचाई हो र हिजोको ति लाईभ रेकर्डिंगमा हुने र भएका केही चुकेका मात्रा पनि नयां प्रबिधिबाट पुरा गर्नु भएको छ । आदरणिय दाजु हजुरलाई आत्मै देखी सम्मान छ ।

  • @gyanneupane6421
    @gyanneupane6421 3 ปีที่แล้ว +2

    म लाउरे त होईन तर पनि यो गीत हेरेर आसु आयो , आदरणीय नारायण रायमाझी दाई र कमला पोख्रेल दिदी पर्ती मिठो सम्मान।

  • @haripun977anand8
    @haripun977anand8 4 ปีที่แล้ว +2

    निक्कै हृदय स्पर्शी गीत तर यो गीतमा फिमेल भ्वाइस नभएको भए अझै उत्कृष्ट हुन्थ्यो होला नारायण सर 🙏🙏 साथै सफलताको काममा 🙏🙏💕💕💕💕

  • @surajbasnet9054
    @surajbasnet9054 2 ปีที่แล้ว +1

    Yo geet sunera aanshu aayo hajur

  • @rupeshpun5432
    @rupeshpun5432 4 ปีที่แล้ว +3

    रुन्न भन्दा पनि आंखा भरि आंसु भयो ,,, हैट,,

  • @Garvakakura
    @Garvakakura 4 ปีที่แล้ว +7

    म सा..नो छंदा सुनेको यो गित बल्ल आज धेरै वर्ष पछि बल्ल सुन्न पाएँ यो गितको पुरानो एल्बम कति खोजे कति कोसिस गरें भेटिन।। मेरो प्रीय गायक नारायण रायमाझीलाई बारम्बार खुब सम्झिन्छु।

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @SargamKarki-tg9ku
    @SargamKarki-tg9ku 7 หลายเดือนก่อน

    आदरणिय गायक गायिका अनि बाध्बादक सबै प्रति नमन सारै मन कट्कै बनायो यो गित ले साँगितक सफल रहोस सम्पुर्ण हजुर हरु प्रति नमस्कार मीठो सम्झना गरे है यहाँ हरु मा

  • @nirakbanstola6631
    @nirakbanstola6631 3 ปีที่แล้ว +1

    यो जिन्दगी र नारायण दाजु का गित सुन्ने हो भने केही छैन जिन्दगिमा जस्तो लाग्छ,कति मीठो स्वर,शब्द अनि भाका सदैव सुनिरहुन पाउ जय गित जय सङ्गीत जय नारायण दाइ

  • @ramupoudel5557
    @ramupoudel5557 ปีที่แล้ว

    नेपाली लाेकगित काे स्वार सम्राट र कहिले पनि पुरानाे नहुने गायक मान्छु उहालाई

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 4 ปีที่แล้ว +2

    मार्मिर्क छ यो गित सबै जाना हजुर को टिमलाई बदाई छ नारायन जि🇳🇵🇳🇵🇳🇵🇦🇨👏👏👏

  • @subashbogati289
    @subashbogati289 4 ปีที่แล้ว +5

    अग्रज नारायण रायमाझि दाजु प्रती सलाम छ wow very nice song and video 💓💓💓👍️👌🙏🙏🌹

  • @प्याउलीफुलअनलाइन
    @प्याउलीफुलअनलाइन 4 ปีที่แล้ว +2

    अति नै मार्मिक गित छ धन्यवाद हजुर सांगीतिक सफलता को सुभकामना

  • @mohanghimire8540
    @mohanghimire8540 4 ปีที่แล้ว +1

    धन्यवाद यति मीठो नेपाली लोक भाका दिनु भयको मा आदरणीय सम्माननिय नारायण रायमाझी लोक दोहोरी छेत्र मा अहिले सम्म हजुर स्तर पहिलो छ र पहिलो रहोस सधै भरी हजुर को गित सुन्न पाइयोस र साथै मेरि प्यारी बैनी कमला पोख्रेल लाई सङिती छेत्र मा अजै बलियो बनेर आफ्नो सोर लाई अजै परगती दिदै जानू यहि छ मेरो शुभकामना

  • @seeningthapa355
    @seeningthapa355 4 ปีที่แล้ว +2

    धेरै धेरै मार्मिक छ यो टिमलाइ धेरै धेरै धन्यवाद जिवनमा मेल खायौं 💕🌹🌹🌹🌹🌹

  • @Bharat12331
    @Bharat12331 4 ปีที่แล้ว +3

    वा! कुन शब्द ले बयान गरु यो गीतको ।मलाई असाध्यै मन परने गीत हो यो। नारायण रायमाझी सर र कमला पोख्रेल को आवाजको त झनै के बयान गरौ र???साहरै राम्रो बनेको छ।सफलताको शुभकामना छ है।।

  • @krishnakhand5895
    @krishnakhand5895 4 ปีที่แล้ว +2

    यो मार्मिक गीत सुन्दा सुरु बाट अन्तिम सम्म अँखा बाट आँसु रोकिएन 😂😂😂🙏🙏🇳🇵🙏🙏🇸🇦

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 4 ปีที่แล้ว +8

    💚💛 ।।धेरै राम्रो छ गित दाजु ।।💛💚
    नारायन रायमाझि दाजुको त म बच्चै देखि गित सुन्ने अनि अति राम्रो लाग्थो उहाको त म ठुलै फ्यान हु तर कमला पोख्रेलको पनि यति ठुलो फ्यान भयछु कि कमला पोख्रेल भन्ने बित्तिकै जस्तो होस् त्यो गित तर सुन्न मन लाग्छ।

  • @manbahadur7814
    @manbahadur7814 4 ปีที่แล้ว +1

    धेरै बर्ष पहिले अदियो क्यासेटमा सुनेर गाउँघरका आमाहरू ,छामाहरु दिदिबहिनी ,भाउजूहरु धेरै रोएको म आफैले देखेको भोगेको हो । म्याग्दी लाहुरेहरुको जिल्ला भएको भयर होला आदरणीय दाजुको गित अत्यन्तै बज्ने गर्थे । कारगिल युद्धमा हामी म्याग्देदेलि मात्रै नभई सारा नेपाल आमाको छोराले आफ्नो आहुती दियका छ्न । तर बिदम्बना आज आफ्नै भुमि अतिक्रमण उसले गर्दा । हाम्रो देशको नक्सालाई किन अहिले उसको नक्सामा देखायो । हामी नेपाली नेपाली लडाइँ फुतायर हामी नेपाली कम्जोर अबिभावक भएको कम्जोर नेतृत्व देखेर हाम्रोलाई उसको बनायो । जय गोरख ।

  • @bhumerajbhandari6603
    @bhumerajbhandari6603 4 ปีที่แล้ว +2

    अति मन गीत

  • @birmagar5628
    @birmagar5628 4 ปีที่แล้ว +14

    महान छन् ती आमा जसले जानी जानी छोरो युद्दमा जाँदा पनि मन को आँशु रोकेर पठाउनु हुन्छ। सलाम छ आमा हजुर लाई।

  • @narendarshingdhami7963
    @narendarshingdhami7963 4 ปีที่แล้ว +8

    😢😢😢😭 कुनै सब्द छैन के लेखु !!!
    अति मार्मिक ।

  • @RamchandraChand
    @RamchandraChand 4 ปีที่แล้ว +5

    किन किन आमा मेरो च्वास दुक्छ छाती .....छुटिदा को दृश्य अनि भित्र भित्र अन्त सम्म हेर्दा मन थाम्न गाह्रो मार्मिक🙏❤️❤️❤️

  • @Arjun069
    @Arjun069 ปีที่แล้ว

    यति सुमधुर र संवेदनशिल गीतमा ऋषिराम खड्काको अभिनय चाहिं साह्रै अनाडी देखियो।

  • @ishworipanday2489
    @ishworipanday2489 3 ปีที่แล้ว +1

    Supar song

  • @VishalSharma-ln6iy
    @VishalSharma-ln6iy 2 ปีที่แล้ว

    Kati ramro geet ho sarai man choyo yo geet le sampurna Tim lai Salam xa Mero

  • @khemmagar9389
    @khemmagar9389 4 ปีที่แล้ว +8

    हामी पर्देशी भएरै होला यो गित सुन्दा सारै मन रुन्छ। Heart touching song

  • @rabinsalyani8348
    @rabinsalyani8348 4 ปีที่แล้ว +1

    आशु पो झरो मेरो यो गीत सुनेर

  • @pujakhattri7563
    @pujakhattri7563 3 ปีที่แล้ว +1

    geet ta astoi mana xuni hunuparxa geetma kasata sabada use garni vanani kura saboi kalakar la narayan rayamaji sar bata sikanu. Saroi mitho aawaja ani saroi ramra sabada malai saroi mana xoyo😢😢😢😢😢😢

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 ปีที่แล้ว +9

    करिब ५० को दशक तिर नेपालीहरुको मुटु धर्काएको यो मार्मिक गीतीकथा आज लाईभमा हेर्न र सुन्न पाउँदा फेरि आँखा बाट आँसु बग्यो।बालकलाकारको जिबन्त अभिनयले त झनै भक्कानो छुटायो।यस्तो नेपालीको जनजिबनको वास्तविक पिडालाई गीत मार्फत सम्बोधन गर्न सक्ने रचना गर्नु हुने स्व. दाजु लक्षमण रायमाझीलाई हार्दिक श्रद्धाञ्जली ! दिदै धन्यवाद टक्याउनु पर्दछ।भने यस गीतिकथालाई जनरुचिमा कर्णपृय आबाज र लयमा गाउनुहुने दाजु नारायण रायमाझीलाई त कस्ले पो भुल्न सक्छ र ? लाईभ मार्फत दर्शकलाई पुनर्ताजगी गराउनलाई लागि पर्नु हुने सबै कलाकार र प्राबिधिक लाई पनि बिशेश धन्यवाद दिनुपर्दछ।

  • @devendrakanxo3707
    @devendrakanxo3707 4 ปีที่แล้ว +26

    कुन शब्दले बयान गरौ दाजु।मेरो अत्यन्तै मन पर्ने गित हो यो। सम्मान गर्न चाहे दाजु।

  • @shantigurung3164
    @shantigurung3164 4 ปีที่แล้ว +16

    जुनसुकै गीत होस। नारायण सरको गीत सुन्न भुलेको छैन। सुने पछि आनन्द लाग्छ।

  • @fanrealme9088
    @fanrealme9088 4 ปีที่แล้ว +5

    यो गीत सुनिआसु न झार्ने को होला र सम्मान छ दाइ ह्जुरलाई सानो बुनु तिम्रो अभियानने झन मुटुनै भक्कानिय् आयो हैत

    • @PrinshaKhadka
      @PrinshaKhadka 4 ปีที่แล้ว

      🙏😍Thank you so much Uncle

  • @rajeshshrestha479
    @rajeshshrestha479 4 ปีที่แล้ว +1

    कस्तो रियल जस्तै लाग्यो, परेली भिज्यो मेरो

  • @dineshchhetriofficechannel1455
    @dineshchhetriofficechannel1455 4 ปีที่แล้ว +13

    आदर्णीय अग्रज दाजु नारायण रायमाझी तथा लक्ष्मण रायमाझी दाजु नमस्कार🙏
    संगित सुन्न लागे देखि म पहिले देखि नै म हजुरको फ्यान हुँ।हजुरले गायको गितहरू सुन्दा म नरोएको कम्मै हुन्छु।आज यो गित रातिको १२ बजे हेर्ने मौका पाए यो गित सुन्दा मेरो धेरै आँसु आयो धेरै मर्मस्पर्शी र मार्मिक लागेयो।साच्चिकै लाहुरेको जिन्दगी के नै छर छुराको धारमा बाचेको हुन्छ।देशको सुरक्षा गर्दा गर्दै काहा नीर गएर अन्ते हुन्छ थाहा नै हुदैन।घरपरिवार बिर्सेर राष्ट्रको सेवा गर्दागर्दै कति बेला काहा जिन्दगी अन्ते हुन्छ के थाहा हुदैन।बिचरी त्यो घरमा बसेकी श्रीमती र बाबा आमा छोराछोरीलाई सुख दिने रहरमा आफ्नो खुसी बिर्सेर अरूलाई खुसी दिदादै कति बेला आफुले आफुलाइ बिर्सिने हो।तर पनि छातिमा गली खाए पनि हासि हासि देशको लागि ज्यान दिने यी सपुतहरूलाई सधै नम: गर्न चाहान्छु र यश गित चलो सफलता होस भन्दै शुभकामना दिन चाहान्छु।धन्यवाद।।सम्पूर्ण टिमलाई।

  • @rimthapa4682
    @rimthapa4682 4 ปีที่แล้ว +3

    Kamala pokharel voice kti ramro ho pargati ko shubha kamana