चरीको विलाप । Chari ko Vilaap । कवि शिरोमणि लेखनाथ पौड्याल विरचित तरुण तपसी बाट उद्धृत कविता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • चरीको विलाप । Chari ko Vilaap । कवि शिरोमणि #लेखनाथ #पौड्याल विरचित तरुण तपसी बाट उद्धृत कविता
    "चरीको विलाप" तरुण तपसी "नव्य-काव्य" बाट लिएको हो।
    प्रस्तुत भिडियोमा तरुण तपसी पुस्तक को भाग - 6 बाट पद्यहरु संकलित गरिएको छ।
    कुनै कुनै पद्यहरु कक्षा - 8 को नेपाली पुस्तकमा पनि उद्धृत गरिएको छ।
    मर्न लागेको चरीको मुखबाट हिंसातिर लागेका आजका मान्छेका पतनको राम्रो चित्र प्रस्तुत गरिएको छ।
    कुकार्यमा लागेका व्याधाजस्ता शोषक मान्छेलाई चरीको विलापले मुटुमा च्वास्स घोच्छ।
    कविले यहाँ मानवीय भावनाको विकास गरी शान्ति र प्रेमको संसार बनाउने आह्वान गरेका छन्।
    #चरीको #बिलाप
    शिकारीको झम्टा तन बिच परेथ्यो जब अनि
    चरी बोल्यो चीँ चीँ गरिकन कठै व्याकुल बनी ।
    म मर्ने बेलो भो तर मनुज तिम्रो मनुजता
    कता भाग्यो त्यस्को भरसक बुझे है तिमि पता।। 2।।
    नशक्छौ यो आँशु टप टप टिपी चप्प पिउन
    नशक्छौ मासूले दिनभर अघाएर जिउन ।
    नशक्छौ यी भुत्ला लिइकन कुनै वस्त्र सिउन
    चुँड्यौ ब्यर्थै मेरो मनुज तिमिले जीवन किन ?।। 4।।
    दुबै भाले पोथी हरबखत पालो गरि गरि
    लगी दिन्थ्यौँ चारा बिकल बचराको मुखभरि।
    अकेली सुत्केरी अब शिव हरे दीन बिचरी !
    गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी।। 15।।
    कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
    रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
    नहाने है बाबा विकल बचरा हुर्कन दिए
    बृथा चर्को अर्को शिशु मरणको पाप नलिए।।17।।
    कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
    कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ।
    कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
    कठै मेरा लेखा अब सब कुराको प्रलय भो।।18।।
    न चाँडो जाने भो सहजसित यो प्राणपवन
    न शक्छू यो बाधा सहन अथवा शान्त रहन।
    न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
    कठै कस्तो पापी कति कुपित यो क्रूर नियति।।19।।
    दया हो पृथ्वीको अति चहकिलो पारसमणि
    दया नै हो कालो भव-जलधिको मुख्य तरणी।
    दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ
    म मर्ने हूँ मर्छू तर तिमि नराम्रो सित चुक्यौ।।24
    चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
    कुनै देख्नासाथै थकित जन भोको रुखमनि।
    चुचैले पाकेको फलफुल चलाई बल गरी
    खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी।।23।।
    यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
    सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
    अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
    यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।27।।
    चराको झैं तिम्रो गगनतलमा सर्र उडने
    कुनै वेला आयो नियतिगतिले तागत भने।
    यही हत्याकारी कुरुचिवश भै पागल सरी
    अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।28।।
    यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
    शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
    दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
    बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।30।।
    व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
    उस बखत फुरेका वाक्य साह्रै पवित्र।
    कठिनसित बताई बर्बरी आँशु झारी
    मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।31।।
    धन्यवाद
  • เพลง

ความคิดเห็น • 85

  • @suvashpokhrel2351
    @suvashpokhrel2351 ปีที่แล้ว +1

    Dherai ramro hajur... sarhai man chhoyo yo kavita le..

  • @ayushichhetri4526
    @ayushichhetri4526 ปีที่แล้ว +1

    जय श्री राधे कृष्णा राधे राधे चरीको बिलाप अतीनै शुनदर भाबले गाईदीन भएकोमा जय श्री राधे राधे

  • @ramchandrayadav9328
    @ramchandrayadav9328 2 ปีที่แล้ว +1

    करुण प्रिय वाचन

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 ปีที่แล้ว +1

    आहा अति मीठो बाचन ,बहिनी हजुर । अरु पनि यस्तै बहुमुल्य कबिता बाचन सुन्न पाइरहने अबसर मिलिरहोस ,भगवानसङ्ग प्रार्थना छ । हरि 🕉️💟🙏

  • @yadavrijal6837
    @yadavrijal6837 3 ปีที่แล้ว +1

    सारै राम्रो श्ररमा बाचन गनुभयकोमा शुभकामना

  • @ramaregmi9662
    @ramaregmi9662 ปีที่แล้ว +1

    अति मीठो वाचन बहिनी

  • @गोबिनदजी-ह3ष
    @गोबिनदजी-ह3ष 5 หลายเดือนก่อน

    अति सुन्दर

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 ปีที่แล้ว +1

    बाचकको गलालेपनि आकर्शक बन्यो यो कबिता,बाचक नानीलाई बधाई।

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 2 ปีที่แล้ว +1

    मीठो गायन नानु

  • @sanjanashrestha586
    @sanjanashrestha586 2 ปีที่แล้ว +1

    Sundar bachak

  • @devidhakal3229
    @devidhakal3229 ปีที่แล้ว +1

    राम्रो

  • @nandalalbaral7804
    @nandalalbaral7804 5 หลายเดือนก่อน

    अति सुन्दर कबिता त्यस्तै स्वर पनि

  • @bishnuharidevkota5175
    @bishnuharidevkota5175 ปีที่แล้ว +2

    Sundar

  • @ChandraShekerSharmaSA
    @ChandraShekerSharmaSA 3 ปีที่แล้ว +4

    मैले पनि धेरै पटक पढें यो कविता अनि सुनें पनि । अत्यन्तै मार्मिक लाग्छ । सुन्दर वाचन दिदी बधाई छ । ❣️❣️❣️

  • @gitagautamsuvedi
    @gitagautamsuvedi 4 ปีที่แล้ว +4

    मार्मिक एवं कर्णप्रिय भान्जी

  • @advancedgaming3355
    @advancedgaming3355 3 ปีที่แล้ว +1

    Kati ramro aabaj ho

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 ปีที่แล้ว

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

    • @advancedgaming3355
      @advancedgaming3355 3 ปีที่แล้ว

      @@DeeplataUpadhyaya sorry tara maila Facebook chaleyunna

  • @Crystal_park_735
    @Crystal_park_735 ปีที่แล้ว +1

    What a heart touching song and voice

  • @rampathak9059
    @rampathak9059 2 ปีที่แล้ว +1

    अति राम्रो

  • @cholakantaregmi2024
    @cholakantaregmi2024 2 ปีที่แล้ว +1

    सुललित बाचन

  • @asmitashrestha2540
    @asmitashrestha2540 2 ปีที่แล้ว +1

    Thank you so much for help me but so long this kavita but I like this kavita

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 ปีที่แล้ว +1

    Sunder.

  • @Pushpa-r1u3r
    @Pushpa-r1u3r 2 ปีที่แล้ว +1

    तपाइको सोर सारो राम्रो मैले कति सुने लग्भग 50 पल्ट सुने तै पनि सुनु सुनु लाग्छ

  • @bednidhikhatiwada4756
    @bednidhikhatiwada4756 ปีที่แล้ว +1

    Good

  • @kamalprasadupadhyaya6698
    @kamalprasadupadhyaya6698 3 ปีที่แล้ว +1

    मर्मस्पर्शी, कति मीठो बाचन❤️

  • @sarojdhakal307
    @sarojdhakal307 ปีที่แล้ว +1

    😊

  • @yuvrajbhattrai6475
    @yuvrajbhattrai6475 4 ปีที่แล้ว +2

    गजब वाचन

  • @poudelbina2094
    @poudelbina2094 4 ปีที่แล้ว +3

    कविता सँगै वाचन शैली पनि राम्रो छ।

  • @sunitapaudel164
    @sunitapaudel164 3 ปีที่แล้ว +1

    अाहा💐💝🇳🇵

  • @BishnuEkata
    @BishnuEkata 4 ปีที่แล้ว +1

    सुन्दर स्वर अनि सुन्दर कविता वाचन !!

  • @madanshrestha2025
    @madanshrestha2025 4 ปีที่แล้ว +1

    kati mitho awaaj

  • @anjusubedi5262
    @anjusubedi5262 ปีที่แล้ว +1

    Hajur ko jasto swor ta sansar vari ko kasaiko chaina hola sis
    Sarai surilo swor
    Malie yo kavita 50 choti samma sune hola sis so beautiful

  • @drekrajojha5653
    @drekrajojha5653 2 ปีที่แล้ว +1

    A most heart-touching composition and a similarly most melodious rendering!

  • @prabinawasthi4746
    @prabinawasthi4746 ปีที่แล้ว

    so nice poem💕💕

  • @ptgopalsharma9434
    @ptgopalsharma9434 2 ปีที่แล้ว

    आहा ! कति राम्रो वाचन।❤️

  • @drpujanpathak
    @drpujanpathak 4 ปีที่แล้ว +1

    आहा! निकै मर्मस्पर्शी कविता, मीठो वाचन ।🤩

  • @mesushim
    @mesushim 4 ปีที่แล้ว +2

    मर्म स्पर्शी कबिता, भाब सहितको बाचन 🙏🙏

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 4 ปีที่แล้ว +2

    मलाई मन परेको कविता

  • @rishishankarghimire3621
    @rishishankarghimire3621 4 ปีที่แล้ว +1

    कविता वाचन गर्नु भएकोमा
    धन्यवाद ।

  • @madanshrestha2025
    @madanshrestha2025 4 ปีที่แล้ว +2

    kati ramto

  • @buddhikafle8117
    @buddhikafle8117 4 ปีที่แล้ว +2

    राम्राे लाग्छ

  • @NarayanDuttSuvedi
    @NarayanDuttSuvedi 4 ปีที่แล้ว +2

    मिठो

  • @chhabilaldhakal369
    @chhabilaldhakal369 3 ปีที่แล้ว +1

    कर्णपृय

  • @rajendrasangroula293
    @rajendrasangroula293 3 ปีที่แล้ว +1

    सारै मन पर्यो....

  • @indiraadhikari3441
    @indiraadhikari3441 4 ปีที่แล้ว +1

    अाहा! मीठो

  • @ManojBhandari
    @ManojBhandari 4 ปีที่แล้ว +4

    ❤️❤️

  • @govindachalise8803
    @govindachalise8803 3 ปีที่แล้ว +1

    💕💖💖💖

  • @UNKOWNAaYusH
    @UNKOWNAaYusH 8 หลายเดือนก่อน

    You make me emotionally best poem ever 😍💓😍💓😍😢😢😢😢

  • @nareshnepall
    @nareshnepall 4 ปีที่แล้ว +1

    मिठो❣️❣️❣️❣️❣️🍂🌺🌺🌷

  • @sampannauzumaki4530
    @sampannauzumaki4530 3 ปีที่แล้ว +1

    wwoow you sang amaizing

  • @pawangamer4951
    @pawangamer4951 3 ปีที่แล้ว +1

    मार्मिक कविता

  • @kishorekhanal137
    @kishorekhanal137 4 ปีที่แล้ว +2

    सुन्दर ।

  • @akshovyagurung3447
    @akshovyagurung3447 4 ปีที่แล้ว +4

    Very beautiful, heart wrenching. I hv listen more than 50 chari ko bilap, but u r d best. 🙏🏻💐

  • @rbgammernp5249
    @rbgammernp5249 7 หลายเดือนก่อน

    Karuna bachan😢😢😢

  • @KavyaSubedi-tm9cy
    @KavyaSubedi-tm9cy ปีที่แล้ว

    I. like. the. poem. but. I. like. the. sound. of. my. nepali. miss. Manu. miss. or. Mankumari. miss. because. it. is. so. satisfying 😁🎉❤

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 4 ปีที่แล้ว +2

    उहिले महेन्द्रमाला भन्ने किताबमा कक्षा ५ मा थियोे जस्तो लाग्छ यो कविता आज ईन्टरनेट को माध्यम बाट फ़ेरि सुन्ने मौका पाइयो मार्मिक छ चरिको बिलाप बाचन शैली उत्कृष्ट छ।।

  • @NectorNeupane
    @NectorNeupane 3 ปีที่แล้ว +1

    Nice

  • @lilambardhungana9375
    @lilambardhungana9375 4 ปีที่แล้ว +1

    So much nice.

  • @DurgaPokhrel-g8h
    @DurgaPokhrel-g8h หลายเดือนก่อน

    Naani aru pani baachan sunna pau la hal laiuri muri dhanyabaad

  • @santibastola8064
    @santibastola8064 4 ปีที่แล้ว +1

    Very good voice really great

  • @binubhatta134
    @binubhatta134 7 หลายเดือนก่อน

    😅😅😅❤

  • @dirghanathdhungana6313
    @dirghanathdhungana6313 4 ปีที่แล้ว +1

    nice

  • @sayujyabhandari1933
    @sayujyabhandari1933 3 ปีที่แล้ว +1

    सुरुको त शिखरिणी छन्द हो, अन्त्यको हरफ चै कुन छन्दमा रचित रैछ ?

  • @IswarchandraGhimire
    @IswarchandraGhimire 8 หลายเดือนก่อน

    Dushhta Shasakaharule Yo Kabitako Marma Ra Bedana Bujhdainan

  • @nirajthakur3975
    @nirajthakur3975 3 ปีที่แล้ว +1

    exercise also plzz

  • @dipendra2136
    @dipendra2136 2 ปีที่แล้ว

    यो कविता 8 class ma padheko but not complet

  • @Factz0015
    @Factz0015 3 ปีที่แล้ว +1

    Kati low quality video ko😣😣😣😑

  • @bindhyabasinipant5885
    @bindhyabasinipant5885 ปีที่แล้ว

    Nice