Siranchok Gadhi नयाँ गन्तव्य ऐतिहासिक पर्यटकीयस्थल श्रीनाथकोट गढी किसानकी देवी श्रीनाथ मण्डली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । सिरानचोक गाउँपालिका वडा नं. ७ मा पर्ने यो कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थानका रुपमा परिचित छ । ऐतिहासिक, पुरातात्विक गढीका रुपमा यसलाई लिइएको छ । यहाँ मूलकोट, जेठो कोट, माइलो कोट, कान्छो कोट गरी ३ वटा सैन्य दरबारको अवशेष भेटिन्छन् । त्यस्तै श्रीनाथ बाबा आश्रम, श्रीनाथ मण्डली देवीको मन्दिर र दुई किलोमिटरको उत्तर पूर्वमा रहेको छेंडा भन्ज्याङको जोगी गुफा र महादेव शिवालयसमेत रहेको छ । तत्कालिन अवस्थामा गोरखा राज्य बचाउन वाइसे चौविसे राज्यहरुको आक्रमणबाट बच्नका लागि उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ । वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित छ । गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको थियो । सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरिएको थियो । त्यसपछि गोरखा राज्यको सिमाना चेपे र मस्र्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ । बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्म सिरानचोकमा नै भएको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना प्रमुख झागल गुरुङको जन्मस्थल समेत सिरानचोक रहेको इतिहास छ । हाल ऐतिहासिक गढीको नामबाट नै सिरानचोक गाउँपालिका नाम राखिएको छ ।
    Siranchowk Gadhi Darbar नयाँ गन्तव्य ऐतिहासिक पर्यटकीयस्थल श्रीनाथकोट गढी किसानकी शक्ति देवी श्रीनाथ मण्डली ll धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल गोरखाको श्रीनाथ कोट दरबार Vlog Gorkha
    #Shreenathkot_Gadhi
    #Siranchowk_Darbar
    #Gorkha_History
    Camera/Edit/Script/Presenter : Suman Pandit
    Special Thanks:
    Raju Gurung
    Modraj Pandey
    Narayan Dhakal
    Global News Live is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । www.youtube.co....
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    Our News portal www.newsofgloba...

ความคิดเห็น • 18

  • @globalnewslive
    @globalnewslive  3 ปีที่แล้ว

    गोरखाको धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल गोरखाको श्रीनाथ कोट दरबार, नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको गढी, मनमोहक पर्यटकीय क्षेत्र, शक्ति देवी श्रीनाथ मण्डलीको बारेमा तयार पारिएको रिपोर्ट कस्तो लाग्छ तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला । हाम्रो च्यानलका भिडियोहरु हेर्नका लागि माथिको रातो Subscribe बटनमा थिच्न नभुल्नुहोला ।

  • @gurungKaji087
    @gurungKaji087 3 หลายเดือนก่อน

    Love u siranchook

  • @chandragurung4978
    @chandragurung4978 2 ปีที่แล้ว +1

    Very nice pandey sir

  • @RPKadel
    @RPKadel 3 ปีที่แล้ว +2

    ramro kam, dhannayabad, yastai afni thau ko barema sabai le prachar pravardhan garnu ramro hune thyo.

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg ปีที่แล้ว

    Jai Shree Nath mandali mata ki Jai hoos

  • @dhurbabhatta4261
    @dhurbabhatta4261 3 ปีที่แล้ว +2

    आहा

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 ปีที่แล้ว +3

    श्रीनाथ मण्डली देवता स्थान सिरान्चोक गाउँ पालिका,वडा नँ७,क्होला अरुबोटमा पर्दछ।यो भिडियोमा वडा नँ२,थालाजुङ्गमा पर्दछ भनेर भनिएको हुँदा यो सरासर गल्ती छ त्यसैले सम्बन्धित ब्यक्तिहरुले यो भूललाई यथाशिघ्र सच्च्याउनु होला भनी अनुरोध गर्दछु।

    • @globalnewslive
      @globalnewslive  3 ปีที่แล้ว +1

      ऐतिहासिक दस्तावेज खोज्दै जाँदा २ लेखिएको भेटिएका कारण यस्तो भएको हो । तर तल डिटेलमा ७ नै लेखिएको छ । अहिलेसम्म कसैले यस बारेमा तथ्य बाहिर नल्याएका कारण यो रिपोट तयार भएको हो । यहाँहरुले दिनुभएको जानकारीका लागि धन्यवाद ।

    • @nirarajgurung7434
      @nirarajgurung7434 3 ปีที่แล้ว

      @@globalnewslive
      Quick Response को लागी धन्यवाद!
      सत्यतथ्य चाहिँ यो भन्दा अगाडि श्रीनाथकोट गाउँ बिकास समिती अनि अहिलेको साविक सिरान्चोक गाउँ पालिका,वडा नँ.७,क्होला अरुबोट हो जहाँ कि थालाजुङ गाउँ तिर पर्दैन केवल पूजा गर्ने पुजारी मात्र उनिहरुलाई गर्न लगाईएको हो।
      सभिडियोमा नै सुधार गर्नु होला।

    • @nirarajgurung7434
      @nirarajgurung7434 3 ปีที่แล้ว +1

      वडा नँ.७,क्होला अरुबोट भनेर किन नजोडिएको होला?त्यसैले जोड्न अनुरोध गर्दछु।अनि मोदराज पाण्डेयले भनेको कति कुराहरु गल्ती छन किन कि जति कुराहरु म जस्ता क्होला अरुबोट गाउँमा जन्मिएर हुर्केका गुरुङहरुलाई थाहा छ,त्यत्ती कुरा तल्लो गोहोरेको ब्रहमाणहरुलाई थाहा छैन।
      श्रीनाथकोटमा गुरुङ नै राजा थिए,भण्डारी राजा कदापी होईनन।

    • @globalnewslive
      @globalnewslive  3 ปีที่แล้ว +1

      @@nirarajgurung7434 जानकारीको लागि धन्यवाद, हामीले इतिहास खोज्दै जाँदा भेटिएका कुराहरु प्रसारण गरेका हौं । अब तपाईंहरुबाट यसरी नै जे थाहा छ त्यो कमेन्ट लेखिदिनुहोला । हामी अर्को भिडियोमा तपाईंहरुको कमेन्टसहित प्रस्तुत गर्नेछौं । यो भिडियो अपलोड भइसकेकोले फेरि सम्पादन गर्न नमिल्ने भएकाले अर्को भिडियोमा तपाईंहरुको सम्पूर्ण यथार्थ कुराहरु समेट्ने प्रयास गर्नेछौं ।

    • @nabarajgurung8495
      @nabarajgurung8495 3 ปีที่แล้ว

      Yesari galat Sandesh galat itihas ko byakya gari vandari raja vanekoma mafi magnuhos . Yo bramanbadh lai protsahan garekoma aapati janauxu

  • @potatolife7776
    @potatolife7776 3 ปีที่แล้ว +2

    Wow good history our Nepal

  • @bheshthapa7530
    @bheshthapa7530 3 ปีที่แล้ว +1

    Interested historical facts, thank you for video record