संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • सफलता क्षणिक भावावेशले हातपरिहाल्ने उपलव्धि होइन। न लहडले, न रहरले नै न त क्षणिक आवेगले नै सफलता पाउन सकिन्छ । जीवनको लक्ष के हो त्यो नै सबैभन्दा पहिला निर्दिष्ट हुनुपर्छ । अनि त्यसलाई सफल पार्न दृढ अठोट, एकनिष्ठ लगाव र सुव्यवस्थित साधना चाहिन्छ अनि चाहिन्छ अविश्रान्त निरन्तरता ।
    विश्वको नम्बर एक शहर भनेर चिनिने अष्ट्रियाको भियनामा जमेर बसेको डाक्टर, एउटा प्रतिष्ठित सर्जन । छँदाखाँदाको आकर्षक जागिर छाडेर समाजसेवा गर्ने अठोट गर्दै ६ हजार २ सय २७ किलो मिटर पूर्वको सुदूर देशको स्याल कराउने डाँडामा हाम्फाल्न पुग्छन् । जसले वितेका २५ वर्षमा सामाजमा पुर्याएको सेवा र हासिल गरेको सफलता देख्ने सबैले गर्विलो स्वरमा भनिरहेका छन् गरे के हुन्न ?
    नगरमा एउटा सुविधायुक्त अस्पताल बनाएर जनतालाई सेवा दिने सपना विपनामा परिणत भएको एउटा ज्वलन्त उदाहरण हो धुलिखेल सामुदायिक अस्पताल । जसलाई अढाई दशकमा सर्वाधिक लोकप्रिय स्वास्थ्य केन्द्रको रुपमा चिनाउन सफल नेतृत्व गरिरहेका छन् डाक्टर मकाजु । उनकै अनुभवमा आधारित सफलताको कथा हो यो । अनुकरण योग्य कर्मको गाथा पनि। र यो हो प्रेरणाको बलियो स्रोत, वास्तवमै राम कहानी ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 11