Nepali poem turned into a song Why is the song stopped by poet Purna Biram पूर्ण विरामको कविता
ฝัง
- เผยแพร่เมื่อ 12 ม.ค. 2025
- गीतको रुप लिएको कवि पूर्ण विरामको कविता - गीत किन रोकिएको छ
Nepali poetry turned into a song - Why is the song stopped? - by poet Purna Biram
गीत किन रोकिएको छ?
एउटा गायक मरेको दुःखमा
आँसु चुहाएर गीत रोक्नु हुन्न
प्रिय हातले फलामको चुरा
लगाएको बेलामा हामीले त झन् गीत रोक्नु हुन्न
रगत- रगतमा तुषारो परिरहेको बेलामा गीत किन रोकिएको छ ?
गीतले नै आगोको उत्पादन गर्छ
कुन चाहिँ निर्दयीले प्रस्ताव पेस गरेर
यसबेला गीतलाई रोक्ने आदेश दिएको छ
दिएको छैन भने
गीत किन रोकिएको छ ?
किन रोकिएको छ वर्षौ वर्षदेखि
अविराम गतिमा यसबेलासम्म
आइपुगेको गीत
कसको आदेशमा गीत रोकिएको छ
धरती कुरुप हुन लागेको अवस्थामा
झन् गीत किन रोकिएको छ ?
पारो बाँड्दै हिँडिरहेको हावाको विरोधमा
झन् - झन् चर्कोसँग गाउँनु पर्थ्यो गीत
गीत किन रोकिएको छ यो समयमा
गायकहरूले देखेका छैनन्
कि चुपी लिने बगरेहरूले छुट्याइरहेका सर्वदाका पत्र -पत्रहरू
गायकहरू काना छन् कि अल्छी छन् कि
गीत किन रोकिएको छ ?
यसबेला त आफ्नो मृत्यु टडकारै देखा परे पनि गीतलाई रोक्नु हुन्न किन रोकिएको छ गीत ?
घाँटी - घाँटीमा गलघण्ट झुण्ड्याइ दिने
साँढेहरू ओहर दोहर गरिरहेको बखतमा
झन् गीत किन रोकिएको छ?
गीत रोक्ने आदेश कसले दिएको छ
यस्तो आदेश मान्नै पर्ने वाध्यता कुन समयले दिएको छ ?
गीत किन रोकिएको छ ?
गीत हिटलरहरूलाई लडाएर घोडाहरूबाट
आदेश दिन सक्छ धर्तीका टुक्राहरू नकुल्चिन
गीत युध्दले पुछेको सिउँदोमा
एक चिम्टी सिन्दूर भएर पोखिन सक्छ
कतिकति हिटलरका व्यवहारहरू
घोडामा चढेर दौडाइरहेका छन्
छातीछातीमा पीडाहरू
यसबेला झन् गीत किन रोकिएको छ ?
गीत किन रोकिएको छ ?
अपसोच लगायत आशंका लहलहाएको छ दिमागमा
गीत किन रोकिएको छ ?
सबेरै पनि उभिएको हो
एउटा झाक्रो पखेटा काटिएको चरा भएर
मध्यान्हमा पनि उभिएका हुन्
आँखाहरू मनलाई बिझाउँने गरेर
गीत किन रोकिएको छ यसबेला
वारम्वार प्रश्न थचारिदिएको पनि हूँ
समयको पोल्टामा
आफ्नो घाँटी ठीकै छ
तर गीत किन कतैबाट
कानलाई छुन नआएको होला ?
किन गीत रोकिएको होला
रोक्ने बेला त होइन होला गीत !
बाजहरू फलामका पखेटाकाआधारमाओसारिरहेका छन् गजूर मुन्तिर का नबोल्नेआँखाहरू
गीत किन रोकिएको छ
गायकहरूलाई प्यारो लाग्दैन कि
नबोल्ने आँखाहरू बनाउँने
महान् हातहरू र तिनका पसिनाका थोपाहरू
गीत गाउँने भए आ - आफ्नो
हाँगाबाट गाइ हाल गायकहरू
म यसबेला आग्रह गर्दैछु
भन्दैछु - गीत रोकिनु हुन्न
मुर्दाहरू मात्र गीत गाउँन सक्दैनन्
गीत किन रोकिएको छ ?
यसबेला पनि गीत गाउँन झिँजो मान्ने
कण्ठहरू मेरो अगाडिबाट सुइँकुच्चा ठोक
गीत किन रोकिएको छ ?भन्दै म एउटा गीत गाउँछु त्यही सूर्यको गीत जसलाई गाएर मानिसहरूले रगत पोखे धरतीमा
त्यही रक्तिम गीत
रचना स्थान -कालोपुल काठमाडौं तीस नेपाल तीन