Chandra Dev Bhatta ​⁠| अनि, अब with Sudheer Sharma | Ep.15

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • ≈ भूराजनीति र नेपाल ≈
    एक्काइसौं शताव्दीलाई ‘एसियाली शताव्दी’ पनि भन्ने गरिन्छ । खासगरी हाम्रा दुई छिमेकीहरुले विश्व अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेका र दक्षिणपूर्वी एसियाका थुप्रै राष्ट्रले प्रगति गरेका कारण संसारको ध्यान यसतर्फ तानिएको हो । यीमध्ये चीन, अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ भने भारतले पनि त्यही बाटो पछ्याउँदैछ ।
    अन्तर्राष्ट्रिय राजनीतिमा पनि चीन-भारतको भूमिका बढ्दैछ । हामी उनीहरुबाट घेरिएको मुलुक भएकाले यहाँ उनीहरुबीच भूराजनीतिक घर्षणमात्र चलिरहेको छैन, उनीहरुलाई रोक्न पश्चिमा शक्तिको बढ्दो सक्रियताले नयाँखाले होडबाजीसमेत आरम्भ गरेको छ ।
    काठमाडौंबाट हेर्दा यो प्रतिस्पर्धा कस्तो देखिन्छ ? यसले हामीलाई कसरी गाँज्दै लगेको छ ? यो मामिला कति वास्तविक हो, कति अतिरञ्जित ? हामीले यसबारेमा भूराजनीतिक मामिला विज्ञ चन्द्रदेव भट्टसँग कुराकानी गरेका छौं ।
    भट्ट बेलायतको London School of Economics र University of Birmingham बाट प्रशिक्षित राजनीतिशास्त्री हुन् । उनी अमेरिकाको George Warren Brown School of Social Work, Washington University मा दुई बर्ष रिसर्च फेलो पनि थिए ।
    हामीले यो कुराकानीमा नेपालले राष्ट्र निर्माणको चरणबाट यहाँसम्म आइपुग्दा आफ्नो परराष्ट्र सम्बन्ध सञ्चालन कसरी गर्दै आएको छ भन्ने पृष्ठभूमि केलाएका छौं । साथै अहिले भारत, चीन, अमेरिकाका नेपालमा जोडिएका रुचीहरु के-के हुन् ? उनीहरुबीच कुन-कुन मुद्दामा कुरा मिल्छ ? कुन-कुनमा मिल्दैन ? यस्तो अवस्थामा हामीले कस्तो नीति र कुटनीति अपनाउने ? लगायतका थुप्रै बिषयहरुमाथि छलफल गरेका छौं ।
    ≈ Geopolitics & Nepal ≈
    The twenty-first century is often referred to as the "Asian century." With our two neighboring countries playing significant roles in the global economy and many Southeast Asian countries making substantial progress, the world's attention has shifted toward this region. Among these countries, China has become the second-largest economy after the United States, and India is following a similar trajectory.
    China and India's roles in international politics are also increasing. As a country situated between India and China, Nepal experiences not only geopolitical friction between them but also the growing activity of Western powers, which have launched new initiatives to counter their influence.
    What does this competition look like from Kathmandu? How has it impacted us? How real are these dynamics, and to what extent are they exaggerated? We discussed these questions with geopolitical affairs expert Chandra Dev Bhatta.
    Bhatta is a political scientist trained at the London School of Economics and the University of Birmingham in the UK. He also held a research fellowship at the George Warren Brown School of Social Work, Washington University in St. Louis, USA, for two years.
    In this conversation, we provided a background on how Nepal has conducted its foreign relations from the stage of nation-building to the present. We explored the interests of India, China, and the United States in Nepal, the issues where they converge, and where they diverge. We also discussed the policies and diplomatic strategies Nepal should adopt in this context, among many other topics.
    Bhatta's Edited Books:
    * Rooting Nepal's Democratic Spirit: library.fes.de...
    * Gaida's Dance with Tiger and Dragon: library.fes.de...
    * Walking among Giants: Foreign policy and development strategies of small and landlocked countries: library.fes.de...
    * Reflections on Nepal's Peace Process: library.fes.de...
    His Articles & Interviews:
    * www.researchga...
    * www.nepjol.inf...
    * www.ips-journa...
    * open.spotify.c...
    * www.orfonline....
    * kathmandupost....
    * ekantipur.com/...
    * nepalmag.com.n...
    * His Twitter contact: / cdbhatta
    #aniaba #अनिअब #ChandraDevBhatta #geopolitics #politicalscience #internationalrelations #foreignpolicy #externalaffairs #asia #america #china #india #chinese #indian #neighborhood #sudheersharma #interview #nepal #globalcompetition #mcc #beltandroadinitiative #indopacificstrategy #worldaffairs #worldorder #podcast #sudheersharmapodcast #chinaindia #uschina #foreignaffairs
    ------
    » Our Team:
    Host: Sudheer Sharma
    Producer & Creative Designer: Kalpana Dhakal
    Graphic Lead: Ankit Bhattarai
    Studio Supervisor: Shiva Ram Shrestha
    Camera: Hritik Singh Thakuri & Rajesh Phuyal
    ------
    » Subscribe our channel: / @sudheerktm1
    » And, please stay in touch:
    Facebook: / sudheerktm
    Twitter: / sudheerktm
    Instagram: / sudheerktm

ความคิดเห็น • 12

  • @yuwakuprety3541
    @yuwakuprety3541 หลายเดือนก่อน +1

    चन्द्रदेव सरका लेखहरू त पढिएकै हो, आज सुनियो पनि। क्या प्रखर वक्ता /विश्लेषक !

  • @sandipbaral2563
    @sandipbaral2563 หลายเดือนก่อน +2

    Shudhir दाईको पहिलो अतिथि चै झुरै लगाएको थियो, त्यस पछिको प्रोग्राम चै उत्कृस्ट भै राछ...., अतिथि गहकिला गहकिला... छन्दै जानु भाछ.... Good luck

  • @-Opponent
    @-Opponent หลายเดือนก่อน +2

    सलाम छ सुधिर जि कम्तिमा यत्तिको बहस चै भै राखेको छ नेपालमा नभए त
    हाम्रो राजनेता- रवि लामिछाने
    नेता -ज्ञनेन्द्र साही र दुर्गा प्रसाईं
    संचारकर्मी - राजिव क्षेत्री
    कलाकार- जयकिशन बस्नेत
    बिस्लेषक- मुकुन्द धिमिरे
    अभियान्ता -सर्मिला वाइवा
    महिला अधिकारकर्मी - सावित्री सुवेदी
    अनि बन्छ नेपाल !!

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +1

    "सम्बन्ध मनले जोड्छ,मुखको बोलीले होईन"केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुँदैनन् कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन्।❤️🌸

  • @manichapagain4857
    @manichapagain4857 หลายเดือนก่อน +1

    Kantipur xadepaxi sudheer sharma ji ko jhan depth ma gayako feel vairaxa aajkal ka talk show haru ma
    Views jati hola but ekdam ramro xa

  • @bijayahamal1668
    @bijayahamal1668 หลายเดือนก่อน

    Economy is shifting from production based to technology based. There won’t be massive production onwards.

  • @madhavneupane8141
    @madhavneupane8141 หลายเดือนก่อน +1

    अभि सुवेदी ।

  • @madhavneupane8141
    @madhavneupane8141 หลายเดือนก่อน

    नमन ।

  • @yamanpaneru2676
    @yamanpaneru2676 หลายเดือนก่อน

    Proud of u sir, watching this episode from Accham

  • @praveenshrestha9525
    @praveenshrestha9525 หลายเดือนก่อน

    Chapters rakhnuna sir Videos ma

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 หลายเดือนก่อน

    तिमीहरुको title मात्रै ठुलो. गर्ने क्षमता zero. प्रचण्डे, देउबा, ओलीको अगाडी नतमस्तक भएर पुजा गर्छौ. सक्छौ भने action मा उत्र, हावा गफ मात्रै गरेर काम छैन.