परबाट आईरहने ‘नरे थापा’ अर्थात् नकुल काजी ।। NAKUL KAJI, JOURNALIST

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • परबाट आइरहने नरे थापा अर्थात् नकुल काजी ।।जहाँ बस्यो त्यहीं राजधानी, त्यही केन्द्र भन्ने मान्यता कतै स्थापित भएको छ भने पत्रकार नकुल काजीको कार्यस्थल झापाको चन्द्रगढी नै भएको छ। काठमाडौंमा जन्मदैमा कुनै वालक केन्द्रीय तहको वालक हुनसक्दैन, केन्द्र हुन्छ भने त्यो कर्मले हुन्छ भन्ने मान्यता राख्छन् पुराना पत्रकार नकुल काजी।
    हुन पनि उनले निरन्तरको आफ्नै कर्मले आफूलाई अग्लो पत्रकारको हैसियतमा उभ्याएर आज पनि अक्षरहरुसँगै रमाईरहेकै छन्। पत्रकारितामा एक्लै सक्रिय भएनन् नकुल काजी उनले आफूपछिको पुस्तालाई पत्रकारिताको मर्म बुझाएर यही पेशा समाएर अघि बढ्न बाटो पनि देखाईदिए। ती पत्रकार आज नेपाली पत्रकारिताका अनेक विधामा क्रियाशील पाईन्छन्।
    पत्रकार नकुल काजीलाई पत्रकारिताको कखरा सिकाउने, भाषा र शैली बुझाउने, शब्द र अक्षरको प्रभाव सम्झाउने तथा यसको मर्यादाको महत्व मनन गराउने अगुवा व्यक्ति मान्ने दर्जनौं पत्रकार क्रियाशील छन् नेपाली पत्रकारितामा।
    निर्दलीय पञ्चायती व्यवस्थाको कठोर कालखण्ड होस् कि त्यसपछि भएका परिवर्तनले ल्याएका अरु पध्दति हुन् राजनीतिक आस्था जे राखेपनि पत्रकार नकुल काजीले कलम भने डगमगाउन दिएनन्। आज पनि यही धर्म मानेर थामेर उनी अविचलित अवस्थामा पत्रकारिता नै गरिरहेका छन्। लोकप्रियताको उच्च स्थान बनाएको विवेचना पत्रिका नै उनको स्थायी मन्दिर बनेको थियो ।
    भारतको नेपाली भाषी भूगोल र नेपालमा भोगेका अनेक रोचक अनुभव सुनाएका छन् पाका पत्रकार नकुल काजीले दृश्य टिभीसँगको वार्तामा।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 1

  • @wolip1
    @wolip1 ปีที่แล้ว

    नकुल काजीको बिबेचना पत्रीका म २०३४ सालमा चन्द्रगढिमा कार्यरत रहंदा धेरै पढेको छु । वाहॉले झांपाका तल्कर फटाह सबैको बिबरण फ़ोटो सहितका फायल बनाएर हामीलाई ज़िम्मा लाउनु भएको थियो । वाहां क्षमतावान साहसिक पत्रकार हुनुहुन्छ ।