घरमै बन्नुहोस कुखुराको डाक्टर !! के रोग लॉग्दा के औसधी दिने??

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • कुखुराको प्रमुख रोगहरु तीनको रोकथामका पुर्व ब्यवस्थापन ।
    बर्ड फ्लुः
    यो रोग चाडै फैलीने कुखुराको खत्रनाक रोग मानीन्छ । यस लाई कुखुराको पेल्ग भनि भनीन्छ । जुन एच ५ एन १ भाइरस का कारण हुने गर्दछ । यो रोग विरामी कुखुरा संगको सिघा संर्पक हावा तथा कुखुराको सुलीावाट फैलीन्छ ।
    रोगको सामान्य लक्षण:
    यो रोग देखीदा खोरमा मात्र नभई पुरै क्षेत्रको कुखुराहरु एक दुई दिनमा नै मरेर जान्छन । अरु लक्षहरु सास फेर्न गाह्रो हुने, ध्यार ध्यार गर्ने, दिसा पातलो गर्ने, अनुहार सिउर, लोती, सुन्नीने, फूल उत्पादन कम हुने, फूलको बोक्रा पातलो नरम हुने गर्दछ ।
    रोगको रोकथाम:
    कुखुरा फार्म उचित जैविक सुरक्षा ब्यवस्थापन गर्ने रोग देखीए को खोरका सबै कुखुरा मारेर नष्ट गरी पुरने । खोरमा रहेका दाना दानाको अवशेष सोतर सबै डडाएर फाल्ने खोरलाई राम्रो संग निसंक्रमण गरेर ३ महिना बन्द गरी छाडी दिने । पुन त्यही खोरमा कुखुराका पाल्न परे ३ महिना पछि वर्ड फलु रहित बातावरण ठहर भई पछि अर्को वथान कुखुरा पाल्ने ।
    रानी खेत:
    यो पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मनिन्छ।भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ । यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ ।
    रोगका लक्षहरु:
    सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, हरियो रंग को पातलो सुली छेर्ने, पखेटा, खुट्टाको पक्षघात हुने, नरम पातलो फूलको वोक्रा हुने, गर्दन वटारने, फुल उत्पादन ५० प्रतिशत सम्म कम हुने । वथानमा मृत्यु दर ८० प्रतिशत हुन सक्छ । यो रोग मानीसमा पनी सर्न सक्छ । मानिसमा आँखा पाक्ने लक्षण देखिन्छ ।
    रोगको रोकथाम:
    यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु पर्दछ ।
    फवल पोक्स:
    यो बिषाणु द्धारा हुने रोग मानिन्छ । यसमा शरीरका मुख्य भागहरु खास गरी अनुहारमा बिफरका धेरै फोका निस्कन्छन यो रोग दानाजन्य सामाग्री, विरामी कुखुराको संर्पक, हावा तथा शरीरमा भएको चोटपटकको माध्यमवाट शरीरमा प्रवेश गर्ने गर्दछ ।
    रोगको लक्षण:
    यस रोगमा शरीरका विभिन्न भागमा स साना फोका देखिने गर्दछ । मुखवाट सेतो ¥याल काढने साथै आखाँमा पनी संक्रमड हुने गर्दछ ।
    रोकथाम:
    कुखुरा पालीने खोरको वरीपरी राम्रो जैविक सुरक्षा प्रवन्द्यन गर्ने । खोर वरी परी पानी जम्न नदिने । उमेर तालिका अनुसार समयमै रोग विरुद्ध खोप लगाउने ।
    गंम्वोरो:
    यो रोग बिमा प्रजातिको भाइरसका कारण हुने गर्दछ । जुन खाद्य पदार्थ तथा पानीको माध्यमवाट सर्छ । शरीरमा रोग का जीवाणु प्रवेश गरेको २ - ३ दिनमा लक्षण देखिन थाल्दछ । यो रोग ले खास गरी साना चल्लालाई बढी असर गर्दछ । ठुला कुखुरालाई सक्रमण गरेमा २-३ प्रतिशत मृत्यु दर हुने गर्दछ । यो रोगले कुखुराको शरीरमा हुने प्रति रक्षा प्रणाली लाई असर पु¥याउने गर्दछ ।
    रोगका लक्षणहरु:
    कुखुराहरु आँखा चिम्लेर झोक्रायर वस्दछन । तथा छेर्ने गर्दछन ।
    रोगको रोकथाम:
    यो रोग रोकथामका लागी कुखुरालाई उमेर तालिका अनुसार नियमित खोप दिनु पर्दछ । विरामीलाई औषधि संगै दाना पानीमा स्कीम्ड दुध दिनुका साथै तनाव कम गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता वलीयो वनाउने खाले औषधि दिइनु पर्दछ ।
    ब्रुडर निमोनिया:
    यो ढुशीको कारणले हुने गर्दछ । ढुसी दाना, पानी सोतर चिसो फिजेको ठाँउ पुराना काठका सामाग्री बाट कुखुराकामा फैलीन्छ । कुखुराको खोरको बातावरण राम्रो नभए तथा अत्याधिक चीसोका कारणले पनि यो रोग लाग्छ ।
    सामान्य लक्षणहरु:
    सास फेर्न गाह्रो, सधै निदाए जस्तो गर्ने, खोकी लाग्ने नाकबाट पानी खसाल्ने, शारिरीक तौल कम हुने, दाना कम खाने पखेटा तथा खुट्टाको पक्षघात, पानी धेरै खाने । प्रभावीत कुखुराको २४ देखि २८ घण्टामा मृत्यु हुने ।
    रोकथाम:
    यस रोगको रोकथाम का लागी तनाव गराउने कारक तत्वको प्रयोग कम गर्ने । ढुसी उम्रीन सकने ठाउँको सफाई पुरानो तथा विग्रेको दानाको प्रयोग बन्द गर्ने । ओसिएको दाना सुकाउने । सोतरको राम्रो ब्यवस्थापन । रोग पत्ता लाग्ने वित्तिकै पानीमा टक्सीन वाइन्डर, एसीडी फायर हालेर खान दिने साथमा इम्युनो मोडुलेटर पनी दिने ।
    प्लुरोम रोग:
    यो रोग चल्ला कोरल्ने फुलवाट चाँडै सर्ने रोग मानीन्छ । यो रोग भरखर कोरलीएका चल्लामा बढी देखिन्छ । यो रोग बाट कुखुरा तंग्रीए पनी बाहकको रुपमा रहिरहन्छन ।
    सामान्य लक्षण:
    प्रभावित फुलबाट कोरलीएका चल्ला मरेका हुने वा केहि दिनमा नै अत्याद्यिक मृत्यु हुने । ठुलो कुखुरा निदाएको जस्तो गर्ने तनाव ग्रस्त तथा झाडा पखाला लाग्ने गर्दछ ।
    रोकथाम:
    यस रोगको कुनै प्रभावकारी उपचार संभव छैन । त्यसैले रोग ठहर भएका बथान मास्नु पर्दछ । यस रोगका लागी कुनै खोप उपलब्ध छैन ।
    कोली वसीलोसीस:
    यो इ-कोलाई को कारण हुने रोग हो जस्ले स्वास प्रस्वास तन्त्रलाई असर पार्दछ । जस्ले गर्दा कुखुराको मृत्यु हुन्छ । यस रोगले गर्दा चरामा खादय पोषण तत्व ग्रहण गर्ने क्षमता कम हुने गर्दछ । यस रोगका प्रमुख लक्षण सास फेर्न गाह्रो भई अचानक धेरै कुखुराको मृत्यु हुने । सास फेर्दा छुटटै किसिको आवाज निकाल्ने गर्दछन ।
    रोकथामः वेलैमा कुखुराको रोग विशेषज्ञ संग सल्ला गरी उपयुक्त एन्टीवायोटिन दिन सकिन्छ ।
    कक्सीडियोसीस :
    यो आइमेरीया प्रजातीको प्रोटोजोवाको कारण हुने रोग मानिन्छ । यो रोग राम्रो सीत खोरको सरसफाई नगरीए वा भिजेको सोतरमा पालेका जुन सुकै उमेरका कुखुरामा देखिन सक्दछ । यस रोगको मुख्य लक्षण जमेको रगत मीसीयैको पातलो गन्हाउने दिसा गर्ने । रक्त अल्पता का कारण जीउ फोर्सो हुने तथा मृत्यु हुने गर्दछ । बाँचेका कुखुरा पनी तौल नलाग्ने ख्याउटे हुने गर्दछन । यस्को उपचारका लागि विभिन्न खाले कक्सीडियोस्टाट औषधि दिन सकिन्छ । रोकथाम का लागि यी औषधि नियमित रुपमा दाना अथवा पानिमा मिसाएर दिनु पर्दछ ।

ความคิดเห็น • 5

  • @SamundarGhimare
    @SamundarGhimare 6 หลายเดือนก่อน +1

    🙏🙋

  • @lokendrabohara609
    @lokendrabohara609 6 หลายเดือนก่อน +1

    जानकारी को लागी धेरै धेरै धन्यबाद सर हजुर लाई

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 6 หลายเดือนก่อน +1

    धन्यवाद सर धेरै राम्रो कुरा सिकाउनु भयो

  • @lokendrabohara609
    @lokendrabohara609 6 หลายเดือนก่อน +1

    अब भने हजुर को भिडियो दैनिक हेर्न पाइने भयो खुसी लाग्याे

  • @rameshchaudhary5087
    @rameshchaudhary5087 6 หลายเดือนก่อน +2

    सर मेरो कुखुरा फार्म भित्र बाख्रा काे खाेर पनि छ कुखुरालाइ केही असर गर्छ कि नाई