असली र नक्कली छुट्याउनु || Distinguish between genuine and fake

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • बुधवार जनवरी १५ माघ २
    “किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ ।” -२ कोरिन्थी ११ः१४
    असली र नक्कली छुट्याउनु
    २ कोरिन्थी ११ मा पावलले शैतानले मास्टर नक्कली जस्तै काम गर्ने चार तरिकाहरू प्रकट गर्दछ । पहिलो उसले नक्कली मुक्तिदाता उपलब्ध गराउँछः “किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ ।” त्यसैकारण त्यहाँ येशुको प्रचार गर्ने कतिपय पन्थ ÷सम्प्रदायहरू छन् तर तिनीहरूले ख्रीष्टियन मतका ख्रीष्टको प्रचार गर्दैनन् । दोस्रो शैतानले नक्कली सेवकहरू प्रस्तुत गर्दछः “किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्...यसकारण यो कुनै अनौठो कुरा होइन कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बदल्छन् । तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ” (पद १३ १५) । तेस्रो शैतानले नक्कली सन्तहरू ल्याउँछः पावलले यी झूटा भाइहरूलाई तिनीहरूको रूपमा चिनाउँछन् जो बाहिरबाट तपाईंको भाइ वा बहिनी जस्ता देखिन्छन् तर भित्रबाट गोप्य रूपमा तपाईंका शत्रु हुन् (गलाती २ः४ हेर्नुहोस्) । यसबाहेक शैतानले हामीलाई नक्कली मुक्ति पनि प्रदान गर्दछः “तर हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्र्यो भने पनि त्यो व्यक्ति श्रापित होस्” (गलाती १ः८) । ख्रीष्टियनहरूले शैतानको सन्तान भएको बहाना गर्छन् भन्ने होइन तर अधर्मीहरूचाहिँ प्रायः धर्मी देखापर्छन् । परमेश्वरले पापी र सन्तका बिचमा भिन्नता छुट्याउन सक्नुहुन्छ अनि तपाईंले चर्चभित्र दुवै प्रकारका मानिसहरू पाउनुहुनेछ चर्चबाहिर जसरी नै । अनि यो असल कुरा हो किनभने निरन्तर बाइबल प्रचारको सम्पर्कमा रहनुले मानिसहरूलाई परिवर्तन गर्छ । मण्डली सिद्ध छ भनी येशुले कहिल्यै दावी गर्नुभएन अनि हामीले पनि त्यस्तो दावी गर्नु हुँदैन । यी सत्यताबारे हाम्रो समझले हामीलाई स्वधर्मी र न्याय गर्ने व्यक्ति बनाउनु हुँदैन । बरु यसले हामीलाई परमेश्वरको अनुग्रह र कृपाका भण्डारे बनाउनुपर्छ र हामीलाई ख्रीष्टमा पूर्ण रूपमा प्रतिबद्ध हुन प्रेरित गर्नुपर्छ ।
    परमेश्वरको वचन (बाइबल) नै मात्र असली र नक्कली छुटुयाउन सहयाता गर्ने भएकाले यसलाई पढौँ, मनन गरौँ र जीवनमा कार्यन्वयन गरौँ ।
    आत्मिक भोजन लेवी २६-२७, मत्ती ७ः१-१२, भजन ७४ः१२-२३, हितोपदेश २ः७-८

ความคิดเห็น •