बाँ ! बाँ !! बाच्छी- Baan Baan Bachchi | गीतकारः रामबाबु सुवेदी | संगीतकारः मिलन तिमिल्सिना | बालगीत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2023
  • रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। बाँ बाँ बाच्छी- Baan Baan Bachchi गीतकार रामबाबु सुवेदी र संगीतकार मिलन तिमिल्सिनाको उत्कृष्ट बालगीत मध्ये एक हो।
    गीतः
    बाँ बाँ बाच्छी- Baan Baan Bachchi
    गीतकारः
    रामबाबु सुवेदी
    संगीतकारः
    मिलन तिमिल्सिना
    निर्माता
    रामबाबु सुवेदी
    प्रायोजक
    शिवानी सुवेदी
    भिडियो निर्देशक
    आचार्य गोपाल
    ------------------------------------------------------------------------------------------------------
    संगीतकारको परिचयः

    गीतकार रामबाबु सुवेदीको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
    हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
    कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
    साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
    सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
    ------------------------------------------------------------------------------------------------------
    एनिमेसन प्रायोजकको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    _________________________________________________________________
    सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८
    यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
    #Baan_Baan_Bachchi
    #रामबाबु_सुवेदी #Rambabu_Subedi

ความคิดเห็น •