पालुङ्ग-आग्रा पदयात्रा / Paalung-Aagraa Hiking

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • पालुङ आग्रा पदयात्रा पछिकाे अनुभव ।
    काठमाडौँ र हेटाैंडा बाट नजिक: थाहानगरको नयाँ पर्यटकीय गन्तव्य ‘पालुङ-आग्रा पदयात्रा’ रुट!
    काठमाडौंबाट नौबिसे हुँदै आउने सडक दुरीमा ६५ किलोमिटर र चित्लाङ-थानकोट हुँदै आउँदा करिब ३५ किलोमिटर र हेटौंडा बाट आउँदा ६५ कि.मिको दुरीमा मकवानपुर थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ ।
    पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो । चित्लाङ, टिस्टुङको नर्वेढुंगा, खुकुरी पार्क, मुलाबारी चौर, दामन, सिनभन्ज्याङ, कोटथुम्कि पर्यटकीय क्षेत्रमा परिचित स्थान हुन् । धार्मिक हिसाबले पनि थाहानगरपालिका त्यतीनै प्रख्यात छ । ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रबाराही माई, स्वचन्दभैरब, पाथिभरा मन्दिर, गोरखनाथ धाम थाहानगरका प्रमुख धार्मिक क्षेत्र हुन् ।
    थाहा नगरका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि हो । बेमौसमी कृषिको लागि थाहानगरले छुट्टै पहिचान बनाएको छ । थाहा नगरको अर्को महत्त्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो । यहाँ थाहानगरको पर्यटन प्रबर्द्धनका लागि नयाँ गन्तव्यको चर्चा गर्न खोजिएको छ, ‘पालुङ-आग्रा पदयात्रा रुट ।’
    ‘पालुङ-आग्रा पदयात्रा’ रुट पर्यटकहरुका लागि आकर्षक र नयाँ रुट हो । यस रुटको शुरुवात साविक दामन गाउँ विकास समितिको शिखरकोटबाट हुने भएपनि अधिकांश भू-भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ-आग्रा पदयात्रा रुट’ भनिएको हो । यो यात्रामा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक मिश्रित यात्रा हुने भएकोले अन्य पदयात्रामा भन्दा यहाँ फरक स्वाद मिल्छ र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।
    यस पदयात्राको शुरुवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट शुरुवात हुन्छ । शिखरकोट नजिकै रहेको विकास घरको आँगनमा उनको पूर्ण कदको शालिक छ । थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले श्रम जुटाइ बनाएको विकास घर शालिककै आडमा छ । यहाँ नागरिकको सेवाका लागि थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय र अन्य सार्वजनिक संस्थाको उपस्थिति छ ।
    शिखरकोटबाट करिब २ किलोमिटरको पैदलयात्रा पश्चात् पालुङको पाण्डुकेश्वर मन्दिर पुग्न सकिन्छ । पाण्डुकेश्वर पुग्नु अघि थाहा ३ डाडाँगाउमा अवस्थित गोरखनाथ मन्दिर छुटाउनै नहुने क्षेत्र हो । यहि रुटमा पर्ने गोरखनाथ धार्मिक आस्थाको केन्द्र पनि हो ।
    बाटोमा ऐतिहासिक बस्ती गोपाली गाउँ, रुपचन्द्र विष्ट प्रधानाध्यापक समेत भएर पढाएको जनकल्यण मावि, विश्वका ३ शंखमुल मध्येको एक पालुङ शंखमूल यस यात्राका थप आकर्षण हुन् । साथमा हरियालीपूर्ण तरकारी खेती र खेती प्रविधिमा रहमाइरहेका किसानहरुसँगको भेटघाट तथा उनीहरुसंगको संवाद सहितको यात्रा यस क्रममा गर्न पाइन्छ ।
    ऐतिहासिक पाण्डुकेश्वर परिसर, नजिकैको भद्रतीर्थ र पालुङको ऐतिहासिक नेवारी बस्ती ‘पालुङ शहर’ हुँदै पाथिभरा मन्दिर नजिकै पर्यटकहरुलाई स्वागत गर्ने पालुङकै पहिलो ‘डाँडाघरे बा को होमस्टे’ छ । थाहानगर घुम्न आउने पर्यटकहरु होमस्टेको स्वाद नलिई हत्तपत्त फर्किदैनन् । होमस्टेमा हुनुपर्ने मौलिकता यहाँ पाइन्छ । होमस्टेको छेवैमा रहेको हुँदा पाथिभरा नपुग्ने पर्यटकहरु विरलै हुन्छन् ।
    पालुङको पाथीभरा हुँदै ‘पालुङ-आग्रा’ पैदल मार्ग अघि बढ्छ । ‘पालुङ-आग्रा पदयात्रा’ मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । मेला र विभिन्न अवसरमा त पालुङका महिला नौमती बाजा समूहले बाजा बजाएर पर्यटकहरुलाई स्वागत पनि गर्दछन् । यस रुटमा पालुङको ऐतिहासिक भग्नावशेष पालुङ गढी हुँदै भकारी ढुंगासम्मको यात्रा निकै उत्साहजनक छ । जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसँगै यात्रा गर्दा जो कोही पनि फरक महशुस गर्दछन् ।
    डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्परा आहा, घुमफिर गर्दा निकै रमाइलो हुन्छ । यहि यात्रामा करिब २ हजार तीन सय मिटरको उचाइमा रहेको केशरी भन्ज्याङ पर्दछ । यहाँबाट दृश्यावलोकन गर्दा पर्यटकहरु आन्दित हुन्छन् । यहाँबाट चन्द्रागिरी भन्ज्याङदेखि वरको सबै फाँट र गाउँहरु अवलोकन गर्न सकिन्छ । यो यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर ‘ट्रेकिङ रुट’को मुटु हो । हरियो फाँट झै देखिने यो चौर क्षेत्र आग्रामा पर्दछ ।
    यहाँबाट डाँडाबास, कैलाश गाउँपालिका क्षेत्र र धादिङका केहि पालिकाहरु समेत अवलोकन गर्न सकिन्छ । खुलेको बेला दत्न लहर झै उभिएका हिमालयको दृश्यावलोकन सहजै गर्न सकिन्छ । छेउछाउमा तामाङ जातिहरुको बसोबास रहेको यो प्राकृतिक छाँटाले भरिपूर्ण उनीउ चौरमा पुगेपछि फर्कनै मन लाग्दैन । नजिकै डाँडाबास पार्क पनि रहेको छ । यसका अलवा अन्य घुमफिरका प्वाइन्टहरु पनि यहाँ प्रशस्तै छ ।
    यति यात्रा गर्दा ‘पालुङ-आग्रा’ ट्रेकिङ करिब सकिन्छ । यसको दुरी लगभग १५ किलोमिटर रहेको छ । यस यात्रालाई थप जोड्न पनि सकिन्छ । तर एकदिने ट्रेकिङका लागि यो यात्रा काफी हुन्छ । फर्कदा डाँडाबास सडकबाट सवारी साधनमा वा पैदल नै पनि दामन घर्तीखोलाको दमार हुँदै पुनः शिखरकोट आइपुग्न सकिन्छ । for mor details contact Ganesh Bista.#adventure #palung #angrakha #peace #nature #naturalbeauty #hike #hikeforhealth #hikecalifornia #hikerlife #mentalhealth #mentalpeace #mentalhealthmatters
    @Music: Credit Miskit

ความคิดเห็น • 12

  • @anishkatwal2452
    @anishkatwal2452 ปีที่แล้ว +1

    Ramro cha

  • @nischalpaudel2856
    @nischalpaudel2856 ปีที่แล้ว +1

    Easto ramro welcome 🙏 ko lagi tq palung... 😊

  • @nischalpaudel2856
    @nischalpaudel2856 ปีที่แล้ว +1

    Wonderful place ... must visit once 🎉

  • @wanderluster123
    @wanderluster123 ปีที่แล้ว +1

    Nice bro❤👏🏻👏🏻👏🏻

  • @prabinsinghbasnyat1749
    @prabinsinghbasnyat1749 ปีที่แล้ว

    Hike garna ko lagi trail kati ko hard cha? Barkha ko time ma bato chiplo hune kei? Cha ki nai

    • @mysticastudio
      @mysticastudio  ปีที่แล้ว

      13 Km ko hike chahi forest jo hike chha tyo bhanda agadi gaau woripari kai bhayera khas garho chha. 13 Km ma chahi jungle ko bato chiplo nai hunchha bato ta.

    • @prabinsinghbasnyat1749
      @prabinsinghbasnyat1749 ปีที่แล้ว

      @@mysticastudio total 13km ho hike?

    • @mysticastudio
      @mysticastudio  ปีที่แล้ว

      In total almost 17-18 km but jungle area 13 km palung bata angra(unyuchaur pugna.)