Poem of Nepali poet Purna Biram in the form of a song - Write a new wound पूर्ण विरामको कविताको गीत
ฝัง
- เผยแพร่เมื่อ 13 ม.ค. 2025
- गीतको रुप लिएको कवि पूर्ण विरामको कविता - नयाँ घाउ नै लेख्नू
Poem of Nepali poet Purna Biram in the form of a song - Write a new wound
नयाँ घाउ नै लेख्नू
बाढी र खडेरीको कुरा लेख्नू
त्यहाँबाट सावधानीपूर्वक
मलाई स्वतन्त्र भएपछि प्राप्त हुने
मेरो साँझखेर नजाने गरेर |
लेख्नू धमिलो देखिए धमिलो पानी
घाम नलागेको भए नलागेको लेख्नू
हलक्क बढिसकेको काढाँले
कोतरिरहेको भए कोतरेकै बयान लेख्नू
केही फरक पर्दैैन
मलाई घाउ हुने आशङ्का हटाएर
मेरो लागि नयाँ घाउ नै लेख्नू |
जङ्गली फूलले घूम ओढेको भए
नढाँटिकनै ओढाउने मानिसको नाम लेख्नू
पुरानो टेबुलमा
दिउँसो लगाइएको कपडा फुकालेर
मनपर्ने खाम भित्रबाट
आफूले थन्काएको आँखा निकालेर
म पढुँला तिम्रो चिठ्ठी
विना झूल बितेको रातलाई बिर्सिएर |
सावधानीपूर्वक लेख्नू
खलङ्गाले खोजेको भए पहार
बाटो बनाउँदा - बनाउँदै
कसैको चुरा फुटेको भए
आशङ्का हटाएर लेख्नू मलाई घाउ हुने
बाटो बनाउँदा मरेको
त्यो महान् मानिसको नाम
निसङ्कोच लेख्नू
मेरो लागि नयाँ घाउ नै लेख्नू
सावधानीपूर्वक लेख्नू
हज्जारौं आँखाहरू तरेर मलाई प्राप्त हुन्छ चिठ्ठी |
रचना स्थान -कालोपुल काठमाडौं 30 नेपाल 3