ख्वप विश्वविद्यालय स्थापनाको कुरा नागपास खेलेको जस्तो भइरहेको छ: सुनील प्रजापति, मेयर- भक्तपुर नपा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • मेडिकल शिक्षाका लागि विदेशमा कति लिन्छ, हाम्रा भाइबहिनीले कति तिर्छन्, हामी तुलना गरेर हेर्छौं । एमबीबीएस पढ्नका लागि पनि ५०-६० लाख खर्च गर्नुपर्छ । त्यसरी पास गरेर आउनेहरुको तलब भने ३०-४० हजार मात्र छ । एमडी गर्न थप ४०-५० लाख खर्च गर्नुपर्छ ।
    एकजना डाक्टर तयार गर्नको लागि करोड रुपियाँ नभइकन सम्भव नै छैन । पैसा तिरेर पढ्नका लागि गरिबको निम्ति क्षमता भएर पनि कुनै सम्भावना नै छैन ।
    नेपाल सरकारले एमबीबीस पढ्न उपत्यकाभित्र ४२ लाख र बाहिर ४५ लाख तोकेको छ । कलेजहरुले १०-१२ लाख अतिरिक्त पैसा लिन्छ ।
    देशका सबैले राम्रो कलेज भनेर मानेको हाम्रो दुई वटा इन्जिनियरिङ कलेजमा पनि शुल्क सस्तो छ । दुवै कलेजबाट वर्षको ४३२ इन्जिनियर उत्पादन हुन्छ । अरु कलेजले ११ देखि १५ लाख लिइरहँदा हामीले ४ लाख ७० हजारमा इन्जिनियरिङ पढाइरहेका छौं ।
    हाम्रै छोराछोरीलाई चिकित्सा शिक्षा पढ्नका लागि ५०-६० लाख शुल्क किन ? यो लुटेको हो । स्वास्थ्य शिक्षामा राज्यले लगानी गर्नुपर्छ ।
    भक्तपुर नगरपालिकाले सात-सातवटा कलेजहरु चलाउन सक्छ भने अर्को मेडिकल कलेज चलाउन असम्भव छैन । हामीले भनिरहेकै त्यही हो ।
    शिक्षा भनेको सेवा हुनुपर्ने हो । तर त्यसलाई विनिमय (किनबेच)को वस्तु बनाइयो ।
    शिक्षा र स्वास्थ्यमा राम्रोसँग काम गर्न सक्यौं भने जनताका आधा समस्या त्यहीँ समाधान हुन्छ भन्ने हामीले ठानेका छौं ।

ความคิดเห็น •