यस्तो थियो १० बर्षे द्वन्द समाप्तिको एउटा निणायक विन्दु ! ऐतिहासिक रोल्पा-कोटगाउँ भिडन्त !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #The_Nepalese_Maoist_War
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com
    #Kotgaun_Attack

ความคิดเห็น • 156