ताकमकोटमा भयो अनौठो घटना ! पुजा गरेपछि मात्रै स्टार्ट भयो हलीकप्टर/ takam kot

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत परिसरमा जगन्नाथ-अन्नपूर्ण मन्दिरको पुनःनिर्माणको शिलन्यास कार्यक्रममा शुक्रबार अनौठो र आश्चार्यजनक घटना भएको छ । अतिथि लिएर ताकमकोत परिसरमा ल्याड गरेको एयर डाइनेस्टिक कम्पनीको ५ सिटे क्षमताको हेलीकप्टर फर्कने क्रममा अनौठो घटना भएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापा, सिद्धार्थ बैङ्कका सिइओ शेरबहादुर बुढाथोकी, मन्त्रि थापाका निजी सचिव याम गर्बुजा र एक जना अंगरक्षकलाई लिएर हेलीकप्टर ताकमकोत गएको थियो । करिब डेढ घण्टाको शिलन्यास कार्यक्रम सकिएर अतिथिहरु चढी सकेपछि पाइलट अरुण मल्लले उडाउन खोज्दा हेलीकप्टर स्टार्ट (चालु) भएन् । ‘तीन पटक सम्म प्रयास गर्दा स्टार्ट नभएपछि इञ्जिनियरलाई फोन गरेर सोधे । सबै इञ्जिनिहरु ठिक अवस्थामा थिए । धेरै प्रयास गर्दा पनि सफल नभएपछि स्थानीयबासीको सुझाव अनुसार अतिथि र म गएर जगन्नाथ मन्दिरमा पुजा आजा ग¥यौ’ पाइलट मल्लले भने ‘पहिला मन्दिर मात्र परिक्रमा मात्र गरेको थिए । टिका पनि लगाइन् । प्रसाद पनि खाएको थिइन् । पछि पुजा गरेपछि हेलीकप्टरको इञ्जिन स्टार्ट भयो । हामी सकुशल काठमाडौ पुग्यौ । मेरो २४ वर्ष उडान अनुभवमा यस्तो घटना कहिल्यै भएको थिएन् ।’ पाइलट मल्लले हेकीकप्टर स्टार्ट भएपछि मन्दिरमा पाँच हजार रुपैयाँ भेटि चढाएका थिए ।
    भिडियोः रेशम छन्त्याल र गोपाल आचार्य ।

ความคิดเห็น • 1