वृत्तचित्र बागमती गाँउपालिका मकवानपुर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • बागमती गाँउपालिकाको प्रस्तुति
    मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाँऊपालिको भुभाग ३११.७९ वर्ग कि.मिमा फैलिएको छ भने ३० हजार ४ सय ९५ जनसंख्याको बसोबास रहेको छ ।
    बागमती -४ झुरझुरे केन्द्र रहेको बागमती गाँउपालिका महाभारत श्रृंखलापर्बतलाई छोएर दक्षिणतर्फ चुरे पहाडकोे काखमा अवस्थित छ । प्रदेशको राजधानी हेटौंडाबाट ५० किलोमिटरको दुरीमा रहेको यो गाँऊपालिका हुँदै वागमती नदि बग्दछ । यो पालिका केन्द्रिय राजधानी काठमाडौं र ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली र रौतहट जिल्लाहरुसँग सीमाबद्ध भएर रहेको छ । बिकासको अग्रगामी छलाङको रुपमा धरानचरा सडकखण्ड पनि यसै पालिका भएर गएको छ । उक्त सडकले थप बिकास निर्माणमा सहज भएको छ ।
    नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ गते मन्त्रिपरिषदको निर्णयबाट मकवानपुर जिल्लाका तत्कालिन तिन गाउँ विकास समितिहरु (बेतिनी, फापरवारी र राईगाउँ) लाई समायोजन गरि बाग्मती गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास करिब चार सय वर्ष अघिदेखि नै बसोबास गर्ने गरेको र तत्कालिन फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस गाउँपालिकामा रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन सक्दछ ।
    ब्यबस्था परिबर्तनको लागि भएको जनयुद्धको अन्तिम युद्ध पनि यसै पालिकाको झुरझुरेमा भएको थियो उक्त युद्धमा २९ जनाको ज्यान गएको थियो भने युद्ध चलिरहँदा जलेको घरमा एक बालकको जन्म भएको थियो भने बालकको परिवारको २ सदस्यको मृत्यु भएको थियो तत्कालिन माओबादी लडाकुले बालकलाई बंकरभित्र आमालाई दिएको घटनाको चर्चा आजपनि जोकोहीले पनि गर्ने गर्छन भने ती बालकको नाम नै युद्धबिर राखिएको छ !
    सम्पादन ब्यबस्थापन /लेखन - ओम प्रसाद फुयाल www.facebook.c...
    क्यामरा - ओम प्रसाद फुयाल /अमिर राई www.facebook.c...
    ड्रोंन अपरेटर - ओम प्रसाद फुयाल www.facebook.c...
    पार्श्व आवाज - सरला अधिकारी www.facebook.c...
    ब्यबस्थापन - अन्जली थापा www.facebook.c...
    बिशेष सहयोगी - सम्पूर्ण वार्ड अधक्ष्य तथा अशोक रखाल /पाख्रिन जेठा सुरेश तामाङ्ग/

ความคิดเห็น • 16