समृद्धिको यात्रामा खिजीदेम्बा गाउँपालिका (डकुमेन्ट्री)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 เม.ย. 2022
  • खिजीदेम्बा गाउँपालिका नेपालको प्रदेश नं १ अन्तर्गत ओखलढुंगा जिल्लाको सदरमुकामदेखि उत्तर-पश्चिममा अवस्थित एक स्थानीय तह हो । ओखलढुंगा जिल्लाका ८ वटा स्थानीय तहमध्ये अति दुर्गम गाउँपालिकाका रुपमा चिनिन्छ यो गाउँपालिका ।
    नेपाल एकात्मक शासन व्यवस्थाबाट संघीय शासन व्यवस्थामा प्रवेश गरेसँगै खिजीदेम्बा गाउँपालिकाले जनप्रतिनिधि पाएको ५ वर्ष अवधि पूरा हुँदैछ । यो अवधिमा विकास निर्माणलाई प्राथमिकता दिएर थुप्रै महत्वपूर्ण काम भएका छन् । दुर्गम ठाउँका रुपमा पहिचान बनेको यो क्षेत्र एकाएक सुगम भइरहेको छ । विकासका पूर्वाधारले गति लिइरहेको छ । सिंहदरबारको अधिकार गाउँमै आएपछि यहाँका जनताले ३ दिन लगाएर ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गराएको छ । यहाँ निर्वाचित जनप्रतिनिधिहरु एकजुट भएर स्थानीय आवश्यकतालाई प्राथमिकता दिएर विकासको अभियान तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।
    खिजीदेम्बा गाउँपालिकाको विकास र समृद्धिमा केन्द्रित रहेर निर्माण गरिएको डकुमेन्ट्री यहाँ प्रस्तुत गरिएको छ ।

ความคิดเห็น • 5

  • @rajkumarshrestha9865
    @rajkumarshrestha9865 8 หลายเดือนก่อน

    खिजिदेम्बाको समृद्धि भएकोमा हृदय देखि नै खुसी लाग्यो।

  • @ganeshsunuwar9688
    @ganeshsunuwar9688 ปีที่แล้ว +1

    Wow

  • @sherpagamingshorts7822
    @sherpagamingshorts7822 9 หลายเดือนก่อน

    ♥️missing khijidemba

  • @lukekokathaharu
    @lukekokathaharu 2 หลายเดือนก่อน

    Hamro okhaldhunga

  • @rajubasnet-cm7fd
    @rajubasnet-cm7fd 4 หลายเดือนก่อน

    Kehi ni kam navaya ko woda chahi 7 bichara 😢😂