Mr.bootman - by poet Purna Biram' s poem turned into a song - पूर्ण विरामको कविता मिस्टर बुटम्यान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024
  • गीत बनेको पूर्ण विरामको कविता - मिस्टर बुटम्यान
    Poet Purna Biram' s poetry Mr. bootman turned into a song
    मिस्टर बुट्म्यान
    लासको निर्देश बमोजिम
    हामीमाथि छर्रा प्रयोग गर्ने हो वा
    देशलाई अति सुन्दर बनाउनका निम्ति
    लासको निर्देशलाई अटेर गरेर
    देशलाई सुन्दर बनाउने अभियानमा जुट्ने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले सोच्ने कुरा हो
    शिशिरलाई म्वाइँ खाएर
    राष्ट्रमा शिशिर नै ओछ्याउने हो वा
    हामीले छरेको वसन्तको बिजलाई बिरुवा बनाएर
    बोट बनाउनका निम्ति महान् सहयोग गर्ने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    समानता सोच्ने छातीहरूमाथि आफ्ना बुट्हरू राखेर
    अत्याचारको सोपान चढ्ने हो वा
    समानता सोच्ने छातीहरूलाई सम्मान गरेर
    सम्मानले भरिएको जिन्दगी बिताउने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    न्यायका निम्ति समर गरिरहेका आँखाहरूमा
    घन बोकेर कीलाहरू ठोक्ने हो वा अन्याय गर्नेहरूका विरुध्दमा
    विद्रोह पस्केर भुसुना हुनबाट जोगिने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    आजीवन उन्यौलाई सुगन्धित प्रसून ठानेर
    आफ्नै नाकलाई छल गर्ने हो वा
    आफूलाई छल गर्न नहुने सत्यलाई तत्काल छाम्ने हो
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    रेबिज बोकेर बहिरहेको बतासलाई अभिवादन गर्ने हो वा
    सजग भएर असल वायुमापक यन्त्रतिर ध्यान दिने हो
    अनुपम आँधी बिस्तारै बहिरहेकोमा आपत्ति जाहेर गर्ने हो वा
    अनुपम आँधीलाई नै जदौ गर्ने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    देश कुच्याउनेकै साथ दिने हो वा
    कुच्चेको देश बनाउने कुशल ताम्राकारसँग हिमचिम बढाउने हो
    केही समयपछि नै फुट्ने अवधि लिएको
    भाँडो बनाउने सुन्दर कुमालेको साथ दिने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    मिस्टर बुट्म्यान तिमी जुन चौकोसभित्र छौ
    त्यो चौकोसलाई आगोले अवश्य खानेछ
    चौकोस भित्रका कीराहरूलाई पनि
    आगोले दाहसंस्कार गर्नेछ
    तिमी चौकोससँगै सती जाने हो वा
    चौकोस बाट तत्क्षण विद्रोह गरेर निस्किने हो
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    किर्नाका बस्तीहरूका पहरेदार हुन्छौ वा
    मानिसका सुन्दर बस्तीहरू निर्माण गर्न तर्फ लाग्छौ
    पशुको खोल ओढ्छौ वा मानिसको नै छाला बोक्छौ
    मिस्टर बुट्म्यान
    यो तिम्रो खोपडीले नै सोच्ने कुरा हो
    रचना स्थान -कालोपुल काठमाडौं तीस नेपाल तीन

ความคิดเห็น •