जुम्लाको चुनावी अंकगणित : विगतकै निरन्तरता कि क्रमभंगता ? election ।। karnali ।। Jumla

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • २०४८ सालयता ६ पटक निर्वाचन भइसकेको छ । यो तीन दशकमा भएका हरेक निर्वाचनमा जुम्लाले भने नयाँ उम्मेदवार रोज्दै आएको छ । २०४८ को संसदीय निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भएका थिए । त्यसपछि २०५१ मा मध्यावधि निर्वाचन हुँदा नेपाली कांग्रेसका भक्तबहादुर रोकाय विजयी भए ।
    त्यसको पाँच वर्षपछि पुनः जुम्लाले नयाँ प्रतिनिधि चुन्यो । २०५६ मा भएको निर्वाचनमा नेकपा (एमाले) का देवीलाल थापाले बाजी मारे । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पनि विजयी हुने व्यक्ति र पार्टी फेरिए । यसपटक चुनाव जित्नेमा नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी थिए ।
    पहिलो संविधान सभाले नयाँ संविधान बनाउन नसकेपछि २०७० मा दोस्रो पटक भएको संविधान सभाको निर्वाचनमा पुनः नयाँ जनप्रतिनिधि छान्दै जुम्लाले नेपाली कांग्रेसका ललितजंग शाहीलाई जितायो । संविधान जारी भइसकेपछि २०७४ मा निर्वाचन हुँदा माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लवासीको मत जिते र प्रतिनिधि सभा सदस्य चुनिए । यसरी हरेक निर्वाचनमा जुम्लाले नयाँ-नयाँ उम्मेदवार रोज्ने गरेको छ । आगामी मंसिरमा पुनः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । यसपटक जुम्लाले कसलाई जिताउँछ भन्ने चासो सर्वत्र छ ।
    २०७४ मा निर्वाचित हुँदा गजेन्द्रबहादुर महतले २२ हजार एक सय ७३ मत पाएका थिए । नेकपा (एमाले) सहितको गठबन्धनबाट उम्मेदवार बनेका महतले चुनाव जित्दा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार एक सय ४९ मत पाए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार सात सय १८ मत पाएका थिए ।
    २०७४ मै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जिल्लाको पहिलो दल बनेको थियो । उसले जुम्लाका आठ वटा पालिकामध्ये चार वटा पालिकाको प्रमुख जितेको थियो । तर सोही वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी र एमालेले तालमेल गर्दा कांग्रेस दोस्रो स्थानमा खुम्चिन पुग्यो, एमालेको साथ पाएका महतले बाजी मारे ।
    तीन दशकयता प्रत्येक चुनावमा नयाँ व्यक्ति जिताउँदै आएको जुम्लाले यसपटक पनि विगतकै नतिजा दोहो¥याउला या त्यसमा क्रमभङ्ग होला ? जुम्लामा अहिले यसको वरिपरी चुनावी चर्चा हुने गरेका छन् ।
    गत वैशाखमा भएको स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने जिल्लामा सत्तारुढ गठबन्धन बलियो अवस्थामा छ । पालिका प्रमुखहरूले पाएको मतअनुसार गठबन्धनको मत करिब ३६ हजार छ भने एमालेको मत करिब नौ हजार रहेको छ । एमालेसँग निकै ठूलो मतअन्तर रहेकाले पनि जुम्लाबाट प्रतिनिधि सभातर्फ गठबन्धनको पल्लाभारी देखिन्छ । तर आगामी निर्वाचनका लागि गठबन्धनभित्रका दुई घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डामा भने माथापच्चि पर्नेछ । अघिल्लो पटक माओवादी केन्द्रले जितेका कारण यसपटक पनि एउटा मात्रै निर्वाचन क्षेत्र भएको जुम्लामा माओवादीको स्वभाविक दाबी रहेको छ । तर कांग्रेसले पनि प्रतिनिधि सभामा आफ्नो बलियो दाबी प्रस्तुत गरेको छ ।
    कांग्रेसको दाबीलाई गत वैशाखको स्थानीय निर्वाचनको परिणामले पनि थप बल पु¥याएको छ । उक्त चुनावमा जिल्लाका आठमध्ये पाँच पालिका कांग्रेसले जितेको छ । माओवादीले दुई वटा पालिका जितेको छ भने एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसकारण पनि कांग्रेस कुनै हालतमा प्रतिनिधि सभा सदस्यको टिकट माओवादीलाई बुझाउने पक्षमा छैन ।
    पछिल्लो तीन दशकमा भएका प्रत्येक चुनावमा नयाँ उम्मेदवार रोज्ने जुम्लाले आगामी मंसिरको निर्वाचनबाट कस्तो नतिजा दिनेछ, त्यो भने रोचक प्रतिक्षा हुनेछ ।
    प्रतिनिधि सभा सदस्यका लागि माओवादीले नरेश भण्डारी, कलबहादुर रोकाया, गोमा गौतम र मनऋषि धिताललाई सिफारिस गरेको छ । चारजनामध्ये भण्डारी नै मुख्य दाबेदार हुन् । अघिल्लो पटक प्रदेश सभामा चुनाव लडेका उनी कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा योजनामन्त्री समेत हुन् ।
    नेपाली कांग्रेसले देवेन्द्रबहादुर शाही, कान्तिका सेजुवाल र कर्णबहादुर शाहीको नाम सिफारिस गरेको छ, जसमध्ये सेजुवाल भने समानुपातिकको बन्दसूचिमा परेकी छिन् । एमालेले रतननाथ योगीलाई प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले तीर्थ बुढा र आदीप्रसाद न्यौपानेलाई सिफारिस गरेको छ ।
    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही पनि जुम्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । अन्य दल उम्मेदवार सिफारिसमै व्यस्त भइरहँदा भोट माग्दै गाउँ छिरिसकेका शाहीले पनि यसपटक प्रमुख दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने देखिन्छ । उनलाई पार्टीले एकल सिफारिस गरिसकेको छ । यसकारण जिल्लामा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने चर्चा समेत छ ।
    साझा बिसौनी पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित
    ठेगाना : वीरेन्द्रनगर-६, सुर्खेत । कर्णाली प्रदेश । नेपाल
    फोन : ०८३-५२०९८८
    ईमेल : sajha.bisaunee@gmail.com
    वेबसाइट : sajhabisaunee....
    फेसबुक : / sajhabisaunee
    ट्वीटर : twitter.com@sajhabisaunee
    #election #karnali #jumla

ความคิดเห็น • 2

  • @jibansunar4713
    @jibansunar4713 ปีที่แล้ว +1

    ज्ञानेन्द्र बधाई छ शुभकामना छ

  • @taraprasadpaudyal5906
    @taraprasadpaudyal5906 ปีที่แล้ว +1

    सुर्खेत को बारेमा पनि भन्नू पर्यो।