33 Episod Radio Program hatemalo of Radio Karnali aawaj
ฝัง
- เผยแพร่เมื่อ 23 ม.ค. 2025
- कार्यक्रम हातेमलोको ३३ औं अंकमा हामीले कृषि गणना २०७८ अनुसार १० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य क्षेत्रफल घटेको छ । नेपालमा जम्मा ४१,३०३०,७८९ कृषक परिवारले २२ अर्ब २२ करोड १८ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरिहरहनु भएको छ । तर पछिल्लो दश वर्षमा ३ लाख ७ हजार २२९ हेक्टरका दरले खेती गर्ने जमिन घट्दै गएको छ । कृषि क्षेत्रमा काम गर्ने परिवारको संख्या नेपालमा ६२ प्रतिशत छ । आप्mनो आम्दानीले वर्षभरी खान पुग्ने कृषकको संख्या ४५ प्रतिशत मात्र छ । हुम्ला जिल्लाको शन्दर्भमो यो तत्थ्यांक अँझ कम छ । वर्षको एक बाली मात्र फल्ने जिल्लाको माथिल्लो क्षेत्रमा खाद्यन्नको संकट अmँ बढि छ । कृषि र घरको काममा धेरै बोझ महिलाहरुलाई हुने गरेको छ । घरको स्रोतमा पहुँच नहुने तर काममा झण्डै ७० प्रतिशत कामको बोझ लिने महिलाहरु कृषि कर्मको पनि विकल्प खोज्न थालेका छन् । आजको कार्यक्रम हातेमालोमा हामी लामो समयदेखि निर्वाहमूखि कृषिको विकल्पका रुपमा तरकारी खेती अुसरण गर्न थालेका हुम्लाका महिलाहरु सम्बन्धि रेडियो रिर्पोट र
समग्र जिल्लाको कृषिको उत्पादन, तरकारी खेतीतर्फ किसानको आकर्षण र यसको भविष्यका बारेमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बखतबहादुर शाहीसँग गरिएको कुराकानी लगायतका सामाग्री प्रस्तुत गरेका छौं ।
..........