Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 2'

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • In this edition of Paleti, an enthusiastic scholar of literature - Bhushita Vasistha has presented a collection of Chhandas.
    Chhandas from Aadikavi Bhanubhakta, Kavishiromani Lekhnath Poudel, Mahakavi Laxmi Prashad Devkota, Rashtrakavi Madhav Prashad Ghimire and other poets were recited in an event where Aavas, a scholar of music, coordinated and directed the music.
    1. Dagbatti (01:00)
    Panchachaamar Chhanda
    Written by Bhimnidhi Tiwari
    Recited by Bhushita Vasistha
    Music Directed by Aavaas
    2. Kamyo Lug Lug Tyo (11:30)
    Shardulvikridit Chhanda
    Written by Bhimnidhi Tiwari
    Recited by Bhushita Vasistha
    Music Directed by Aavaas
    3. Pravasi Putra Ko Marmik Chitthi (21:53)
    Shardulvikridit Chhanda
    Written by Lekhnath Paudyal
    Recited by Bhushita Vasistha
    Music Directed by Aavaas
    4. Menka Gaman (31:13)
    Shakuntal Mahakavya
    Totak Chhanda
    Written by Laxmi Prasad Devkota
    Recited by Bhushita Vasistha
    Music Directed by Aavaas
    ------------------------------------------
    १. दागबत्ती (01:00)
    म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,
    कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ,
    मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने
    अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ
    यता लगे, उता लगे, कता कता कता लगे,
    जता तता छ अन्धकार, अन्धकारमा लगे,
    रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे
    खुरुक्क आर्यघाटको महामसानमा लगे !
    चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो,
    उ माथि एक लम्ब लाश लम्पसारमा थियो,
    नसाहरु लुला भए, समस्त चेतना सुते,
    सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे
    पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ,
    पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ,
    उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ?
    म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ !
    सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ
    न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो त्यहाँ
    बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा
    त्यही लिएर घाटमा चिता वरीपरी घुमें
    बतास सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें,
    त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्,
    मसान-घाटमा यताउती जती जना थिए
    कुनै त सुँक्क गर्दथ्य, कुनै त घुँक्क गर्दथ्य,
    प्रवाह रक्तको उही र मांस, धर्म जो उही
    आवाज, रुप यी उही र भावना सबै उही
    म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए
    तथापि दागदीप त्यो स्वयं दिनै पर्यो दिएँ
    २. काम्यो लुगलुग त्याे (11:30)
    मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,
    छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
    जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
    काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को
    टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
    भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
    धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
    काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को
    आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
    खुट्टाका औंलाहरु, नङहरु नीला भएका सबै,
    पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
    काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को
    कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
    कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
    काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
    काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को
    ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
    आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्;
    निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
    काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को
    ३. प्रवासी पुत्रको मार्मिक चिठी (21:53)
    थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
    सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैं गरी ।
    हुच्चीमा अरुको फँसी बहकिँदै आए ज्यादा पर
    भोग्दैछू परदेशमा म जननी ! तड्पेर लाखौं पिर ।
    हुर्दुङ्ग्पनमा परेर अघि नै खल्ती सबै रित्तियो
    आँशूका भरमा कठै !! जठरको ज्वाला ननिभ्ने भयो ।
    थाकें योग्य अनेक कामहरुको खोजी तलासी गरी
    लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरि ।
    यै कुल्लीगिरिमा पनी हरघडी बाधा अनेकौं थरी
    मैजजस्ता हतभाग्य अन्धहरूका धक्का र धुक्की परी ।
    यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
    तिम्रै पाद-सरोजका‚ स्मरणले थामीरहेछू मन ।
    कुल्ली-काम गरी अटूट पसिना मैले बगाएँ जति
    दन्केको जठराग्निमा बनि-शके सम्पूर्ण ती आहुति ।
    आँशूमा पनि खास आहुति हुने त्यस्तै भए तागत
    फर्कन्थें उहिल्यै म रेलपथको गर्दै ठुलो ‚स्वागत ।
    सुन्दैछू समचार यो म जननी ! ‘सर्वत्र नेपालमा
    माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा’ ।
    पाए खर्च तुरून्त राजपथमा आएर जुट्ने थिएँ
    सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थिएँ ।
    ४. मेनका गमन (31:13)
    ----------------------------
    Musicians
    Percussion - Sundar Kumar Maharjan
    Bansuri - Balaram Samal
    Guitar - Suraj Pradhan
    Keyboard - Dinesh Regmi
    Camera
    Satya Shrestha
    Rajendra Shrestha
    Kabindra Manadhar
    Video Editing
    Padam Bajracharya
    Live Recording and Lighting
    Sudeep Bista
    Audio Mixing and Mastering
    Niraj Gurung
    Co-ordinator
    Aavaas
    Ticketing Partner
    thuprai.com
    © nepa~laya, 2019
    -------------------------------------------------
    Follow Paleti Nepalaya:
    Facebook: / paletiofficial
    Twitter: / paletiofficial
    Instagram: / paletiofficial
    Website: paleti.com.np/
    Subscribe to our channel for new episodes - www.youtube.co...
    #Paleti

ความคิดเห็น • 59

  • @keshavpant8971
    @keshavpant8971 4 ปีที่แล้ว +6

    आनंद परमानन्द साचै साक्षात परमात्मा लाई अमुख पाऊदा यति आनन्द न होला .......हो साचै भन्नु पर्दा सबै तीर बाट थकित आलहीत मन मस्तिष्क र शरीर जब आमाको निर्मल आँचल पाऊछ तब न्यानो कोखमा निदाउछ रअति बेला आमाले टाउको सुमसुमा छीन त्यति बेला को आनन्द साचै परमानन्द हुन्छ पकै पनि .....अ आज त्यही आनंद आज दीदी को कबिता रसमधुरी मा पाऊदा पलटी को सब्सक्राइब गरेको सार्थक भयो ...
    धन्यबाद पलटी लाई

  • @Nandnand51
    @Nandnand51 2 ปีที่แล้ว +2

    अति नै मनमा छुने कविता। यो काम्यो लुग लुग।

  • @sustainablefarming7132
    @sustainablefarming7132 3 ปีที่แล้ว +5

    Watched more than 200 times
    1st two poems
    Favourite ❤

  • @bishnupaneru8927
    @bishnupaneru8927 3 ปีที่แล้ว +9

    Thank you Avas ji and Paleti Team for bringing such a powerful reciter and speaker.

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 3 ปีที่แล้ว +9

    Your art is incredible! It seems continuing from your privious life (purva-janma), I am personaly very grateful getting you in our literature field.

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 3 ปีที่แล้ว +2

    Respected Poet BN Tiwari’s song made even more “marmasparsi” with your powerful voice. 🙏

  • @meerawagle2464
    @meerawagle2464 3 ปีที่แล้ว +2

    I am also student of English literature I love the way you compare our Nepali poet with English poet 🥰

  • @ratangurung5312
    @ratangurung5312 3 ปีที่แล้ว +2

    Wow!!! I am pleased with your art. Feel happy and invigorated. Carry on your endeavours, may your success touch the Zenith.

  • @milantuladhar
    @milantuladhar 4 ปีที่แล้ว +6

    Really appreciate your recitation of classical Nepali poems using chhanda in perfect parlance! Looking forward to more of chhanda. Kudos!

  • @KrishnaBhusal-x3b
    @KrishnaBhusal-x3b 6 หลายเดือนก่อน

    अतिनै मनछुनने बाचन.. .......❤

  • @rajajita8306
    @rajajita8306 4 ปีที่แล้ว +3

    thanks a lot paleti for such a ventures to connect us with such a talent.What to say about her ; sorrows. hopeless stress anxiety frustration goody goody maternal life's hustle and bustle all vanishes after listening her.Hats off to you.

  • @shashikhanal9346
    @shashikhanal9346 3 ปีที่แล้ว +3

    This is called Bold and beauty (for me)

  • @raimr353
    @raimr353 4 ปีที่แล้ว +3

    सुन्दर ! अहिलेको पुस्तामा म त छन्द कविता लोप भैसको जस्तो लाथ्यो अझै नयाँ पुस्ता पनि रहेछन । धेरै शुभकामना अनि शुभेक्षा छ ।

  • @nutangyawali394
    @nutangyawali394 ปีที่แล้ว +1

    all time favourite ❤️❤️

  • @PratikshyaKharal
    @PratikshyaKharal ปีที่แล้ว +1

    दिव्य❤🙏

  • @Travel_Lover3
    @Travel_Lover3 2 ปีที่แล้ว +1

    Just amazing. A big salute miss Bhusita.

  • @janardandhungana9806
    @janardandhungana9806 ปีที่แล้ว

    सुनमा सुगन्ध पाउनुु रसको उद्दिपन बिभाब हो। त्यस्तै अझ गजब यो छ--

    • @janardandhungana9806
      @janardandhungana9806 ปีที่แล้ว

      झझल झल झझल झल छ
      झल्किरहेको ।
      मरुल्लोल कल्लोल कल्कल
      ककल कल ।
      जहाँ जून टल्पल छ चलमल
      चलेर ।।
      ककल कल नयाँ कल्पना कल्कलाई।।
      ककल कल

    • @janardandhungana9806
      @janardandhungana9806 ปีที่แล้ว

      के भन्ने ? कसरी समीक्षा गर्ने ?

  • @jeybohora432
    @jeybohora432 4 ปีที่แล้ว +5

    Where is pleti studio ?
    Tons of love ❤️

  • @ramsubba2987
    @ramsubba2987 2 ปีที่แล้ว

    प्रविधि अनुसार नयाँ आयाम आयो कविता पनि गित जस्तो गाउन थालियो अति राम्रो लाग्यो।

  • @sachishah3484
    @sachishah3484 4 ปีที่แล้ว +3

    Heart touching 😭😭

  • @nepalkeshar1830
    @nepalkeshar1830 2 ปีที่แล้ว

    Eakdam raamro laagyo
    Sunda kati ananda lagni

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 4 ปีที่แล้ว

    Sarai mitho kabita bhimnidhi sir ko mitho bachika harek kala ki bharipurn bhusita ji lai dhanyabad,

  • @taranathnepal4428
    @taranathnepal4428 4 ปีที่แล้ว +1

    Sanskrit napadhi pani yo pratibhalai naman garxu, good job

  • @buoyup-series
    @buoyup-series 4 ปีที่แล้ว

    Kati Mahan xa hamro Nepali sahitya....

  • @prakashsitaula444
    @prakashsitaula444 2 ปีที่แล้ว

    मिठाे प्रस्तुति ।साह्रै राम्रो ... । सफलता काे शुभकामना ।

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 4 ปีที่แล้ว +4

    How beautiful song, mind blowing !! Tapan

  • @udayasharma4509
    @udayasharma4509 3 ปีที่แล้ว

    “Kamyo lug lug”Yo kabita maile 10/11 barsa ko umer dekhi suni aaeko hun.Yo kabita padhda wa sunda ek prakar ko akriti dimag ma auchha jun akriti tyati belai baneko thiyo.ahile ma 53 barsa ko bhae.Busita’s recitation is brilliant

  • @krishnabause850
    @krishnabause850 3 ปีที่แล้ว +1

    प्रस्तुति उच्चबौद्धिक त छँदैछ साथै अत्यन्तै मीठासपूर्ण पनि। तैपनि भूषिताजीलाई एउटा सानो सुझाव - कृपयाः भूमिका बाँध्दा एकपल्ट शुद्ध नेपाली र एकपल्ट अंग्रेजी मात्र प्रयोग गर्ने अभ्यास गर्नुहोला । यसो गर्नाले तपाईं अझ धेरै श्रोताको मन जित्न सफल हुनुहुनेछ । तपाईंको प्रतीभा अद्भुत छ। हार्दिक शुभकामना !

  • @yubarajkoirala6011
    @yubarajkoirala6011 3 ปีที่แล้ว

    Chandabaddha kabitalai pani geet ko vakama ati nai sunndar gayan…! Man xuyo; thanks very much Bunu lai

  • @haribolbadal9517
    @haribolbadal9517 4 ปีที่แล้ว

    अत्यन्त सराहनीय बिचार धन्यवाद।

  • @sandipnayong7607
    @sandipnayong7607 4 ปีที่แล้ว +9

    एउटै मान्छेमा कति प्रतिभा हुन सकेको भुषिता ?

  • @samthapa5585
    @samthapa5585 4 ปีที่แล้ว

    Incredible! Love it!!

  • @अनिसकोइराला
    @अनिसकोइराला 3 ปีที่แล้ว

    काडा उम्रीयो ल शरीरमा
    कडा हैट्😍

  • @saadhyahealth28
    @saadhyahealth28 4 ปีที่แล้ว

    bhusita d.lots of love!!!

  • @romkumar6832
    @romkumar6832 4 ปีที่แล้ว +1

    Salam all tem कतारमा

  • @ashakhanal6286
    @ashakhanal6286 3 ปีที่แล้ว

    so soothing voice!

  • @gurkhaman4192
    @gurkhaman4192 4 ปีที่แล้ว +1

    राम्रो कार्य नेपाली छन्द बद्द कबिता र नेपाली साहित्य लाई फलाउ फुलाउन ठुलो कार्य भइरहेको छ । एउटा कुरा नि नेपाली कबि हरुको काल ईस्वी सम्बतमा नभनी नेपाली सम्बतमै भन्ने गरे बढी राम्रो हुनेथियो। नेपाली साहित्य को अध्ययन गर्ने ले नेपाली सम्बत बाटै अघ्ययन गर्छन । बिध्यालयमा पनि प्रा बि स्तर बाटै छन्द बद्द राखिनु पर्छ।

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 ปีที่แล้ว

    ॐ नारायण

  • @sunilprasad9889
    @sunilprasad9889 3 ปีที่แล้ว

    मन्त्र मुघ्द स्वर दिदी हजुरकाे

  • @binodbhattarai6172
    @binodbhattarai6172 3 ปีที่แล้ว

    wow! great

  • @Lobsamali
    @Lobsamali 3 ปีที่แล้ว

    💞💞💞💞💞

  • @santoshkafle8997
    @santoshkafle8997 3 ปีที่แล้ว

    Awesome Wisdom hatsoff

  • @tulsipandey3551
    @tulsipandey3551 2 ปีที่แล้ว

    Vary nice

  • @PratimaKitchen
    @PratimaKitchen 3 ปีที่แล้ว

    Wow great

  • @sagardahal7199
    @sagardahal7199 3 ปีที่แล้ว

    Very impressive.

  • @kamalgaire6356
    @kamalgaire6356 3 ปีที่แล้ว

    Great

  • @ganeshrijal9801
    @ganeshrijal9801 3 ปีที่แล้ว +1

    लिरिक्स पनि सङगै स्क्रिन मा देख्न पाये सुनमा सुगन्ध हुने थ्यो।

  • @kamalpaudel2524
    @kamalpaudel2524 3 ปีที่แล้ว

    sweet

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 ปีที่แล้ว +1

    31:00 मेनका गमन

  • @shusmasharma5870
    @shusmasharma5870 3 ปีที่แล้ว

    Therapeutic sound for Humanity

  • @khanalkhanal1593
    @khanalkhanal1593 2 ปีที่แล้ว

    🇳🇵🇳🇵

  • @anikasapkota
    @anikasapkota 4 ปีที่แล้ว

    di kabita lekhninus na comment ma please

  • @anikasapkota
    @anikasapkota 4 ปีที่แล้ว

    loves di

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 ปีที่แล้ว +2

    भूषिता जी हरेक कुरा गर्दा ठिक लाग्छ तर भाषाप्रति कमजोरी नसुधार्नु राम्रो लाग्दैन ।

    • @gurkhaman4192
      @gurkhaman4192 4 ปีที่แล้ว +1

      Kanchhi Tamang जी त्यही त नेपाली कबि र साहित्यकार का बारेमा बोल्दा किन हिचकिचाना अंग्रेज़ी मा ब्याख्याै गर्ने क्या जबकि सबै स्रोता त नेपाली नै हुने ।

    • @buoyup-series
      @buoyup-series 4 ปีที่แล้ว +3

      Literature is always above language.

  • @SagarSingh-dd2ti
    @SagarSingh-dd2ti 4 ปีที่แล้ว

    Nepal ki choori tapni mali garv Cha gadiganus git hrai huc h