कैँजले उच्च माध्यमिक विद्यालयका सन् 1996 सालको भुतपूर्व विद्यार्थीहरूद्वारा शिक्षक दिवस पालन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • कैजले उच्च माध्यमिक विद्यालय बर्ष १९९६ सैछिक सत्रका भुतपूर्व विद्यार्थी वर्गद्वारा शिक्षक दिवस भव्यताका साथ सम्पन्न।
    कैजले उच्च माध्यमिक विद्यालयका वर्ष १९९६ सत्रका भुतपूर्व विद्यार्थी बर्गद्वार भव्यताका साथमा डाक्टर सर्वपल्ली रधाकृष्णनंको १६३ औं जन्म जयन्ती अर्थात् शिक्षक दिवस भव्यताका साथमा पालन गर्यो। भुतपूर्व विद्यार्थी अशोक निरौलाको सभापतित्वमा सुरु भएको कार्यक्रममा भुतपूर्व प्रधान अध्यापक ज्ञानचन्द्र लामा मुख्य अतिथि रूपमा उपस्थिति थिए। यसरीनै विद्यालयका प्रधानाध्यापक डेबिट राई लगायत सम्पूर्ण शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो। वर्तमान समयमा गुरुको महत्व निकै कम भइरहेको अवस्थामा २८ वर्ष वसन्त पार गरेर पनि गुरुको महत्व बोध गर्दै उनीहरूले गुरु दक्षिणा स्वरूप सम्मान गर्नहेतु आजको युगमा पनि असल एकलव्यको उदहारण प्रस्तुत गर्दै उक्त कार्यक्रम गरेका हुन। विविध कार्यक्रम साथै सम्पूर्ण शिक्षक बर्गलाई सम्मान गर्दै भुतपूर्व प्रधान अध्यापक ज्ञानचन्द्र लामालाई सम्बर्द्धन गरियो भने कार्यक्रममा वर्तमान अनि भुतपूर्व विद्यार्थी वर्गबाट नृत्य लगायत गीत प्रस्तुत गरिएको थियो। गुरु शिक्षक बीचको सम्बन्ध अझै प्रगाड होस भन्ने उदहारण स्वरूप उक्त कार्यक्रम गरेका भुतपूर्व विद्यार्थी वर्गबाट बताउँछन्।

ความคิดเห็น •