चौबिसे गाँउपालिकाको दोस्रो कार्यकालको पहिलो वर्ष २०८०।०८१ । village life nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • #chaubise
    नेपालको महाभारत पर्वत श्रृंखलामा अवस्थित सुन्दर पहाडी क्षेत्र हो, चौबिसे गाँउपालिका । कोशी प्रदेशको धनकुटा जिल्लाको दक्षिण पुर्बि क्षेत्रमा अबस्थीत यो पालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र राजारानी बजारलाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार साबिकका गाबिस रहेका छन् । कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १÷१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ । समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेको यस पालिकाकाको कुल क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ । लिम्बु, मगर, राई, नेवार, क्षेत्री, ब्राम्हण तथा दलित जातीको मिश्रित बसोबास रहेको यो पालिकाको कुल जनसंख्या १७,६७७ रहेको छ ।
    केहि बर्ष अघि सम्म दुर्गम क्षेत्रको रुपमा रहेको यो पालिका अहिले भने सुगममा गनिन थालेको छ । भेडेटार राजारानी रबिराँके सडकले यो पालिकाको सिरैसिर हुदै कोशी राजमार्ग संग जोड्ने काम गर्दछ । त्यस्तै तमोर करीडोरले तिरमा रहेका क्षेत्रलाई सहज बनाएको छ । यो पालिकाको पूर्वमा पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिका, पश्चिममा साँगुरीगढी गाउँपालिका र उत्तरमा धनकुटाको छथरजोरपाटी र तेह्थुमको छथर तथा दक्षिणमा मोरङको केरावारी गाउँपालिका रहेका छन् ।
    यहाँ हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन लगायत धर्म मान्ने समुदायको बसोवास छ । यहाँका वासिन्दा धर्मका आधारमा परम्परागत रहनसहन र चाडपर्वहरु मनाउने गर्छन् । पेशाको आधारमा यस नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या कृषिमा करिव ८० प्रतिशत निर्भर छन् । कृषि बाहेक उद्योग तथा व्यापार, नोकरी र बैदेशिक रोजगारमा निर्भर रहेका छन् ।
    २०७४ सालमा स्थानीय तह गठन भए पछि पहिलो कार्यकालका जनप्रनिनिधिले आफ्नो पाँच बर्षे कार्यकाल पुरा गरी पालिकाले दोस्रो कार्यकालका जनप्रतिनिधि पाइसकेको छ । २०७९ सालको स्थानिय तह निर्वाचन पछि अहिले यो पालिकामा गाँउपालिका प्रमुखको रुपमा राजकुमार चेम्जोङ्ग र उपप्रमुखको रुपमा टंकमाया पाङ्मी मगर हुनुहुन्छ । उहाँहरु लगायतको टिमलाई जनताका बढ्दो आशा-अपेक्षा र स्थानीय तहमा उपलब्ध सीमित स्रोतसाधनको तादात्म्यता मिलाउँदै नयाँ व्यवस्था र नयाँ संरचनाबीच काम गर्न चुनौती र अबसर दुबै बराबर छन् । २०७९ साल बैसाख भएको सपथ ग्रहणसँगै निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे यात्रा सुरु भएको छ । यो वृतचित्रमा हामी दोस्रो कार्यकालका जनप्रतिनिधि आएपछि पहिलो बर्षमा उहाँहरुको दृष्टीकोण अनुरुप सुरु गरेका कार्यहरुको बारेमा देखाउने प्रयास गर्ने छौ ।

ความคิดเห็น • 1

  • @DeoukumarMagar
    @DeoukumarMagar 2 หลายเดือนก่อน

    wow Nmasta bheni🙆🙏🙏🙏💔💔💔💔💔💔💔💔