Prakash Shrestha - Aandhi Aaye Jastai Unko (Full lyrics in description)
ฝัง
- เผยแพร่เมื่อ 28 ม.ค. 2025
- रचनाः राम मान श्रेष्ठ तृषित
संगीतः नाति काजी
स्वरः प्रकाश श्रेष्ठ
आँधी आए जस्तै उनको
याद आउंछ फेरी जान्छ
बत्तीहरु निभ्दै जान्छ
फूलहरु झरी जान्छ
आँधी आए जस्तै उनको
याद आउंछ फेरी जान्छ
बत्तीहरु निभ्दै जान्छ
फूलहरु झरी जान्छ
आँधी आए जस्तै उनको
न त निश्चित दिशा नै छ
न त निश्चित समय नै छ
न त यसको आगमनमा
ठूलो ठूलो प्रलय नै छ
खाली मनको अाँगनमा
धुलै धुलो पारी जान्छ
आँधी आए जस्तै उनको
याद आउंछ फेरी जान्छ
बत्तीहरु निभ्दै जान्छ
फूलहरु झरी जान्छ
आँधी आए जस्तै उनको
सुखै सुखको वीचमा पनि
एक्लै मलाई हाँस्न दिन्न
आफ्नै मुटु ढुकढुकीलाई
छाती भित्र टाँस्न दिन्न
विवशताको भूमरीमा
एक्लै एक्लै पारी जान्छ
आँधी आए जस्तै उनको
याद आउंछ फेरी जान्छ
बत्तीहरु निभ्दै जान्छ
फूलहरु झरी जान्छ
आँधी आए जस्तै उनको
याद आउंछ फेरी जान्छ
बत्तीहरु निभ्दै जान्छ
फूलहरु झरी जान्छ
आँधी आए जस्तै उनको