देशलाई निकास दिन एमाले-कंग्रेसको गठबन्धनस एमाले उप-महासचिव प्रदिप ज्ञवाली (Pradip Gyawali)
ฝัง
- เผยแพร่เมื่อ 23 ม.ค. 2025
- नेकपा (एमाले)का उप-महासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो ।
नेकपा (एमाले) हुम्लाको दुई प्रशिक्षणका लागि हिमाली जिल्ला हुम्ला पुग्नु भएका उप-महासचिव ज्ञावलीलिे यस्तो बताउनु भएको हो ।
‘देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्छ’, महासभिव ज्ञावलीलिे भन्नुभयो, ‘एमाले अध्यक्ष नेतृत्वको यो सरकार अस्थिरताबाट गुज्रेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका निम्ती सरकार बनेको होइन्, सिंहदरवारमा प्रधानमन्त्रीको फोटो थप्नका लागि होइन् । देश संकटमा परेपछि अब दुई वटा पार्टीले मिलेर निकास दिनुपर्छ भनेर सरकार गठन भएको हो ।’
कांग्रेस र एमाले सैद्धान्तिक रुपमा फरक बिचार भएका पार्टीहरु मात्र हाइनन् देशका मूख्य प्रतिस्पर्धी शक्ति भएको उल्लेख गर्नु भएका उप-महासचिव ज्ञावलीले थप्नुभयो, ‘२०४८ सालदेखि सातवटा चुनाव हुदा एक पटक मात्रै माओवादी ठूलो पार्टी भएको छ । अरु बेला कि एमाले पहिलो, कि कांग्रेस पहिलो भएको हुनाले देशको मुख्य शक्तिका रुपमा स्थापित पार्टीहरु हुन् । २०४७ सालदेखि यता विभिन्न संविधान संशोधन र त्यसयताका चुनावहरु मिलेर गराउनुका साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि एमाले र कांग्रेस नमिलेको भए संभव थिएन ।’