Nepali Christian Movie | मुक्ति | Can Believers Who Are Forgiven of Sin Enter the Heavenly Kingdom?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • Nepali Christian Movie | मुक्ति | Can Believers Who Are Forgiven of Sin Enter the Heavenly Kingdom?
    मुक्ति भनेको के हो? प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरूले के सोच्छन् भने, तिनीहरूले इमानदारिताको साथ प्रार्थना गरे, पाप स्वीकार गरे, र पश्‍चात्ताप गरे भने, तिनीहरूको पाप क्षमा हुनेछ, र तिनीहरूलाई मुक्ति दिइनेछ, र जब प्रभु आउनुहुन्छ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा उठाइनेछ। तर के मुक्ति साँच्‍चै त्यति सरल छ?
    चलचित्रका नायक सु झिकियान ले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तिनले परमेश्‍वरको लागि उत्साहको साथ मेहनत गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्न सबै कुरा त्यागेका हुन्छन्। यसले गर्दा, तिनलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना दिन्छ। तिनी जेलबाट छुटेपछि, तिनले आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यलाई जारी राख्छन्, केही व्यावहारिक अनुभव प्राप्त गर्छन्, अनि तिनका प्रवचन र कामले तिनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका केही व्यावहारिक समस्याहरू समाधान गर्छन्। पछि, तिनकी श्रीमती पनि पक्राउ पर्छिन्, तर तिनले गुनासो गर्दैनन्, नकारात्मक हुँदैनन्, वा तिनको विश्‍वास तोडिँदैन…। यो सब कुराले गर्दा तिनले तिनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट तारिफ र प्रशंसा प्राप्त गर्छन्। सु झिकियानले के विश्‍वास गर्छन् भने, तिनीसँग सत्यताको वास्तविकता छ, र स्वर्गको राज्यमा प्रवेश गर्न तिनलाई कुनै समस्या छैन। तर चाँडै नै, अनपेक्षित परीक्षा तिनको जीवनमा आउँछ-चिनियाँ कम्युनिस्ट पार्टीको पुलिसको यातनामा परेर तिनकी श्रीमतीको मृत्यु हुन्छ। सु झिकियान व्याकुल हुन्छन्, तिनमा धारणा, गलफहमी पैदा हुन्छ, र तिनले परमेश्‍वरको बारेमा गुनासो गर्छन्, साथै तिनमा परमेश्‍वरको विरुद्धमा विद्रोह र धोकाका विचारहरू आउँछन्…। पछि, जब तिनले आफूले परमेश्‍वरलाई धोका दिइरहेको छु भन्‍ने महसुस गर्छन्, तब तिनले मनन गर्न सुरु गर्छन्, र तिनी जस्ता परीक्षाहरूबाट गुज्रेर जाने त्यसपछि गुनासो गर्ने, परमेश्‍वरलाई गलत रूपमा बुझ्‍ने र परमेश्‍वरलाई धोका दिने मानिसहरूले साँच्‍चै मुक्ति पाउँछन् कि पाउँदैन भनेर प्रश्‍न गर्छन्। के तिनीहरू साँच्‍चै परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्?
    सिफारिश गरिएका:
    सुसमाचारीय चलचित्रहरू
    • सुसमाचार र गवाही चलचित...
    मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू
    • मण्डलीहरूमा हिँड्ने क्...
    परमेश्‍वरलाई चिन्‍ने मार्ग
    • “वचन, खण्ड २: परमेश्‍व...
    परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू
    • परमेश्‍वरका दैनिक वचनह...
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको TH-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

ความคิดเห็น • 26