SUDESH SATYAL|| कविता || सुदेश सत्यालका १३ कविताहरु ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
    कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए । -पहिलो समाचार #NS_Television #Sudesh_Satyal #Kawita_Bachan

ความคิดเห็น • 16

  • @ChandrawatiAdhikari-mg5ow
    @ChandrawatiAdhikari-mg5ow หลายเดือนก่อน

    अद्वितीय कविहजार सलाम 🙏🙏🙏

  • @tankabarakoti6164
    @tankabarakoti6164 8 หลายเดือนก่อน +1

    बधाई छ कवि प्रश्तोता सत्याल भाइ तथा गजलकारलाई

  • @balaramgauli3383
    @balaramgauli3383 4 หลายเดือนก่อน +1

    राम्रो कार्यक्रम

  • @user-rq9fp2id6w
    @user-rq9fp2id6w 4 หลายเดือนก่อน

    यि कबि पनि देशका गहना हुन सरकार ले यिनिहरूलाइ तलब काे बेबस्था गर्नु पर्छ

  • @balaramparajuli514
    @balaramparajuli514 10 หลายเดือนก่อน

    उत्कृष्ट

  • @dcrambishwasray8765
    @dcrambishwasray8765 8 หลายเดือนก่อน

    Radha radha 🙏🇳🇵

  • @pradiprodan
    @pradiprodan 4 ปีที่แล้ว +1

    महोदय😍😍

  • @milannepal3266
    @milannepal3266 ปีที่แล้ว

    अहा कवि महोदय ।

  • @sunitaacharya4991
    @sunitaacharya4991 4 ปีที่แล้ว +1

    वाह क्या शब्द♥️♥️♥️♥️

  • @Ree-zon
    @Ree-zon 2 ปีที่แล้ว +1

    😍😍

  • @HuwaiMobile-qz3ng
    @HuwaiMobile-qz3ng 4 ปีที่แล้ว

    अति मिठो शब्दमा

  • @ajitaojha5312
    @ajitaojha5312 4 ปีที่แล้ว +1

    wow!!

  • @milannepal3266
    @milannepal3266 ปีที่แล้ว

    नमन हजुर।

  • @prajulff8430
    @prajulff8430 3 ปีที่แล้ว +1

    9:00

  • @brajkishorprasadgupta4058
    @brajkishorprasadgupta4058 4 ปีที่แล้ว

    very nice