Nepali Christian Movie Trailer | पासो तोडाइ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • Nepali Christian Movie Trailer | पासो तोडाइ
    २,००० वर्ष पहिले, जब प्रभु येशूले छुटकाराको काम गर्नुभयो, उहाँले यहूदी धार्मिक समुदायबाट निकै उग्र निन्दा र दोषारोपण सहनुभयो। यहूदी अगुवाहरूले रोमी सरकारसँग साठगाँठ गरेर उहाँलाई क्रूसमा टाँगे। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर अर्थात् देहमा फर्कनुभएका प्रभु येशू न्यायको काम गर्न चीनमा आइपुग्‍नुभएको छ। फेरि पनि, उहाँले चिनियाँ कम्युनिस्ट सरकार र धार्मिक संसारको अनियन्त्रित दोषारोपण, दमन, र पक्राउको सामना गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दोषी ठहराउन र बदनाम गर्नको लागि फैलाइएका व्यापक झूटा हल्‍ला र भ्रमहरू कैयौं विश्‍वासीहरूलाई बन्धनमा र नियन्त्रणमा राख्‍ने अदृश्य पासो जस्तै छन्। दुःखद इतिहास आफै दोहोरिएको छ …
    यस चलचित्रको मुख्य पात्र तिनै असङ्ख्य विश्‍वासीहरूमध्येकी एक हुन्। जब तिनले पहिलोपटक सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनिन्, तब तिनी चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूका झूटा हल्‍लाहरूले अन्योलमा परिन्। तिनी फन्दामा परिन्, आफ्‍नो अन्योलतामा हराइन्… धेरैपटक तीव्र रूपमा बहस गरिसकेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले तिनलाई सत्यता महसुस गर्न सहयोग गर्‍यो, र आखिरमा तिनले झूटा हल्‍लाहरूपछाडिका वास्तविक तथ्यहरूलाई देख्‍न सकिन्। तिनले पासो तोडिन् र साँचो परमेश्‍वर देखा पर्नुभएको घटनालाई देखिन् …
    कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको TH-cam च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

ความคิดเห็น • 2

  • @lovelykidsusa4570
    @lovelykidsusa4570 3 หลายเดือนก่อน

    सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद भएको होस् आमेन🥰🥰

  • @LaxmiBishwokarma-rx4kk
    @LaxmiBishwokarma-rx4kk 28 วันที่ผ่านมา

    अमेन हलेलुया ✝️🙏🛐🙌🌹👏🙏👏👏👏👏👏👏❤️❤️❤️✝️🙏🛐