सोमबारे बजार, गोरूबथानमा साहित्यकार हायमानदास राई किराँतको सालिग अनावरण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सहयोगमा, साझा साहित्य संरक्षण संस्थाले आज गोरुबथानको सोमबारे बजारमा साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’- को सालिक अनावरण गरे। सोमबारे बजारको नवनिर्मित त्रिकोण पार्कमा सालिक स्थापित गरिएको छ।
    उक्त ऐतिहासिक समारोहको मुख्य अतिथिको रूपमा म उपस्थित थिए। समारोहको अध्यक्षता वरिष्ट साहित्यकार गोकुल सिन्हाले गरेका थिए। डा रेमिका थापाले किरात व्यक्ति र कृति माथि वार्ता राखेका थिए। समारोहमा दार्जीलिङ्ग, कालेबुङ, डुवर्स अनि सिक्किमका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
    हायमनदास राई ‘किरात’, गोर्खा समाजका विभूति अनि अभिभावक थिए। हाम्रा स्रष्टा हुन उनी। उनलाई हामीले साहित्यको इतिहासमा राखेर जीवित राखेका छौ।
    मूर्तिकार अमिर सुन्दासले मूर्ति बनाएका हुन्। प्रतिमा जीवन्त रहेको छ। सुन्दास भाइले भने झैं त्रिकोण पार्क आउनु हुने सबैले प्रतिमा अघि सेल्फी लिनु होला।
    ‪@samvaadprativimba‬ ‪@gorubathantraveljunkies7327‬ ‪@yugdarshanchannel‬ ‪@nepalisahitya2999‬

ความคิดเห็น •