सिक्सटी प्लस महिलाहरूको निम्ति वाकथन प्रतियोगिता सम्पन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • खरसाङ 25 जनवरी ।
    खरसाङमा‌ भईरहेको तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलको दोस्रो दिन आज 60 वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिएको छ। खरसाङ वाइट अर्किड फेस्टिभलको मुख्य आकर्षणहरुमध्ये एक रहेको 60 वर्ष नाघेका महिलाहरुको लागि खरसाङमा पहिलोपल्ट आयोजना गरिएको वाक्कथन खरसाङको रोहिणी जिरोदेखि शुरु गरिएको छ।
    खरसाङ वाइट अर्किड फेस्टिभलको एक भागको रुपमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा आयोजित उक्त वाक्कथनमा 60 वर्ष नाघेका 47-48 जना महिलाहरुले‌ सहभागिता जनाएका थिए। उक्त वाक्कथनलाई सभासद श्याम शेर्पाले झण्डा हल्लाएर शुरुवात् गरेका थिए। उक्त वाक्कथन रोहिणी जिरोबाट शुरु भएर खरसाङ बजारको मोटर स्ट्याण्ड हुँदै सुपर मार्केट परिसरबाट मन्टिभियट रोड भएर वाइट अर्किड फेस्टिभलको आयोजना स्थल मन्टिभियट खेल मैदानमा पुगेर समाप्त भएको छ।
    मन्टिभियट खेल मैदानमा पनि वाक्कथनमा सहभागीहरुलाई सभासद श्याम शेर्पाले खदार्पणसहित स्वागत जनाएका छन्। खरसाङमा‌ पहिलोपल्ट 60 वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिएकोमा‌ सहभागी वरिष्ठ माहिलहरुले आयोजक समिति समक्ष आभार प्रकट गरेका छन्। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा एंव वाइट अर्किड फेस्टिभलकी सदस्या आशा मुखिया लामा, पूर्व सांसद एंव हिल‌ तृणमूल कांग्रेसकी अध्यक्षा‌ शान्ता छेत्री र पूर्व नगर पार्षदिका देवकी सुब्बाले विस्तृत रुपमा जानकारी गराएका छन्।
    ‪@kalimpongtv1‬ ‪@DtvDarjeeling‬ ‪@darjeelingeykanchaanir‬ ‪@mzeenews‬ ‪@stickerzonekalimpong‬ ‪@rstudiokurseong2263‬ ‪@allindiaradiokurseong3212‬

ความคิดเห็น •