अघोर : मृत्यु स्विकारको मौन उद्घोष

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • GUEST: Aghori Sarkarnath
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    'Dress : Bipu collection
    (Mobile-9843175755)
    भिडियो भित्र :
    तपाईंलाई सबैभन्दा डर के को लाग्छ ? मृत्युको होइन ?
    मृत्युदेखि नडराउने मानिस को होला र ? सबै डराउँछन् । जव मानिसले पाकेको कुरा खान थाल्यो र म अन्य भन्दा फरक छु भन्ने थाहा पायो तब देखि नै आजसम्म ठूला ठूला विल्डिङ, जहाज, रकेट, बम जे जति जति आविस्कार ग¥यो नि मान्छेले सबै मृत्युलाई पर धकेल्ने उपाय स्वरुप तयार गरेका कुरा हुन् । किनकि मान्छे मृत्य देखि डारउँछ ।
    अनि उ जति सभ्य भयौं भन्दै गयो त्यति नै मान्छेले आफु बस्ने समाजमा यसो गर्न हुने, यसो गर्न नहुने, यस्तो गर्दा धर्म हुने र यस्तो गर्दा पाप लाग्ने मान्यताहरु, आचार संहिताहरु बनाउँदै लग्यो । अनि जति जति समय बढी विताउँदै आयो त्यतिनै समाजमा रहँदा यस्तो गर्नु कानुनी, उस्तो गर्नु गैर कानुनी हो भन्ने पाइला पाइलाका दायरा तय भए । र आजको मान्छे हुँन अनेकौं नियम र अनुसासन छन् ।
    तर नि त्यस्ता कानुन र सामाजिक दायरा भन्दा बाहिर पनि मानिसहरुकै एउटा समुदाय छ नि ।
    जसलाई अघोरी भनिन्छ । अघोर एक पद हो । जो मृत्युमा जीवन र जीवनमा मृत्यु देख्ने सामथ्र्य राख्छ । मानव समाजमा देखाउन हुने र देखाउन नहुने या अश्लील मानिने अंगहरु छन् । तर अघोरहरुलाई सबै अंग बराबर हुन् । उनीहरुलाई लुगा लगउनु र नाङ्गै हिंड्नुमा केही फरक पर्दैन ।
    अघोरलाई अन्य जनावरको मासु खानु र मानिसको मासु खानुमा, अन्न खानु र अन्न खाएर त्याग गरिएको कुरा खानुमा केही भिन्नता देख्दैनन् ।
    सबै मानिसहरु मृत्युदेखि डराउँछन् र मसानघाटलाई बस्न नसकिने ठाउँको रुपमा लिन्छन् । तर अघोरीहरुको सुरुवात अथवा बासस्थान नै मसानघाट हो । या सधैं मृत्युसँगको भयमा बाँच्ने मान्छेहरुमा जीवनलाई मृत्युको आयामबाट हेर्ने अभ्यास हो अघोर । जसले आम मानिसका सामाजिक मान्यता र नैतिकतालाई चुनौती दिन्छ ।
    धेरै धन, पद र नाम लेखाउन कुदिरहँदा आम मान्छेहरुको भिडमा अघोरीहरु भने मान्छेलाई कामै नलाग्ने खप्परलाई भाँडो बनाएर मात्र एकसरो कालो कपडामा परमआनन्दमा हुन्छन् । किनभने उनिहरु जीवनमा मृत्यु र मृत्युमा जीवन खोज्न जान्दछन् । किनकि भय, विरक्ति, आक्रोष, खुसी खुस सबै सम्वेगलाई सम गरेको केहीमा पनि भेद नदेख्ने अद्धेत अवस्था हो अधोर ।
    यस्ता अघोरीहरुलाई बुझ्ने हाम्रो समाजमा दुईथरी धारणा छ । एक अध्यात्मिक धार । जसले अघोरलाई संहारका देवता शिव अर्थात् पराभौतिक या निराकार शक्तिसँग जोडेर हेर्छन् । अर्को भौतिकवादी घार छ । जो सामान भेला गर्नुलाई जीत र अनेक ब्राण्डका लुगाले लपेटिनुलाई चै लाज छोपिएको र दिग्गम्बर रहनुलाई चै अश्लिल हुनु हो भन्ठान्छ । अनि त्याग पछि पाउने शान्ति या अघोर हुनु लाई चै निरिह हुनु भन्ठान्छ । र उसले अघोरलाई हार मान्छ । किनकि उ मृत्यु स्विकानै सक्दैन ।
    तर किन ? किन मान्छे मृत्युको मुखमा पुगेर पनि मृत्यु स्विकार्न सक्दैन ? आखिर अघोरीहरुमा कसरी मृत्युलाई आत्मासाथ गर्ने सामर्थय तयार भयो ? अघोरीहरु जीवन र मृत्युलाई कसरी देख्छन् ? उनको सपना हुन्छ कि हुन्न होला ? हुन्छ भने के हुन्छ ? आज यिनै प्रश्नहरुमा रहेर हामी एक अघोरीको आँखाबाट जीवन हेर्नेछौं ।
    अघोर जीवनमा सम्यक् संवाद गर्न आज हामीसँग हुनुहुन्छ पशुपति आर्यघाटमा बस्ने एक अघोरी शंखरनाथ । जो वषौं देखि यहिँ आर्यघाटमा हुनुहुन्छ । खासमा यो संवादमा हामीले मृत्युबाट जीवनलाई हेरेका छौं । जसले हजुरहरुलाई जीवनलाई बुझ्ने नायाँ दृष्टि दिनेछ ।
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Samyak Samwad Clips)

ความคิดเห็น • 200

  • @AmarKc-br2cx
    @AmarKc-br2cx หลายเดือนก่อน +16

    सारै मिठो अघोर बाबा जि।। जय शम्भो। ॐ हरहर माहादेव❤।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน +7

    मलाइ एकान्त मन पर्छ। जहाँ धेरै सोच्छु जिबनमा केहि देख्दिन यस्तै सोच भएका तमाम मानिसहरु भए सान्ति हुनेथियो।

  • @surendragiri5757
    @surendragiri5757 หลายเดือนก่อน +9

    सार्है राम्रो कार्यक्रम! बिनु म्याम हजुरको कार्यक्रम हेरिसके पछि मनमा एक किसिमको शान्ति मिलेको जस्तो केहि उत्तर अनि केहि तृप्ति मिलेको अनुभव हुन्छ ! जिवनको वास्तविकता को गहिराईको ज्ञान दिन सक्ने यस्ता ब्यक्तिहरुलाइ आगामि दिनमा पनि स्थान को निरन्तरताको कामना सहित तपाइँको कार्यक्रमले उच्च स्थान हासिल गरोस् !

    • @mohanrai9425
      @mohanrai9425 หลายเดือนก่อน

      dhannebat ,aghor baba jiu ko gyan hami lai pani badnu vayo, sitimi prays aghori baba haruko interviw sunu paidaina , tesaile aghor k ho ghor k ho vanne dheraile thaha hudaina , asari midiya ma aghori baba wa guru haru lai naleuda manis harule aghori prati Negetiv bichar matrai rakhthe , baba le aja aghori haru negetiv ra positive 2 prakarka hunchhan vanne gyan pani dinuvo , nakkali aghori.

  • @under-peace49
    @under-peace49 หลายเดือนก่อน +9

    इंडिया काे podcast सुन्दा सुन्दा वाक्क लागेको बेला आफ्नै नेपाली भाषामा सुन्न् पाउँदा सारै खुशी लाग्यो।

  • @rajendrakafle9256
    @rajendrakafle9256 หลายเดือนก่อน +3

    अघोरी बाबामा ज्ञान भरिएको रहेछ खुसी लाग्यो ।

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 หลายเดือนก่อน +9

    राम्रो छ, सम्वाद। अघोरी रुपमै भएर वार्तालाप गरेको भए भनाइ र गराइ अनि ब्यवहारमा भएको सामञ्जस्यता प्रष्ट हुन्थ्यो। थप सम्वाद अघोर आश्रममा अघोरी जीवनको यथार्थ प्रकाशमा आउने प्रतिक्षामा...

    • @shamyogbastola5099
      @shamyogbastola5099 หลายเดือนก่อน

      Mero pani bujhai tie tiyo samanaya kura maa almal vayo

    • @user-hc7sg1bu8o
      @user-hc7sg1bu8o หลายเดือนก่อน

      Hajur haru ko yo comments ma pani asantusti chahana dekhiyo ta. Aghor/Aghori bahiri rup ma bishwas gardainan. ☯️

    • @bhimlalpaudel4454
      @bhimlalpaudel4454 หลายเดือนก่อน +1

      @@user-hc7sg1bu8o अघोरी हुन नसकेका हामी असन्तुष्ट हुनु नौलो कुरा त भएन। तर यस सम्बादबाट अघोरी बारे थप केही कुरा सुन्न पाउँदा असन्तुष्टीको आहालमा थोरै भएपनि खुशी चाहिँ लागेको हो। असन्तुष्टी चाहिँ अझ प्राकृत रुपमा थाहा पाउनका लागि हो, अन्य अर्थ नलागोस्।

  • @sagar8602
    @sagar8602 หลายเดือนก่อน +4

    सर्व प्रथम अघोर बाबालाई जय शम्भु। अनि बिनु म्यामको मन को भावमा चुर्लुम डुबेर मनै देखि सोदिएका हरेक प्रश्न को उत्तर कस्तो आउला भनेर काैतुहल्ता ले मेरा यी नयनहरु एकोहोरो हेरिरहे ।❤❤झनै हरेक उत्तरहरुको विच विचमा सहि थाप्नु अब अर्को उत्तर के आउछ भनेर उत्साहित भएको सारै राम्रो

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@sagar8602 ❣️❣️🙏🙏

  • @jrsatyal8553
    @jrsatyal8553 หลายเดือนก่อน +2

    साह्रै राम्रो ज्ञानवर्धक सुन्न पाइयो। दिनुपोखरीलाई धेरै धेरै धन्यवाद

  • @greennepal8101
    @greennepal8101 หลายเดือนก่อน +10

    म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ if you're interested plz subscribe to me plz

    • @RanaRr-gj4wy
      @RanaRr-gj4wy หลายเดือนก่อน

      कति बर्श हुनुभयो पैसा आझै कति कमाउने ? अझै कति गर्ने अरुको खुसी को लागि? यो podcast अघोरी बाबा को कुरा तपाईं मपाइ अझै बुझ्नु भयेन जस्तो छ तपाइले यहाँ मान्छे नबुझेरै अझै दुखी छन मानिस तपाईं पनि दुखी म पनि दुखी अनि हामी सबै अझै दुखी जिनदगी के रैच हो ?😂😂😂

  • @sanulingden7818
    @sanulingden7818 หลายเดือนก่อน

    अत्यन्तै सुन्दर सम्बाद! अघोरी बाबा, बिनु म्याम दुबै जना लाई नमन! जन्म पश्यात मृत्यु सत्य! छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @santoshbanjara1505
    @santoshbanjara1505 หลายเดือนก่อน +2

    मलाइ आमा बुवा पछिको सिर निहुराउन मन लाग्ने यक ब्यक्ति जो बिनु दिदी ।।। साथै अघोर बाबालाइ नमस्ते छ ।

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@santoshbanjara1505 ओहो !आभार 🙏🙏❣️❣️

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s หลายเดือนก่อน +1

    अत्यन्तै सुन्दर सम्बाद!नमन हजुरहरु दुबैमा,मृत्यु अन्तिम सत्य!❤❤🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +4

    मुस्कुराहट इसलिए नहीं है कि ज़िंदगी में खुशियां ज़्यादा हैं....
    मुस्कुराहट इसलिए है कि ज़िंदगी से न हारने का वादा है.

  • @binukhanal4541
    @binukhanal4541 หลายเดือนก่อน +3

    जय गुरु पशुपतिनाथ जय जय गाेरखनाथ गुरु देव

  • @parshuniroula9380
    @parshuniroula9380 หลายเดือนก่อน +31

    भर्खर जन्मिएकी छोरी छिन् तर विगत एक बर्श देखी म अघोर बाबा हरु को videos हेर्दै छु भारत देखी नेपाल सम्म का कुन दिन म अघोर हुन्छु भन्ने डर लाग्न थालेको छ

    • @subashdhungana4548
      @subashdhungana4548 หลายเดือนก่อน +4

      गृहस्थीमा नी साधना गर्न सकिन्छ। नडराउनु

    • @chitrakarki12
      @chitrakarki12 หลายเดือนก่อน +1

      मलाइ पनि यो सन्सार बता धेरै ताडा शून्य सन्सार्मा जान मन छ ।जहाँ यो सान्सारिक मोह,माया ,लोब ,काम्बासना शून्य hos.....

    • @ishordhungana9421
      @ishordhungana9421 หลายเดือนก่อน +3

      छोरी जन्मदैमा अघोर हुन पर्दैन । ढोंगीहरुको अनुशरण गर्नुभनेको नर्क हो । जैविक गुण्हरुको अनुशरण गर्नुहोस ! प्रकृतिका अनुपम सुखहरुको आनन्द लिन अग्रसर हुनुहोस । जीवन सत्य हो सपना हैन । मृत्यु सत्य हो सबैले प्राप्त गर्छ ।

    • @baburamadhikari3470
      @baburamadhikari3470 หลายเดือนก่อน

      ​@@ishordhungana9421 जस्को क्षमता जति छ त्यति बुझ्ने त्यहि बोल्ने हो साथी ।

    • @ajabsingh9163
      @ajabsingh9163 หลายเดือนก่อน

      Banchhu bhaner banindaina, china ma wa janmana sait hunchha, usko byabahaar najanindai badalindai janchha....

  • @santosh.sita4
    @santosh.sita4 หลายเดือนก่อน +5

    Dear binu jee
    U have to improve lots
    1)need extra knowledge and research what you are going to new content.
    2)expression controling
    3)Question selection
    4)clothes selection
    Etc

  • @saraswotisharma9250
    @saraswotisharma9250 หลายเดือนก่อน +1

    नयाँ स्वाद र जानकारी को लागी धन्यवाद ।। गुरु र बिनु जि।।।🎉🎉🎉❤❤❤

  • @rohitbahadurkhatri4588
    @rohitbahadurkhatri4588 หลายเดือนก่อน

    अति उत्कि्रष्ट संवाद हरेक मानिसले सुत्नुपर्छ

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 หลายเดือนก่อน

    हामी जस्तो सस्सारिक माया मोह देखि भंग हुँदै गएका लाई सारै सुन्दर छ

  • @karunabhatta3255
    @karunabhatta3255 หลายเดือนก่อน +2

    Dhanyabaad.. nepal ka aru aghori ra tantrik haru lai pani bolaunu hola

  • @dhrubarajkhanal8081
    @dhrubarajkhanal8081 หลายเดือนก่อน

    Its the real and absolute truth. Solute to Binu madam and Aghor baba Sarkarnath. I accept and believe it.

  • @PandeyJi-hn5ej
    @PandeyJi-hn5ej หลายเดือนก่อน +3

    need more spiritual podcasts please mam

  • @taravaidya6710
    @taravaidya6710 3 วันที่ผ่านมา

    Ati sundar hjr 🙏🙏

  • @ritaadhikari818
    @ritaadhikari818 หลายเดือนก่อน

    जय सम्भु जन्म र मृत्युको परिभाषा केही मात्रामा जान्ने अवसर प्राप्त गराइदिने दिदी हजुर लाई गुरू लाई सादर नमस्कार 🙏🙏

  • @bishnukhadka5491
    @bishnukhadka5491 หลายเดือนก่อน

    Dherai ramro kura thaha paiyo dhanyabad Baba ani binu ji lai

  • @namduhangbungchhyang74
    @namduhangbungchhyang74 หลายเดือนก่อน +2

    दिदि 👌👌👌 मिठो सम्वाद।

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 หลายเดือนก่อน +1

    म धेरै पहिले देखि साेचिराकाे थिय हिन्दि च्यानलहरुमा अघाेर सम्वन्धि अन्तर्वाताहरु हेर्दा धेरै उत्साहित थिय नेपालि अघाेरिकाे पनि अन्तर्वाता हेर्न पाय हुन्याे जसताे लाग्थ्याे हेर्न पाय धन्यवाद दिदि हजुरलाई ❤🎉

  • @Ishntamang7788
    @Ishntamang7788 หลายเดือนก่อน +1

    Binu g tapaiko interviews line saili ekdam ramro..

  • @bhawanal1678
    @bhawanal1678 หลายเดือนก่อน +1

    राम्रो संवाद अघोरी बारे धेरै जानकारी 🙏🙏

  • @NorbuBuddha.Official
    @NorbuBuddha.Official หลายเดือนก่อน +1

    He need to invited again mam .. in the next episode..more to learn about life ...

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      🙏🙏

  • @prayagsuryabanshi2087
    @prayagsuryabanshi2087 หลายเดือนก่อน +1

    Guru ma naman cha!!!🙏🙏🙏

  • @madankarki8153
    @madankarki8153 หลายเดือนก่อน

    best of program thank you so much 🙏🙏

  • @aryalrms
    @aryalrms หลายเดือนก่อน

    अत्यन्तै राम्रो लाग्यो । Thank you 🙏

  • @shreebidari526
    @shreebidari526 หลายเดือนก่อน

    He is the pure and greatest person 💗 endless spiritual

  • @dilkumariale6842
    @dilkumariale6842 หลายเดือนก่อน

    Guru mon dekhi naman grxchu❤❤jaii sambhou

  • @bikashshrestha2715
    @bikashshrestha2715 หลายเดือนก่อน

    धर्म नै सत्य हो सत्य नै शिव हो
    जय सम्भो

  • @surajkhadka5546
    @surajkhadka5546 หลายเดือนก่อน +3

    Suggestion : Research ali pugena binu ji. Question ko selection ramro vayena.
    Tantra(das mahavidhya, kamakhya, machendranath) nath sampradaya ko bare bujnu xa vani i'll help further assist. Thank you.
    Om Adesh 🙏

    • @bibekkarki2560
      @bibekkarki2560 หลายเดือนก่อน

      suraj ji malaii Durga mata ko mul roop ko sadhana garne kunai Nepali pith ki sampradaye chan vane vanidinus na

    • @surajkhadka5546
      @surajkhadka5546 หลายเดือนก่อน

      @@bibekkarki2560 das mahavidhya siddha pith, budanilakantha.

    • @man8708
      @man8708 หลายเดือนก่อน +1

      ​@@bibekkarki2560 Durga mata bhannu bhayena karki ji. Durga Bhawani bhannu paryo hami Nepali le

    • @santosh.sita4
      @santosh.sita4 หลายเดือนก่อน

      Yes
      .I already gave suggestions but not responding

  • @nilimashrestha6228
    @nilimashrestha6228 หลายเดือนก่อน

    Koti Koti naman 🙏🏼 to made us more understanding from this programme 🙏🏼🙏🏼🙏🏼

  • @dineshdhungana5326
    @dineshdhungana5326 หลายเดือนก่อน +1

    अघाेरि बाबालाई दर्शन प्रणाम गरे संबाद सबै सुने साह्रो राम्राे लाग्याे कृपया उहाँलाई कसरी कहाँ भेट्न सकिन्छ हाेला मेडम कृपया भनिदिनुहाेला

  • @mayapokheral6210
    @mayapokheral6210 หลายเดือนก่อน

    मन मर्छ अनि मात्र आध्यात्मिक यात्रा सुरु हुन्छ अनि मात्र सबैलाइ एउटै अँखा ले हेर्छ म्याम

  • @madankhadka540
    @madankhadka540 หลายเดือนก่อน

    हजुर हरुलाई 🙏🙏🙏हजुर्को कार्याकर्म पराय सबैनै सुनिरहन्छु अझ उहाको बाणि सुन्नपाय हुन्थियो

  • @user-es8tt3ij3z
    @user-es8tt3ij3z หลายเดือนก่อน

    Dhari dhanyabad xa hajur haru lai

  • @mohannathdangal3997
    @mohannathdangal3997 หลายเดือนก่อน +1

    सत्य मेव: जयते

  • @pradeeppacchhai
    @pradeeppacchhai 21 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @laxmilimbu3928
    @laxmilimbu3928 หลายเดือนก่อน

    Such a meaningful and blissful..........

  • @taravaidya6710
    @taravaidya6710 3 วันที่ผ่านมา

    🙏🙏🙏

  • @rubinakoirala7851
    @rubinakoirala7851 หลายเดือนก่อน

    बाबा हजुरलाई नमन 🙏🙏🙏कति राम्रो कुरा सुन्न पाइयो

  • @user-qr1ub2qu2f
    @user-qr1ub2qu2f หลายเดือนก่อน

    कति आनन्द आयो आज ।❤❤❤❤

  • @samratgurungnepal8183
    @samratgurungnepal8183 หลายเดือนก่อน +1

    सुन्दर ।। पूरा सुने, आनन्द भयो।🙏🙏🙏☸️☸️

  • @mandirasapkota7947
    @mandirasapkota7947 หลายเดือนก่อน +2

    शुन्दर सम्वाद।

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w หลายเดือนก่อน +1

    Om jaiaghir ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ashacharya2025
    @ashacharya2025 หลายเดือนก่อน

    Daami..... Last answer is superb.... Too good.

  • @grggrg5397
    @grggrg5397 หลายเดือนก่อน

    अति सुन्दर मुटु मा छोयो धन्यवाद 🙏🙏🙏🙏

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 หลายเดือนก่อน

    Discussion beyond the World.Good luck.

  • @tenzinglimbu5015
    @tenzinglimbu5015 หลายเดือนก่อน

    भौतिक र आध्यात्मिक दुवै, दुई किसिमका साधना बिज्ञान हुन यो दुबै लाई संतुलन गरेर जिवन जिउने मानिस हरू ले मात्र पूर्ण जिवन प्राप्ति र सृष्टि को सहि उपभोग गरेर मोक्ष प्राप्त हुन्छ। साधु शास्त्र र भौतिक विज्ञाऩ शास्त्र ले मात्र पूर्ण हुंदैन।

  • @rohitphuyal4426
    @rohitphuyal4426 หลายเดือนก่อน

    अध्यात्मिक ज्ञान अन्तरवार्ताको माध्यमबाट भन्दा प्रवचन विधिबाट बढी प्रभावकारी हुन्थ्यो होला बिच बिचमा अनावश्यक रोकावट र अभिब्यक्तिले अन्तरवार्तालाई कम प्रभावकारी बनाए जस्तो लाग्यो।

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 หลายเดือนก่อน

    दिव्य सत्संग❤

  • @subashneupane1742
    @subashneupane1742 หลายเดือนก่อน

    अति सामान्य कुरा r अन्य मान्छेको देखाई भोगाई वा अन्य गुरु को जस्तै भयो अघोर विषय लाग्न सकेन 😢

  • @paragdhungana
    @paragdhungana หลายเดือนก่อน

    साह्रै सुन्दर 🙏

  • @learningtolearn4190
    @learningtolearn4190 หลายเดือนก่อน +1

    Hami adhyatmik bichar milne manxe haru ek vayera practice garne sanjal nirman garnu parla hai so . Ma buddhism ko vazrayan pati intrrested xu . Ahileko asanti ra hinsako bela ni adhyatm ko bichar garne manxe haru vaneko pakkai ni bisal hridaye jasle aaudo pustako lagi kehi manabiyeta jogayera rakhna madat garnexa .

    • @rajkumartamang7795
      @rajkumartamang7795 หลายเดือนก่อน

      बज्रयान मा रुचि राख्नु हुन्छ भने बुद्ध देखि अहिले सम्म अटुट शुद्ध सिद्ध गुरु शिष्य परम्परा बाट आएको गुरुको सानिध्य मा रहेर साधना लाई अगाडि बढाउनु होला ।

    • @learningtolearn4190
      @learningtolearn4190 หลายเดือนก่อน

      @prakashkumar-pp7kp christanity ma tapaile answer paaunu hunna ra pauny vayeko xaina ra nai sodhdai hunuhunx kina asantiko karan ke ho vanera . Thikai xa je vayeni spiritual chetana vayeko manxe hunu vaneko kehi na kehi samajko lagi ramro ho

  • @sarkinisherpa4934
    @sarkinisherpa4934 หลายเดือนก่อน

    Ramro dherai ramro ❤ thank you

  • @James356-b1m
    @James356-b1m หลายเดือนก่อน +1

    Binu ji ra mero vibes same same cha ❤

  • @hariadhikari2399
    @hariadhikari2399 หลายเดือนก่อน +1

    अघाेर मतलब जसकाे लागि कुनै कुरा घाेर अथवा extreme हुँदैन । याे ब्रम्हाण्डका हरेक वस्तु र घटना समान्य अथवा normal हुन्छन् । नमाे अघाेरेभ्य !

  • @user-hc7sg1bu8o
    @user-hc7sg1bu8o หลายเดือนก่อน +1

    Their is big science behind this thoughts and it is true facts and good for our mother Earth or Na true. And sadhana means like meditation process so it needs zero disturbances from external surrounding except True Nature. They can stop their external thoughts to calm their mind at high frequency of third eye. After years we will be higher frequency human being. # buddhatwa ☯️👽

  • @jhakasbro5727
    @jhakasbro5727 หลายเดือนก่อน

    Kati ramro
    Sambad..

  • @Acharya1234
    @Acharya1234 27 วันที่ผ่านมา

    यस्तो पौराणिक खालको,वैदिक खालको पूर्विय दर्शन सभ्यता सम्बन्धित खालको कार्यक्रम चलाउनुहुन्छ;तर अँग्रेजी ठाउँ ठाउँमा प्रयो नगरेको भए अझै राम्रो हुन्थ्यो जस्तो लाग्यो दिदी!

  • @dipeshtajpuriya9475
    @dipeshtajpuriya9475 21 วันที่ผ่านมา

    binu ji ko youtube video edit garne lai chai euta mattra request ki highlight mattra 4 min ko nabanaidinu hola xya video hernai mon nalagerw skip garna mon lagne

  • @baburamadhikari3470
    @baburamadhikari3470 หลายเดือนก่อน +3

    कुनै एपिसोडमा मोहन लामा रुम्बा गुरुजीलाई पनि ल्याउनुस् न ।

  • @Yoyoasian
    @Yoyoasian หลายเดือนก่อน

    आहा गलत धारणा बाट मुक्त भइयो।❤

  • @ajitkunwar8556
    @ajitkunwar8556 หลายเดือนก่อน

    🙏🙏🙏तन्त्र ज्ञान र वैराग्य को बारेमा अझै कार्यक्रम बनाउनु होस

  • @kalikapandey9340
    @kalikapandey9340 หลายเดือนก่อน

    🙏🙏🎉🎉👍️धेरै धेरै धन्यवाद ।

  • @DevGrg-xs4mx
    @DevGrg-xs4mx หลายเดือนก่อน

    Ek dum ramro ❤

  • @birbireetharuwa8185
    @birbireetharuwa8185 หลายเดือนก่อน +1

    अघोरी तब पूर्ण अघोरी होला जब उसले आफ्नो ड्रेस कोड (पोषक नियाम) पनि त्याग्छ अनी गलाको माला झुम्का गरगहना त्याग्न सक्छ। त्यो आइडी कार्ड नै चाहिन्न

  • @Bossshangyog9
    @Bossshangyog9 หลายเดือนก่อน +2

    Dd tantra mantra ko kura chai dherai nai bhayoo tara aghor jee ko introduction bina nai podcast start bhayoo ali khaloo bhayoo podcast next time guest ko ramro sanga biography introduction pani dina birshna bhayaana please 🙏🙏

    • @santosh.sita4
      @santosh.sita4 หลายเดือนก่อน +1

      She has to improve lots..like expression, emotional etc ...I felt

  • @JivanPokhrel5
    @JivanPokhrel5 หลายเดือนก่อน

    Wow kya dam topic🙏🙏

  • @prashantpratapkshetri
    @prashantpratapkshetri หลายเดือนก่อน

    बिनु दिदीज्यू हजुरको पडकास्ट धेरै राम्रो लाग्छ कृपया विनम्र निवेदन छ तन्त्र शिरोमणि ''विद्यानाथ उपाध्याय'' ज्यूलाई पनि पडकास्टमा लाउनुस् न ❤️❤️

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@prashantpratapkshetri उहाँ अमेरिका जनुभो आउनुभएपछी है ।

  • @user-es8tt3ij3z
    @user-es8tt3ij3z หลายเดือนก่อน

    Atti sundar

  • @rosesalex
    @rosesalex หลายเดือนก่อน +3

    मा २१ को भए मैले पनि बंगाली उग्र तंत्र मंत्र सिके मलाई अहिले आनन्द छ तंत्र मन्त्र को दुनिया रमाइलो हुने रहिछ

    • @karunabhatta3255
      @karunabhatta3255 หลายเดือนก่อน

      Kasto k hune raixa ramailo??

    • @rosesalex
      @rosesalex หลายเดือนก่อน

      @@karunabhatta3255 साधारण मनुष्य लाई तंत्र येस्तो हुन्छ मन्त्र त्यस्तो हुन्छ यसको फाइदा येति हुन्छ भनेर कसरी बुझम मैले पूरै जिन्दगी जान्छ यो सब बुझ्न लाई

  • @RegalunisexsalonTinkune
    @RegalunisexsalonTinkune หลายเดือนก่อน

    Excellent

  • @parikramshrestha9899
    @parikramshrestha9899 หลายเดือนก่อน

    बहुत मीठो !

    • @binuebhi
      @binuebhi  หลายเดือนก่อน

      @@parikramshrestha9899 🙏🙏

  • @anupgurung3948
    @anupgurung3948 หลายเดือนก่อน

    Pure Buddhist kahile ni daraundaina mirtu sangha this true

  • @DhurbaPahadi-vm9zn
    @DhurbaPahadi-vm9zn หลายเดือนก่อน

    Mitho kura ❤

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2i หลายเดือนก่อน

    ॐ आदेश

  • @samirlama4984
    @samirlama4984 หลายเดือนก่อน

    Still beautiful soul you are

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +1

    daammi

  • @baburamtamang1657
    @baburamtamang1657 หลายเดือนก่อน

    Respect🙏🙏🙏💐💐💐💞💞💞💞

  • @rambist6592
    @rambist6592 หลายเดือนก่อน +1

    अघाेरी भन्ने हिन्दु धार्मिक कमाण्डाे रैछ,फाैजि भाषामा बुज्दा खेरि,

  • @man8708
    @man8708 หลายเดือนก่อน +1

    Next Podcast ma Shree Paanch Satya Sanatan Baba lai bolaunu paryo

  • @SulochanKc
    @SulochanKc หลายเดือนก่อน

    आहा ! महराज 🙏❤️🙏

  • @subashbhatta7990
    @subashbhatta7990 หลายเดือนก่อน

    Saran
    Binu Nani Timro persna sodane kala ani pernaliti malai sarai manpercha.

  • @milanmadnes2415
    @milanmadnes2415 หลายเดือนก่อน

    Oghor baba ji binu pokhrel mam lai pani aghor banana i denus

  • @hiddenfact6858
    @hiddenfact6858 หลายเดือนก่อน

    त्रिभुवन विस्वविद्धालय उहाँको गुरुले गर्दा भएको रे।यो चाहिँ हावा कुरा लाग्यो।

    • @SamsungGalaxy-yl9bf
      @SamsungGalaxy-yl9bf หลายเดือนก่อน

      Sodera aija ta ek choti gayera😂😂

    • @hiddenfact6858
      @hiddenfact6858 หลายเดือนก่อน

      @@SamsungGalaxy-yl9bf प्रमाण देखाइ तैले।यत्तिकै भनेर हुन्छ ?

  • @ramilasresth-ob4ob
    @ramilasresth-ob4ob หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @omsharma7419
    @omsharma7419 หลายเดือนก่อน +1

    प्रस्तोता जीले अतिथि राम्रो ल्याउनु भो बधाइ,तर हजुरले अाम श्रोताको जिज्ञासालाई महत्व दिन सक्नुभएन,खाली अाफूमात्र भित्रैबाटअोतप्रोत हुनुभो अथवा भएको अभिनय गर्नु भो,उनीहरूको दिन दैनिकी,खानपान,शिक्षाको प्रकृया,भूतप्रेत जस्ता शक्तिहरू के हुन?कसरी तिनीहरूसँग अघोरीले शक्ति लिन्छन्?साधनाको विधि कस्तो हुन्छ?दैनिक गुजाराको श्रोत के हो?त्यस्तो प्रश्न चैँ अाम श्रोतामा हुन्छ,,दर्शन सुन्न र चिन्तन मनन गर्ने न क्षमता सबैसँग हुन्छ न त्यो ब्यावहारिक नै हुन्छ?

  • @dineshrai33782
    @dineshrai33782 หลายเดือนก่อน

    आदेश सरकारनाथ महाराज जय महाकाल

  • @juntaramoktan6916
    @juntaramoktan6916 หลายเดือนก่อน

    मैले कमेन्ट गर्ने सब्द भेटाउन सकिन दिजु 🙏🙏🙏सुन्दा नै आनन्द

  • @krishnagiri5627
    @krishnagiri5627 หลายเดือนก่อน

    जय शम्भो 🙏🙏 बिनु Sis को यो कार्यक्रम सारै मनपर्यो, थाह नभएको धेरै ज्ञान गुनका कुराहरू सुन्न पाईयो..!!

  • @surajsagar6935
    @surajsagar6935 หลายเดือนก่อน

    1000 सिद्दि छाडेर केवल अत्माको कल्याण गरुम दुनियामा बाहिर केही छईन जे छ हाम्रो भित्रै छ बस तेस्को झलक नै चौथो अायमको यत्र सुरु जो मेरो जिबनको पहिलो पाईला जब सम्म अात्मा जानिदैना अरु अगाडिका सारा दईला बन्द छ

  • @drlemon64
    @drlemon64 25 วันที่ผ่านมา

    yo sab kura haru sunda ho jasto lage pani yesma kunai satyata xain hai . Aghori baba vanauda ka yi sab kura haru anuvab garer boleko hain baru suni sunai kalpanik katha hun sarir ke hain re 😂😂 jab ki sarir le nai sabthok garn sakxm banako .binamra aagra sabailai yesta ka paxi nalagnu hola jiban amulya ra simit x ani jiune vinnatarika xn thanks 😂

  • @poojactall
    @poojactall หลายเดือนก่อน

    om