सर्प रुपी मान्छे Best nepali motivational video. Nepali motivation. Moral story in nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ย. 2024
  • एकपटक एउटा केटाले सर्प पालेको थियो , त्यो केटाले सर्पलाई धेरै नै माया गर्थ्यो ।
    उ सर्प सँग खेल्थ्यो, खान्थ्यो , र उसलाई आफैसँग सुताउथ्यो । एकपटक त्यस सर्प बिरामी जस्तो भयो...,
    सर्पले खाना खान छाड्यो २/४ दिनसम्म केहिपनी खाएन । त्यसैले उस सर्पको मायाले केटा निराश भयो .., र सर्पलाई केटाले भेटनरी डाक्टर कोमा लिएर गयो.. ।
    डाक्टरले सर्पलाई राम्रोसँग चेकजाँच गरिसकेपछि उस केटालाई सोधे: के यो सर्प तपाईं सँगै तपाईंको साथमा सुत्ने गर्छ?
    केटा: हजुर हो ।
    डाक्टरले सोधे: के रातमा सर्पले आफ्नो पुरै शरिरलाई तन्काउँछ?
    डाक्टरको कुरा सुन्ने बित्तिकै केटो छक्क पर्यो र उसले भन्यो हो डाक्टर साभ..,। राति मसँग सुत्दा सर्पले आफ्नो शरीर धेरै नै नराम्रो सँग तन्काउने फुलाउने गर्छ ..., उसको यो दु:ख लाइ म हेर्न सक्दिन र कोल्टो फर्किएर सुत्ने गरेको छु २/४ दिन देखि ।
    डाक्टरले भने: यो सर्पलाई केहि रोग लागेको छैन र उ बिरामी पनि भएको छैन । र यो जुन रातमा तिम्रो छेउमा टासिएर आफ्नो शरीरलाई तन्काउने फुलाउने गर्छ । बास्तबमा तिमिलाई निल्नको लागि आफ्नो शरीर लाई तिमी बराबरी लम्ब्याउने कोशिश गरिरहेको छ .., उ लगातार यो चेक गरिरहेको छ कि तिम्रो पुरै शरीर राम्रोसँग निल्न सक्छ कि सक्दैन र निल्न सके पचाउन सक्छ कि सक्दैन भनेर उ २/४ दिन देखि केहि नखाइ भोकै बसिरहेको छ ।
    केटा निशब्द भयो.. उ केही बोल्नै सकेन ।
    यस घटनाले यो भन्छ कि जो तपाईं सँग हरेक समय रहन्छ जोसँग तपाई खाने पिउने सुत्ने बस्ने गर्नुहुन्छ.., आवश्यक छैन कि उसले पनि तपाइँलाई तपाईंले जति नै माया गर्छ भनेर । हुनसक्छ उनीहरु मध्य कोहीले तपाइँलाई निल्नको लागि आफ्नो आकार बिस्तार- बिस्तारै बढाउदै छन् । र तपाईं उसको निर्दयी अबस्था देखेर भावनात्मक रुपमा प्रगाढ हुँदै हुनुहुन्छ ।
    त्यसैले यस्ता सर्प रूपी मान्छेहरु देखी बेलैमा सतर्क रहनुहोस् सावधान रहनुहोस ।।

ความคิดเห็น •