Jhol Mal | झोल मल बनाउने तरिका | Bio - Fertilizer/ Pesticide | जैविक विषादी | झोल विषादी
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- परिचय
सामान्यतयाः विभिन्न किसिमका अमिलो, तितो, टर्रो स्वाद भएका बोटबिरुवाहरु जस्तै बकाइनो, निम, तितेपाती, असुरो, बोझो, सुर्ती, केतुके, बनमारा, लहरे तरकारीका पातहरू तथा गाईभैंसीको पिसाब, गोबर प्रयोग गरी बनाइएको मललाई झोल मल भनिन्छ । झोल मल वा जैविक विषादीले बिरुवालाई खाद्य तत्व दिनुका साथै रोग र किराको प्रकोपबाट बचाउने हुँदा स्वास्थ्य बिरुवा उत्पादन गर्न मद्दत पुर्याउँछ । जसले बढ्दो रासायनिक मल प्रयोगमा कमी ल्याई त्यसले पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्दछ । झोल मल वा जैविक विषादी प्रयोग गर्दै जाँदा त्यसले तत्काल उत्पादन कम गरे तापनि मानव तर मानव स्वास्थ्यमा असर देखिनु, माटोको उर्वराशक्ति कमजोर बनाउने जस्ता यी नकारात्मक प्रभाव पार्दै गएपछि किसानहरूले प्राङ्गारिक मल बढाउनका लागि उपलब्ध भएका वनस्पतिहरूबाट बनाइएका झोल मल तथा गोठेमल प्रयोग गर्दै आएको पाइन्छ ।
आवश्यक सामग्रीहरु
झोल मल तयार गर्न चाहिने आवश्यक सामग्रीहरु हाम्रै गाउँठाउँमा उपलब्ध हुन्छ जसले माटोको उर्वरा शक्ति बढाउने काम गर्दछ । स्थानीय स्तरमा पाइने तितो, टर्रो, पिरो, अमिलो इत्यादि स्वाद आउने हरिया बोटबिरुवा जस्तै तितेपाती, निम, बकाइनो, असुरो, सुर्ती, प्याज, लसुन, सिस्नु, मेवाको पात, बनमारा, अदुवा, खिर्रो साथै काचों गोबर, खरानी, गाईवस्तुको गहुँत तथा पानी र आदि झोल मल बनाउन आवश्यक सामग्रीहरु हुन्। हामीलेकेही मात्रामा ई एम (EM)को पनि प्रयोग गर्नु पर्दछ जसले तयार गराउन राखिएको मललाई छिटो कुहाउन सहयोग गर्छ ।
झोलमलको प्रकार र बनाउने विधि
आवश्यकताको आधारमा, संरचनामा र प्रयोगको अनुसार ३ प्रकारको झोल मल तयार गरिन्छ ।
झोल मल १: गोबर, गाईभैंसीको मूत्र र पानी १:१:१ को अनुपातमा मिसाएर २ हप्ताभित्र प्रयोगका लागि तयार हुन्छ । घोल पानीको साथ १:३ अनुपातमा मिसिन्छ । विषादी किटहरुलाई नियन्त्रण गर्न मल र किटनाशक दुवैको रुपमा तयार गरेको यो घरेलु मल बोटबिरुवाको फेदमा खन्याइन्छ ।
झोल मल २: गाईभैंसीको मूत्र र पानी गरी १:१ को अनुपातमा मिसाइन्छ । मिश्रण २ हप्तामा प्रयोगको लागि तयारी हुन्छ । यसलाई १:३ को अनुपातमा पानीसँग मिसाइन्छ र बोटको पातमा स्प्रे गर्दै विभिन्न रोग र कीराको नियन्त्रण गर्दछ ।
झोल मल ३: सिस्नु, तितेपाती, बनमारा, मेवाको पात जस्ता पिरो, टर्रो खालका बिरुवाको पात तथा डाँठहरू, १ लिटर जिवाणुको घोल, १० के.जी. बोटहरूको मिश्रण, १ के.जी. गोबर साथै गाईभैंसीको पिसाब ५ लि. जतिको घोल बनाउने । यो झोल मल ३ लाई कीरा, झुसिलकीरा, पात खाने कीरा जस्तालाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
आवश्यकता अनुसार विभिन्न सरसामग्रीहरू तथा वनस्पतिहरू जम्मा गर्ने, मसिनो बनाई काटेको वनस्पति, गोबर र खरानी राम्रोसँग मिसाई जुटको बोरा वा कपडामा बाँधेर पानी र गाईवस्तुको गहुँतको मिश्रणमा डुबाएर राख्नु पर्दछ । २० लिटर क्षमता भएको ड्रममा झोल मल बनाउँदा १० लिटर पानी र गहुँत को मिश्रण, १० के.जी जडिबुटी जन्य बनस्पति र १ के.जी गोबर साथै खरानी चाहिन्छ । गोबर र खरानीले सूक्ष्म जिवाणु उत्पादन गर्न सहयोग गर्दछ। ड्रमको पानी फिका चिया रंगको भएपछि र त्यसमा राखिएका बनस्पतिको पातको हरियोपन हटेपछि झोल मल तयार भएको बुझ्नु पर्दछ ।ध्यान दिनुपर्ने कुराहरु
झोल मल बनाउने बेलामा हामीले स-साना कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै मसिनो मसिनो पारेर भाँडामा राखिएका टुक्राहरूलाई राम्रो सँग चलाउने, भाँडोमा बिर्को लगाएर बिहानदेखि बेलुकासम्म घाममा राखिदिने गर्नुपर्दछ । यदि बिर्को राम्रोसँग नलागेर हावा पस्न पुग्यो भने ढुसी लागेर बन्दै गरेको मल पनि बिग्रिन्छ र ढुसीनासक रोगहरू लाग्न सक्छ । गर्मी समयमा यसरी बनाएको झोल मल १ हप्तामा प्रयोग गर्न योग्य हुन्छ भने जाडो समयमा २ हप्तामा प्रयोग गर्न योग्य हुन्छ । घाममा राखेर दिनैपिच्छे चलाउनु पर्दछ । यसरी तयार गरिएको विषादी एकदमै कडा हुने भएकाले यसको प्रयोग गर्दा सकेसम्म पञ्जा र माक्स लगाउने तथा खानेकुरामा हात नलग्ने जस्तो सतर्कता अपनाउनु पर्दछ अनि प्रयोग गरिसकेपछि राम्रो सँग प्रयोगमा आएका सामग्रीहरु धोएर राख्नुपर्छ ।
फाइदाहरु:
झोल मल प्रयोग गर्दा उत्साही तथा मेहनती कृषकहरूले स्थानीय सामाग्री साथै ज्ञान सीपको उपयोग गर्ने मौका पाउँछन् ।
झोल मल आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलभ पाइने हुनाले यसमा कुनै पनि आपत्ति आउँदैन ।
रासायनिक मलको प्रयोग गर्दा माटोलाई, वातावरणलाई तथा मानव स्वास्थ्यलाई हानिकारक गर्दथ्यो भने झोल मल प्रयोग गर्दा मानव स्वास्थ्यमा तथा वातावरणमा कुनै प्रकारको नकारात्मक असर नदेखाई मानव स्वास्थ्यमा होस् या वातावरणमा निकै नै फाइदाजनक परिणाम देखाउँछ ।
यसले जैविक मल, जैविक विषादी दुवैको काम गर्दछ । m स्थानीय बोटबिरुवा तथा गाईभैंसीको पिसाब प्रयोग गर्न मिल्ने भएकाले कृषकहरूलाई टाढा टाढा धाउनु पर्दैन जसले गर्दा समयको बचत हुन्छ ।
ई एम (शुक्ष्म जीवाणु)को प्रयोग गर्ने भएकाले मललाई छिटै कुहाउने काम गर्दछ ।
कृषि उत्पादन वृद्धि सँगै त्यसलाई स्वच्छ तथा स्वस्थ्य उपयोगी बनाउनु पनि प्रमुख कर्तव्य महसुस गर्दै जिम्मेवारीपूर्वक रासायनिक पदार्थको प्रयोग कम गर्दै सजकता अपनाउनु आजको आवश्यकता बनेको पाइन्छ ।
सन्दर्भ जानकारी:
doad.p1.gov.np...
Background music:
Kutumba Instrental (Asarai mahinama)
• Kutumba- Aasarai Maina...
विशेष धन्यबाद:
सर्व माध्यमिक विद्यालय तथा SEE BATCH-2078 का विद्यार्थी भाइबहिनीहरू ।
जिवनमा उपयाेगि भिडियाे सर धन्यवाद हजुर प्रर्ति
Thank you for your great information video can i get your contact number?
Thank you sir for the comment. You can get it through my fb page "Dahal agriculture and livestock farm"
facebook.com/dahalagristockfarm77?mibextid=ZbWKwL
❤❤
Kati mahinako pharka ma paryo garinxa
God job
Hajur Kun thau hola hjrko phon nambar pauna sakiyelata hjr
सम्पर्कको लागि
facebook.com/dahalagristockfarm77?mibextid=ZbWKwL
❤❤❤❤❤❤❤
Bhaisi Ko pisab prayog garna milchha ki nai
Sake samma gaiko bhaye ramro natra milxa bhaisiko pisab pani
एक पटक बनाएको झोल मलको कति अबधी सम्म रहन्छ कृपया झर्को नमानिकन बताइदिनु होला
प्रयोग गर्नु भएको सामग्री, परिमाण र तरिकामा भर पर्दछ । राम्रो नतिजा भनेको तयार भएको १-२ महिना हो तर सामान्य रूपमा हेर्ने हो भने १५ दिन देखि प्रयोग गरिएमा 3 महिना सम्म सक्रिय रहन्छ भने तयार भए पश्चात १ महिना बन्द भाँडोमा राखिए ५ महिना सम्म प्रयोग गर्न सकिन्छ । (पानी मिसिनु हुँदैन साथै धेरै पटक विरको खोल्ने बन्द गर्ने पनि गर्नु हुँदैन अवधि आफैले निर्धारण गर्न सकिन्छ) ।
कुनै जिज्ञासा तथा भिडियो सामग्री आवश्यक परे कमेन्ट गरेर सहयोग गर्न सक्नु हुनेछ ।
@@diwakardahal5218 ढेड बर्शको ग्राफ्टेड बिरुवा रोपेको कति कति दिनमा झोल मल राख्दा राम्रो हुन्छ र कलिलो बेर्नामा कति दिनमा राख्दा राम्रो हुन्छ।
@@menakakarki889 झोल मल बिरुवा सारिसकेपछि बाटै निरन्तर निश्चित अन्तरालमा प्रयोग गर्न सकिन्छ ।
ग्रफ्टेड विरुवा रोपण भइसके पछि पहिलो मुना पलाउन सुरु गरे देखि नै प्रयोग गर्न सकिन्छ, कलिलो बेर्नामा प्रयोग गर्दा १९ भाग पानी १ भाग झोल मल राम्रोसँग घोलेर छर्कन सक्नुहुनेछ ।
धन्यवाद हजुर जानाकारिको लागि।खरानी नभए के गर्ने
कृषि चुन प्रयोग गर्न सक्नुहुन्छ ।
बारिका काँडाहरु पाेल्ने खरानी निस्किहाल्छ
Good material for farmers and agriculture intrasted.
Wow dai 🥰
Very informative video ....keep up dai😊
hajurko channel ma jodiykoxu mero mani jodinu hola 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Huss, sure
Sir yo EM jhol kasto pasalma painxa .ra yesko satta dahi wa mahi parog garna sakinxa ki nai?
यो agrovet मा किन्न पाइन्छ ।
उपलब्ध छैन भने प्रयोग नगर्दा पनि हुन्छ ।
दही मोहीले नी प्रयोग गर्न सकिन्छ र पनि उद्देश्य एउटै हुँदैन ।
त्यसको साटोमा Bio enzyme प्रयोग गर्न सकिन्छ जसको लागि यो भिडियो हेर्नु हैं ।
th-cam.com/video/bhfFO4IOrpc/w-d-xo.html
That's
यो झाेल माेल हामीले पनि किन्न पाइन्छ
किन्नु पर्दैन, आफैले सजिकौ छोटो समयमै बनाउन सकिन्छ ।
Bazaar ma Paine bishadile jastai hamilai asar garchhaki gardaina
यसले मानवीय जीवन मा रासायनिक विषादीले जस्तो कुनै असर गर्दैन ।
Presentation ramro xa hAii sir👍
Kati patak smma mal nikalne ra tes paxi khosta ke garne uchit jankari ko apexyama xu
मलमा भएको तरल झोल नसक्कुन्जेल प्रयोग गर्न सकिन्छ । झोल सकिए पछि खोस्टा लाई मलको रूपमा खनजोत गर्दा प्रयोग गर्न सकिन्छ भने खोष्टमा पुनः गाईको पिसाब मिसाएर 10 दिन सम्म राखेर प्रयोग गर्न पनि सकिन्छ तर मलको गुणस्तरमा थोरै कमी आउँछ ।
good job bhai
Informative dude
Good luck, go ahead
Nice video
Nice work, keep it up!👍
Thank you sir
Very useful give information