लोभलाग्दो उत्तरपानी शिक्षालय एकाएक बन्यो कुरुप ll uttarpani shikshyalaya ll village life nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • #uttarpani
    #uttarpani_shikshyalaya
    #dhankuta
    #nepal
    #tourism
    I live in the eastern hills of Nepal. I enjoy everything here. I will try to show you what I see here through this youtube channel. In which the local way of life, lifestyle, profession, art and culture will remain
    मर्मतसम्भारको लागि बजेट नआउदा धनकुटा नगरपालिका-१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । ब्रिटिस सरकारको सहयोगमा विसं २०४० मा स्थापना भएको यो शिक्षालयमा मर्मतसंभारको अभावमा जिर्ण बनेको हो । भौतिक तथा प्राबिधिक सहयोग गरेको ब्रिटिस सरकारले त्यो बेला ४७ भबन निर्माण गरिदिएको थियो । अहिले ४७ मध्ये अधिकाशं भबन जिर्ण अबस्थामा रहेका छन् । केहि भवन पुननिर्माण हुन नसक्दा प्रयोग बिहिन रहेका छन् । भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिनुभयो । शिक्षालय भित्रका संरचना मर्मतसम्भारको लागि करीब ५ करोड रुपैया लाग्ने अनुमान छ । तर पटक पटक सो रकम माग गर्दा समेत रकम नआएको उहाँको भनाई छ ।
    ८६५ रोपनीमा स्थापित यो शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि-डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिनुको साथै वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । सुरु सुरुमा यो शिक्षालयको सुन्दरता अबलोकन गर्न धेरै पर्यटक आउनुको साथै बिभिन्न फिल्म यो स्थानमा सुटिङ हुने गरेको स्थानियको भनाई छ । तर सो क्षेत्र जिर्ण र संरक्षण अभाब भए संगै पर्यटक आउने क्रम समेत रोकीएको स्थानिय जयन्द्र घिसिङ्ग वताउनु हुन्छ ।
    त्यसोत अहिले केहि नयाँ भवन बनेका छन् तर नयाँ भवन पहिलेको भन्दा भिन्न तरीकाले बनाईएको छ । जसले समेत शिक्षालयको सुन्दरतामा असर गरेको स्थानियको गुनासो छ । नयाँ भवन निर्माण गर्दा समेत पुरानै शैलीमा निर्माण गरिनु पर्ने स्थानियको माग छ । वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् । २०४० साल बाट संचालनमा आएको यो शिक्षालय २०४५ सालमा सिटिईभीटी मार्फल आएको थियो । २०५२ साल सम्म प्राबिधिक सहयोग गरिरहेको ब्रिटिस सरकारले त्यस पछि भने चासो दिएको छैन ।

ความคิดเห็น •