छाप्रो-वासको चाडको पवित्र आत्मा र सिक्काको दृष्टान्त | परमेश्वरको मण्डली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024
  • [अरू पाँच सिक्का कमाएको मानिसजस्तै विश्वासको आँखा लिँदा
    पवित्र आत्माको कार्य पूरा हुन्छ]
    मत्ती अध्याय २५को सिक्काको दृष्टान्तमा, मालिकले नोकरहरूलाई
    पाएको सिक्काबाट व्यापार गर्न भनेजस्तै, हामीले पनि परमेश्वरबाट पाएको
    नयाँ करारको सुसमाचार सारा संसारमा लगनशीलताका साथ सुनाउनुपर्छ ।
    एक सिक्का पाएर जमिनमा लुकाइराखेको मानिसजस्तो नभईकन सबै शङ्का
    र हिचकिचाहटलाई पन्छाएर विश्वासको आँखाद्वारा सुसमाचार प्रचार गर्दा,
    हामीले परमेश्वरका चमत्कारहरू अनुभव गर्न सक्छौं ।
    [सुरुको मण्डलीका सन्तहरूजस्तै छाप्रो-वासको चाडको पवित्र आत्मा पाएका
    परमेश्वरको मण्डलीका सन्तहरूले कस्तो कार्य गर्नुपर्छ ?]
    पवित्र आत्माको शक्तिद्वारा हरेक दिन “येशू नै ख्रीष्ट हुनुहुन्छ’ भनी प्रचार गरेका प्रेरितहरूजस्तै,
    पवित्र आत्माको युगमा पहिलो आगमनमा भन्दा सात गुणा बढी पवित्र आत्मा दिनुहुने
    परमेश्वरको प्रतिज्ञामा विश्वास गर्दै, उनीहरूले आन साङ होङज्यू र माता परमेश्वरको
    मुक्तिको खबर सारा संसारमा परिश्रमका साथ प्रचार गर्नुपर्छ ।
    प्रेरित २:३८-४१
    पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति
    येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ । ...
    यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ ।” तब जस-जसले उनको कुरा ग्रहण गरे
    तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne

ความคิดเห็น • 811