Nepal's World Cup Journey: Triumph or Just Play?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ค. 2024
  • नेपालले विश्वकपको खेल अघि अभ्यास र तयारी खेलहरु खेलेर आफ्ना प्रतिद्वन्दीहरुलाई समुह चरणमा हराउने योजना बनाएको छ ।
    अब विश्वकप आउन धेरै समय बाकी छैन । जुन २ देखि अमेरिका र वेस्ट ईन्डिजमा टि २० विश्वकप २०२४ सुरु हुँदैछ । यस पटक नेपाल पनि T20 विश्वकपको लागि छनोट भई सकेको छ र ठूला टोलीलाई मात दिने दाउमा छ । त्यसको लागि नेपालले अधिक तयारी समेत गरिरहेको छ । केहि दिन अघि west Indies A लाई २ वटा टि २० खेलमा हराएर विश्व क्रिकेटलाई ठाडो चुनौति दिईसकेको छ। नेपाल जुनसुकै राष्ट्रलाई मात दिन सक्ने अवस्थामा छ ।
    नेपालको समूहमा Ned SA SL र Ban रहेका छन् ।
    अब कुरा गरौं तयारीको, जुन आज CAN ले सार्वजनिक गरेको छ ।
    विश्वकप सुरु हुनु एक महिना अघि अमेरिका उडेको नेपाली टिम अहिले अमेरिकामा छ । विश्वकप नजिकिदै गर्दा विश्वकपको तयारीका लागि वेस्टइन्डिजसँग अभ्यास खेल्ने तयारीमा रहेको नेपालको विश्वकप अघिको तालिका सार्वजनिक भएको छ। क्यानले सार्वजनिक गरेको तालिका अनुशार नेपालले मे २५ सम्म अमेरिका र वेस्टइन्डिजमा तालिम र अभ्यास गर्नेछ ।
    नेपाली टिम मे १२ मा विश्कप आयोजना स्थल सेन्ट भिसेन्टका लागि प्रस्थान गर्नेछ । १३ मे मा त्याहा तालिम गर्नेछ । १४ मे मा त्याहा पहिलो अभ्यास खेल खेल्नेछ । १५ मे मा आरामसहित आन्तरिक तालिममा सहभागि हुनेछ । यस्तै १६ मेमा विन्डवार्ड आइल्यान्ड र सेन्टभिसेन्टको संयुक्त टिमसँग दोस्रो अभ्यास खेल खेल्नेछ । १८ मे मा अर्काे अभ्यास खेल खेल्नेछ ।
    १९ मा फेरि नेपाली टिम होस्टनका लागि फर्किनेछ । २१ मे मा त्यहा विकेट तालिम लिनेछ भने २२ र २३ मे मा होस्टन हुरीकेनसँग अभ्यास खेल खेल्नेछ ।
    यसपछि २५ मे मा नेपाल विश्वकपको वार्मअप खेलमा सहभागि हुनेछ । नेपाल टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टेस्ट टिमसँग खेल्ने अवसर भिड्नबाट वञ्चित बनेको छ । ICC ले नेपाललाई उक्त अवसर दिएन ।
    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ।नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ ।
    दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा १२ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १५ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १७ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ । नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ । #nepal #cricket #accmenspremiercup #livecricketmatchtoday
    #icct20 world cup
    #nepal vs netherland
    #nepal vs west indies
    #live cricket match
    #nepali cricket team
    #team nepal
    #subhankar mishra #nepal vlog
    #ipl highlightvirat kohli #
    dale phillip #sandeep maheshwari #Ipl #live ipl #kantipur #pat cummins
  • กีฬา

ความคิดเห็น • 4

  • @3hreeM
    @3hreeM หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @loksewatayari8466
    @loksewatayari8466 หลายเดือนก่อน +1

    Daaamiiiii❤❤❤❤

  • @RajkumarBk-ck4cm
    @RajkumarBk-ck4cm หลายเดือนก่อน +3

    Nepal le ahileko world cup ma dherai record rakhne x 2 team lai ta paxarne x yo mero biswas ho ❤❤❤jay nepal

  • @surajrajdhami4170
    @surajrajdhami4170 19 วันที่ผ่านมา

    khelai jitena vane man kasari jitxa.