३ देखि ४ महिनामा नै सिताके च्याउ फलाउन सकिने जापानी प्रविधि Grow Shiitake Mushrooms in 3 To 4 Months

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ค. 2022
  • Welcome To Everest Kinoko Pvt. Ltd.
    How to grow Shiitake mushrooms in 3 to 4 months?
    एभरेष्ट किनोको प्राइभेट लिमिटेडमा स्वागत छ।
    यो भिडियो हेरिरहनु हुने सम्पूर्ण महानुभावहरूलाई 🙏 नमस्कार,
    संक्षिप्त रूपमा ३ देखि ४ महिनामा नै सिताके च्याउ कसरी फलाउन सकिन्छ ? भन्ने जापानी प्रविधिद्वारा गरिएको यस सिताके च्याउ खेतीको अनुसन्धान लाई यस भिडियोमा संक्षिप्त रूपले प्रस्तुत गर्न खोजेका छौं।
    विस्तृत रूपमा जानकारी हासिल गर्नको लागि कमसेकम ६महिना सिक्नु जरुरी छ भने, कम्तीमा पनि ३ दिनको तालिम लिनु जरुरी पर्दछ।
    व्यावसायिक ढंगबाट सिताके च्याउ फलाउन को लागि रुख र ढुसी सम्बन्धी जानकारी हुनुको साथै मौसम र जलवायु को ज्ञान हुनु पनि अति नै जरुरी हुन्छ।
    सिताके च्याउ फल्ने रुखहरू छुट्टै प्रकारका हुन्छन् भने, सिताके च्याउको ढुसी जसलाई बीउ भनेर चिन्ने गरिन्छ।
    सिताके च्याउको बीउ:
    यस बीउमा मा पनि दुई प्रकारका हुन्छन्, एउटा बाह्रै महिना फलाउन सकिने जात र अर्को सिजनमा मात्रै फल्ने जात का हुन्छन्।
    हामी सँग भएको बाह्रै महिना फलाउन सकिने जात का E 630, E 312, E 206, E 506, E 103 हुन्छ भने, अर्को सिजनमा मात्रै ३-४ महिना फल्ने M 290 नाम ले चिनिने जातको बजारमा सर्वत्र पाइन्छ।
    एभरेष्ट किनोको सन् २०१३ डिसेम्बर महिनामा मा स्थापित भई सन् २०१४ जुलाई ४ तारिखमा एक निजी प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो।
    (किनोको) को अर्थ हो च्याउ, जापानी भाषामा च्याउलाई किनोको भनिन्छ।
    जापानी भाषामा (सिई= कटुसको रुख,+ ताके= च्याउ) अर्थात् कटुसको मुढामा फल्ने च्याउ ( सिईताके )
    नेपाली भूमि विभिन्न जातका च्याउहरू खेती गर्न उपयुक्त छ। दुर्भाग्य वश, यो उच्च तापमान क्षेत्रहरूमा उपयुक्त छैन।
    दिन, प्रतिदिन नेपालमा नेपाली युवा कृषि उद्यमीहरू सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरूको संख्या बढ्दै गएको देखिन्छ । तर, प्राविधिक विज्ञहरू र प्रविधि कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्। एभरेष्ट किनोको प्रालि सदैव सिताके च्याउ खेती मा रुचि राख्ने उद्यमीहरूलाई स्वागत गर्दछ।
    हाम्रो उद्देश्य मुख्य रूपले सिताके च्याउलाई ध्यान केंद्रित गरिएको छ भने अन्य जापानी लोकप्रिय च्याउहरूको खेतीलाई पनि नेपाल भरि विस्तार गर्दै जाने लक्ष्य लिएका छौं ।
    हामीले जापान देखि ल्याएको यस प्रविधि भित्र्याउनको मुख्य कारण, यस च्याउहरूको खेती गर्नाले किसानहरूलाई लाभ हुनु साथै, कृषि विकासमा हाम्रो देश लाई मद्दत गर्न सक्छ। यो व्यवसाय सानो देखिने यद्यपि यसको आम्दानी मनग्य छ। देशमा बढ्दै गइरहेको वैदेशिक रोजगारीलाई स्वदेशमै स्व रोजगार सिर्जना गरी देशको मेरुदण्ड मानिने युवाहरूलाई नेपालमै स्व रोजगार बनाउनको लागि हामी उत्साहित छौं। नेपाल सरकार ले विचार पुर्याउनु पर्ने कुरा, वैदेशिक रोजगारमा पठाइनुको सट्टा, विदेशमा महँगो दामले विक्री हुने यस सिताके च्याउ लाइ नेपालमै उत्पादन गरि, उत्पादित गुणस्तरीय सिताके च्याउ लाई निर्यात गरी प्रचुर मात्रा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ। नेपाल कृषिप्रधान देश भएकोले हामीलाई यो प्रविधि, प्रदान गर्न पाउँदा धेरै खुसी हुनेछ।
    यदि तपाइलाई सिताके च्याउ खेती वा सिताके च्याउ सम्बन्धी कुनै पनि जानकारी चाहिएमा हामीलाई सम्पर्क गरि फार्म मा प्रत्यक्ष भिजिट तथा अवलोकन गर्नु वा गराई परामर्श लीन सक्नु हुनेछ।
    हाम्रो कार्यालय र डेमो फार्म साथै तालिम केन्द्र राष्ट्रिय संग्रहालय (म्युजियम) र दुरसंचार छाउनी काठमाडौं को पछाडी (सीतापाइला र स्वयम्भूको नजिक) छ।
    एभरेष्ट किनोको प्रा. लि. Mobile No: 977 9818 422 512 (Viber, What’s App, and FB Messenger available)
    For more detail about Shiitake mushroom information, Please visit our page, हाम्रो बारेमा विस्तृत जानकारीको लागि: / everestkinoko
    Facebook Messages: m.me/everestkinoko
    Or You can chat or send messages from Google maps. Searching “Everest Kinoko Pvt. Ltd”
    More details about our story and mission: everestkinok...
    Shopping on FB Page: everestkinok...
    Shopping in Google: everest-kinoko-pvt-ltd-kathma...
    धन्यवाद। ありがとうございました
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 14

  • @ashokshahi1504
    @ashokshahi1504 2 ปีที่แล้ว +1

    Thank you very much Sir, for making a very wonderful work about shiitake mushroom cultivation. सिताके च्याउ खेतीको बारेमा धेरै राम्रो जानकारी दिनु भएकोमा हजूर लाई धेरै धेरै धन्यवाद।

  • @user-eb5nc9ow5c
    @user-eb5nc9ow5c 2 ปีที่แล้ว +2

    च्याउ खेति गर्न मन लाग्यो सर धनकुटा तिर बिउ को बेबस्था मिलाई दिनु पर्यो सर

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  2 ปีที่แล้ว

      स्वागत छ हजुर, टेलिफोन पाउन हजुर

  • @SanzzivLama
    @SanzzivLama 3 หลายเดือนก่อน

    Hlo sir hjur ko office kata xa batai dinu paryo

  • @sanushrestha8463
    @sanushrestha8463 ปีที่แล้ว +1

    नमस्कार सर

  • @ganeshman7
    @ganeshman7 5 หลายเดือนก่อน

    Madhes Tarai tira sambhav xa ki xaina sir. Shitake

  • @FUNNYCLIP885
    @FUNNYCLIP885 5 หลายเดือนก่อน

    Yesko biu chai ka paucha?

  • @rameshpradhan4198
    @rameshpradhan4198 6 หลายเดือนก่อน

    बीउ राेप्ने मेसिन कति पर्छ सर

  • @shaligramghimire3984
    @shaligramghimire3984 ปีที่แล้ว +1

    M 290 बाहेक अरु बा्हमासे च्याउकाे बीउ मलाई पनि चाहिएकाे छ।

  • @sanushrestha8463
    @sanushrestha8463 ปีที่แล้ว +1

    मलाई पनि हजुर ले जसरि चाउको खेती गरन मन लागिएको हुना ले हजुरको ठेगाना र मोबाइल नम्बर पाउन सकिन्छ सर

  • @hbsdfort9556
    @hbsdfort9556 3 หลายเดือนก่อน

    फोन नम्बर र तपाईंको ठेगाना दिनुहोस् न तब पो सिकाउने उदेश्य पनि पुरा होला सर।