इजरायल रिटर्नी किसानले धादिगंमा कृषि गरेरै कमाउछन् बार्षिक एक करोड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • #Halokhabar
    देशमा साच्चिकै केही गर्ने हो भने कृषिको विकल्प छैन । नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषिभन्दा गतिलो अर्को केही पनि छैन । कृषिप्रधान देश भनिए पनि नेपाल धानदेखि लसुन, धनियाँ, जिरासम्ममा परनिर्भर छ । वर्षेनी ठूलो मात्रामा बाहिरबाट नेपालमा तरकारी, मासु, धान लगायतका खाद्यान्न आयात भइरहेको छ । अहिले खाद्यान्नका लागी परनिर्भर रहेको नेपाल आत्मनिर्भर बन्नै नसक्ने देश भने होइन । परम्परागतशैलीमा गरिने खेती र अधिकांस काम गर्न सक्ने युवा बाहिरी मुलुकमा श्रम बेच्न गएका कारण नेपालमा प्रयाप्त मात्रमा खेती हुन सकेको छैन । अहिले कोरोना प्रकोपका कारण कृषिप्रति धेरैको आकर्षण देखिए पनि यो आकर्षण प्रभावकारीरुपले स्थायी हुन्छ भन्ने ठेगान छैन । हलोखबरमार्फत हामी कसरी उन्नत तरिकाले कृषि गरी परनिर्भरता घटाई कृषिबाटै आर्थिक उन्नती गर्नु पर्छ भन्ने सोचका साथ आएका हौ । र, हाम्रो यो अभियानलाई साथ दिनु हुन्छ भन्ने विश्वास हामीले गरेका छौँ ।

ความคิดเห็น • 1