आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै
ฝัง
- เผยแพร่เมื่อ 2 ก.พ. 2025
- सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका शहरसँग हवाईमार्गबाट जोड्न विक्रम संवत २०३४ सालमा सिमकोट विमानस्थलको निर्माण भयो ।
त्यपछि हुम्ला आउने जहाजहरुले ढुवानी अनुदानमा चामल गहुँ, मकैजस्ता खाद्यन्न सार्न थाले । त्यसयता यहाँका नागरिकले स्थानीय बाली उत्पादन गर्नुभन्दा खाद्यको चामल खरिद गरेर छाकटार्ने भन्दै अधिकांश हुम्लीहरुका भान्छामा खाद्यको चामलले प्राथकिता पाउन थाल्यो । खाद्यको गोदाममा चामल लिनेको ठूलै भिड लाग्ने गर्यो । जसका कारण हुम्लाको नामसँग खाद्यन्नको अभाव र चरम खाद्य असुरक्षा भएको जिल्लाको उपमा जोडिदैं गयो ।
वास्तवमा जिल्ला सदरमुकाम सिमकोट र केहि केन्द्रमा खाद्यन्नको समस्या देखिएपनि जिल्लाका सबै क्षेत्रमा सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउने चामलकै भर पर्नु पर्दैन । रैथाने उत्पादन हुने क्षेत्रको उत्पादनलाई अन्यत्र लिन सडक सञ्जाल नजोडिनु , उत्पादन भएको अन्न लामो समय भण्डारण गर्ने प्रविधि नहुनु जस्ता समस्याले हुम्लामात्रै होइन सिंगो कर्णाली क्षेत्र नैं रैथाने उत्पादन नहुने क्षेत्रका रुपमा चिनिदैं आएको छ ।
यद्यपी एक ठाउँको रैथाने उत्पादनलाई अर्को ठाउँमा लैजाने, लामो समय भण्डार गर्ने प्रविधिको विकास गर्ने, रैथाने उत्पादनको बजारिकरण गर्ने हो भने वास्तवमै हुम्ला जस्ता कर्णालीका दुर्गम जिल्लालाई स्थानीय उत्पादनमै आत्म निर्भर बनाउने सकिने देखिन्छ । यस सम्बन्धि थप विवरण सहकर्मी वेलुममया महताराको रिर्पोट