"नुनथर" Nunthar रौतहट, मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य,बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.พ. 2024
  • #rautahat #sarlahi#sindhuli
    रौतहटको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल नुनथर
    पूर्व-पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ स्थित १६ हेक्टर क्षेत्रमा फैलिएको यो स्थानको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । चुरेफेदको पानीका मूलहरूमध्ये नुन मिसिएको मिठासयुक्त अन्यत्र पाइएको छैन ।
    १ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्त्वले प्रख्यात छ । यही पानी नबिराई दुई वर्षसम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास छ । आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा निकै प्रसद्धि छ नुन्थर । छिमेकी जिल्लाहरु सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन ।
    विवाह, ब्रतवन्ध, नयाँ वर्ष मनाउन, पिकनिक, तथा मनोरह दृश्यका लागि प्रख्यात रहेको छ नुनथर । पछिल्लो समय नुनथरमा पुगेर बर्थ डे मनाउनेहरु बाक्लै भेटिन्छन । नुनथरमा झोलुंगे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाहीलाई समेत जोडेको छ  । तस्बिर खिच्न मात्र पनि पुलमा पुग्नेहरु धेरै छन् ।
    यहाँबाट बागमती नदीको रमाइलो दृश्य देख्न सकिन्छ । चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनिरहेको छ । यहाँ आउने जो कोही रमाउँछन् । भगौलिक बनावटले पनि नुनथर पर्यटकका लागि चर्चित बनेकोले यहाँ आउने सबैलाई यस क्षेत्रले लोभ्याएको छ ।

ความคิดเห็น • 7

  • @shankarbasaula
    @shankarbasaula 4 หลายเดือนก่อน +1

    🎉

  • @MRgurau0
    @MRgurau0 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @Minakoirala12
    @Minakoirala12 4 หลายเดือนก่อน +1

    आहा सुन्दर

  • @YuvrajOfficialYo
    @YuvrajOfficialYo 4 หลายเดือนก่อน +1

    Dami raixa ta yr ratauhat ma poni nunthar😊

  • @yamooncdy
    @yamooncdy 4 หลายเดือนก่อน +1

    Amazing ❤❤

  • @pukarkc1058
    @pukarkc1058 4 หลายเดือนก่อน +1

    Mozz garnus kaku