मरिण गाउँपालिका सिन्धुलीको वृत्तचित्र (Documentary of Marin Rural Municipality Sindhuli)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान ३ गाविस समेटी गठन गरेको क्षेत्र नै मरिण गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण सिन्धुली जिल्लाकै प्रशिद्द खोला मरिण खोलालाइ आधार मानी गरिएको छ । पूर्वमा कमलामाइ नगारपालीकाको सिमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालीका, उत्तरमा काभ्रे जिल्ला र घ्याङ्लेख गाउँपालिका र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल ३२४.५५ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा समथर फाँट, चुरे क्षेत्र, खोला खोल्सी, अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग रहेको छ । गाउँपालिकाको मध्य भागमा मरिण नदी, उत्तरमा महाभारत शृङ्खला र दक्षिणमा चुरेशृखलाहरु रहेको छ । मानविय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपिलकामा मगर, माझी , विश्वकर्मा, दमाई, सार्की, बाहुन, क्षेत्री, नेवार लगायतका जातीहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसङ्ख्या २७,८२२ छ । मानविय चेतना तथा भौतिक, आर्थिक र पुर्वाधार विकासको दृष्टिकोणबाट यस मरिण गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले पन्चकन्या पोखरी, ठाकुर दरवार, धुरी ढुङ्गा र टुडिखेल एतिहासिक महत्व बोकेको स्थानको रुपमा हेरीएको छ यि ठाउँहरु पनि यसै गाउँपालिकामा पर्दछन ।
    दक्षिणतर्फ चुरे श्रृखला र उत्तरतर्फ महाभारत पर्वतको बीचमा अवस्थित मरिण खोँच क्षेत्र जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । मरिण खोला लगायतका विविध साना ठुला खोला, खहरेबाट सिन्चित भइ आएको यो क्षेत्र परापूर्व कालदेखि नै अन्न र पशुजन्य उत्पादनको भण्डारको रुपमा यस जिल्लामा परिचित छ । परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफुलको व्यवसायीक खेती गर्ने प्रचलन बढ्दै गएको छ । र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायिकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्दी गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष अनुरुप दिर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ, साथै कृषि जोन कार्यक्रम सञ्चालनको लागि पहल भइरहेको छ । यो गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविध्यालयको आङ्गिक कलेज मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेज ३ न+= प्रदेश स्तरीय सञ्चालन भइ पठनपाठन भइसकेको कुरा सर्वविधतै छ । यो कलेजले यस क्षेत्रको कृषिको विकासमा टेवा पुग्नेछ भन्ने आसा लिइएको छ । यहाको मुख्य पेशा कृषि नै हो ।
    #Marinruralmunicipality #Documentaryofmarin #Maringaupalika

ความคิดเห็น • 16

  • @RamMajhi-yx9ts
    @RamMajhi-yx9ts 2 หลายเดือนก่อน

    Good keep it up Marin gau palika 🙏

  • @MAGAROFFICIAL20
    @MAGAROFFICIAL20 5 หลายเดือนก่อน

    हाम्रो पालिका राम्रो पालिका सदैव🙏🙏🙏

  • @daltamang1543
    @daltamang1543 ปีที่แล้ว

    धेरै राम्रो काम को सुरुवात ।

  • @sadrakthapa108
    @sadrakthapa108 ปีที่แล้ว

    बधाई छ।म पनि पहिले सिन्धुली पु झा गा बि स हाल सुनकोसी गा पा , थापा थुम्काको हु,हाल रौतहट च पुर( जुडिबेला) खुसी लाग्यो ,, मरिन कपिलाकोट तिरको साथिहरु को लगनशीलता,, धन्यवाद भिडियो बनाएर पोष्ट गर्नुहुने साथिको लागि पनि।

    • @helpful1990
      @helpful1990 ปีที่แล้ว

      सर तपाईं पाहाड बाट तराई जानू भयछ म चै च पुर बाट कमला खोज आको हु रौतहट को नजर पुर बाट

  • @HITSNepalHTN
    @HITSNepalHTN ปีที่แล้ว

    good job Marin thnks

  • @prabinlamgade9847
    @prabinlamgade9847 6 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @SanjivKumar-ep8ku
    @SanjivKumar-ep8ku 2 ปีที่แล้ว +1

    One of the best Gaunpalika in Nepal but still lot of things to do for the connectivity of marin from different parts of Nepal. Had better to focus to connect BP Highway from nearest point meanwhile mahendra highway connectivity is essential for the overall development of Marin.

    • @ramanbhandary7501
      @ramanbhandary7501 2 ปีที่แล้ว

      What about Madan Bhandari highway? Is it connected by it too?

  • @B2_Bicky_FF
    @B2_Bicky_FF ปีที่แล้ว

    Good

  • @ghisingsajan9685
    @ghisingsajan9685 ปีที่แล้ว

    हरिहरपुरगढी गाउँपालिका काे बोटिनी र झ्याडी काे पनि एउटा भिडियो बनाउनु पर्यो सर 🙏

  • @user-ws8ch1kb7w
    @user-ws8ch1kb7w 8 วันที่ผ่านมา

    सबैमा नमसकार मलाई चोकिको नमर दिनृ होला हजृर

    • @user-ws8ch1kb7w
      @user-ws8ch1kb7w 8 วันที่ผ่านมา

      मेरो नाम रिता काकी घर जृटपानि हो

  • @pusparajbaral2363
    @pusparajbaral2363 8 หลายเดือนก่อน

    मध्यपहाडी होइन ।होइ ।मदन भन्डारि लोकमार्ग हो।मध्यपहाडी लोकमार्ग ले गोलन्जोर र फिक्कल गाउँपालिका मा ५५ किलो मिटर पर्छ।खुर्कोट बाट पुर्ब सुनकोशी किनार

  • @asx2321
    @asx2321 2 ปีที่แล้ว

    Hawa ho Mula gauma aajae batti pugeko xaina

    • @minatamang5738
      @minatamang5738 2 ปีที่แล้ว

      🤣🤣kasle vaneko batti pugena vanera chai