समाधि घटित भएपछि मनमा प्रश्नै बाँकी रहँदैन : Swami Anand Arun।Pragyan।Osho Tapoban

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 มิ.ย. 2022
  • ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले समाधि सबै कुराको समाधान भएको बताएका छन् । ‘कुनै व्यक्तिमा समाधि घटित भएपछि सबै समस्याको समाधान हुन्छ, सबै प्रश्नको उत्तर प्राप्त हुन्छ,’ दृश्य टिभीसँग कुराकानी गर्दै स्वामी अरुणले भने । समाधि अनुभव भइसकेको व्यक्तिको मनमा कुनै तृष्णा बाँकी नरहने उनको बुझाइ छ ।
    सन् १९६९ मा इन्जिनियरिङको विद्यार्थी रहेका बेला बीसौं शताब्दीका रहस्यदर्शी आध्यात्मिक गुरु ओशोलाई भारतमा प्रत्यक्ष भेटेर उनले संन्यास दीक्षा लिएका थिए । त्यसयता स्वामी अरुणको दिनचर्या ध्यान, साधना, प्रवचन, संन्यास दीक्षालगायत कार्यक्रममा व्यतीत हुँदै आएको छ । आफ्ना गुरु ओशोको उत्प्रेरणाले ३२ वर्षअघि काठमाडौंको नागार्जुनमा ओशो तपोवन कम्युन स्थापना गरेका स्वामी अरुणले यस बीचमा स्वदेश र विदेशका हजारौं व्यक्तित्हरुलाई संन्यास दीक्षा प्रदान गरिसकेका छन् ।
    योगलाई सामान्य अर्थमा ‘जोड्नु’ अर्थात् आत्मालाई परमात्मासँग जोड्नु भन्ने अर्थमा बुझिने गरिएको उनको भनाइ छ । योगलाई पतञ्जली ऋषिले अत्यन्त वैज्ञानिक ढंगले व्याख्या गरिएको उनले स्पष्ट पारे । ‘पतञ्जलीले योगको अष्टांग मार्गबारे अत्यन्त व्यवस्थित ढंगले चर्चा गरेका छन् । यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि भनी उत्कृष्ट व्याख्या गरिएको छ,’ उनले भने ।
    कतिपय व्यक्तिहरुले योगलाई शारीरिक व्यायाम वा आसनका रुपमा बुझ्ने गरेको र त्यस्तो बुझाइ उपयुक्त नभएको उनको ठम्याइ छ । ध्यानलाई वैज्ञानिक ढंगले बुझ्न नसक्दा समस्या आउने गरेको उनी बताउँछन् । पछिल्लो समयमा अस्तव्यस्त जीवनशैलीले मानसिक समस्या बढ्दै गएकाले अध्यात्मिक जीवनशैलीले मात्र त्यस्ता समस्या समाधान गर्न सकिने स्वामी अरुणको अनुभव छ ।
    ध्यान-साधनाको क्रममा साधकले प्रकाश देख्ने अनि भाइब्रेसन महसुस हुने घटना सामान्य प्रक्रिया भएको उनी बताउँछन् । ‘कतिपय मेरा गुरु भाइहरुले प्रकाश देखेपछि म इन्लाइटेन भए पनि प्रचार गरेको देखिन्छ, जुन सरासर गलत हो,’ उनी स्पष्ट पार्छन् । स्वामी अरुण आफूलाई इन्लाइटेन व्यक्ति भन्न चाहँदैनन् । आफू साधक मात्र रहेको उनको स्वीकारोक्ति छ ।
    काठमाडौं तपोवनस्थित ओशो तपोवनमा ध्यान साधनाका लागि विश्वका विभिन्न मुलुकबाट साधकहरु आउने गर्छन् । गुरु ओशोको उत्प्रेरणा र सहायताले आफूले माध्यम भएर उहाँको शिक्षालाई विश्वका विभिन्न मुलुकमा फैलाउन सफल भएको उनको धारणा छ । ‘गुरु ओशोले शरीर छाड्नुभएको ३२ वर्ष भयो, अझै पनि मैले उहाँबाट मार्गदर्शन पाइरहेको छु,’ आफ्ना गुरुप्रति उनले अगाध समर्पण प्रकट गरे ।
    उमेरले ७९ वर्ष पुगे पनि अझै पनि स्वामीजीले ध्यान-साधना सिकाउने अनि संन्यास दीक्षा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । चरम भौतिक जीवनशैलीले संसारमा विकराल समस्या निम्तिएको उनको राय छ । ‘मानिसले समाधिको अनुभूति नगरेसम्म डर र लोभबाट मुक्त हुन सक्दैन, त्यही भएर पनि जीवनका लागि आध्यात्मिक साधना अति जरुरी छ,’ उनी भन्छन् ।
    योग, ध्यान, साधना, समाधि, जीवन, मृत्यु आदिबारे स्वामी आनन्द अरुणसँग दृश्य टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । हेरौँ-भिडियो ।
  • เพลง

ความคิดเห็น • 24

  • @anjanibhattarai-sw5nk
    @anjanibhattarai-sw5nk 23 วันที่ผ่านมา +1

    समाधि को अर्थ ,
    सृष्टि को अंत्य र सत्य को सुरु l
    यों स्थान सत्य लोक को केंद्र माँ छ l
    यों अवस्था को बयान सम्भव छ ?

  • @bandananeupanae5518
    @bandananeupanae5518 28 วันที่ผ่านมา

    Naman swami ji

  • @gayatridahal8671
    @gayatridahal8671 10 หลายเดือนก่อน +2

    जय गुरुदेव जय ओशो प्रनाम्🙏🙏🌹🌹

  • @madhusudankhadka5428
    @madhusudankhadka5428 5 หลายเดือนก่อน

    स्वामी ज्यू , मानब जिवनमा अपरीहायॅ ज्ञान ,गुणको बाणी बक्स्यो , आभारी छु , हुन त मैले पनि ओशो तपवनमा केही समय अगाढी ९ दिने शिबीरमा बस्ने शौभाग्य पाई ।।

  • @bijayadahal451
    @bijayadahal451 7 หลายเดือนก่อน

    भगवानको रुप स्वामी आनन्द अरुण जय गुरुदेव।

  • @user-my7uc2pd2e
    @user-my7uc2pd2e 8 หลายเดือนก่อน

    अलकनिरजनॐ ओशाे

  • @sitaadhikari181
    @sitaadhikari181 5 หลายเดือนก่อน

    jaye hos🙏

  • @gayatridahal8671
    @gayatridahal8671 9 หลายเดือนก่อน

    जय गुरुदेव प्रनाम 🙏🙏🌹🌹🌹

  • @nirakharel8059
    @nirakharel8059 6 หลายเดือนก่อน

    Jay gurudev🙏

  • @chijagurung1486
    @chijagurung1486 ปีที่แล้ว

    Naman swami ji🙏🙏🙏

  • @bandananeupanae5518
    @bandananeupanae5518 ปีที่แล้ว

    Ati sundar guru dev

  • @MiraPrasai
    @MiraPrasai ปีที่แล้ว

    कस्तो सुन्दर प्रेरणादायी कुरा स्वामीजीको ।

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 ปีที่แล้ว

    जय गुरुदेब 🙏🙏

  • @prabhasijapatiprabha7724
    @prabhasijapatiprabha7724 10 หลายเดือนก่อน

    गुरुजी 🙏 दैलेख बाट

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 2 ปีที่แล้ว

    जय गुरुदेब 🙏🙏🙏🇳🇵

  • @mr.pitambaracharya5471
    @mr.pitambaracharya5471 2 ปีที่แล้ว

    Guru pranam naman

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 ปีที่แล้ว

    ❤️❤️🙏🙏

  • @travelwithsarlesh
    @travelwithsarlesh 2 ปีที่แล้ว

    Gurudev 🙏🙇‍♂️❤️

  • @sudiprijal3037
    @sudiprijal3037 2 ปีที่แล้ว

    gudv

  • @dinanathacharya7108
    @dinanathacharya7108 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purnimashrestha1407
    @purnimashrestha1407 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @khadkamohan2820
    @khadkamohan2820 ปีที่แล้ว +1

    अरुण जी, सृष्टि रचनामा तप्काहरु धेरै छन् तपाई सिधै ब्रम्ह्मतत्वसंग साक्षातकार गर्न सक्नु हुँदैन् भन्नु भयो र तपाईको शक्तिपातको उर्जाको स्रोत ओशो भन्नु भयो । ओशोले जिन्दगि भर मोक्षको कुरा गर्नु भयो र हिजो वहाँ अबक्तबाट, कालको कारण ले व्यक्त हुनु भयो र स्थुल शरीर धारण गर्नु भयो त्यसपछि स्थुल शरीरको त्याग पछिपनि वहाँ लिङ्ग शरीरको रुपमा (सुक्ष्म शरीर) मा ब्यक्त अवस्था मै हुनुहुन्छ । खोई त मोक्ष ? मोक्ष त त्यो अवस्था हो, मृत्यु पछिको सुक्ष्म अवस्थामा पनि ब्यक्त नै हुन्छ र आफ्नो आवरणको विलय गरेर शुद्ध आत्मा र प्रकृतिको अवस्थामा रहँदा तारक शिब जी ले प्रकृति शक्तिको (माया) को क्षय गरेर शुद्ध आत्मा परमात्मा मा विलय हुनु मोक्ष हो । ओशो ले किन मोक्ष पाएनन् भने उन्ले मोक्षको बैदिक व्यवस्थामा आफ्नै अनुभवले सृजना गरेको कुरा व्याख्या गरे र त्यहि प्रकृया मै लागे । मोक्ष कुनै सजिलो व्यवस्था होइन । सृष्टि संरचना, जिवन, मृत्यु, र त्यसपछिको अवस्थाको ज्ञान पूर्ण ज्ञान र जिवन छँदै उच्चतम बैराग्यको अभ्यासमा पाइने सृष्टिको रचना हो । यो अकाट्य व्यवस्थामा कसैले फेरबदेल गर्न कोईपनि असमर्थ छ । यहि श्वासत सत्य हो । यहि सृष्टि रचनाको व्यवस्था हो । शिब जी कि जय ।

  • @laxmichaurel6960
    @laxmichaurel6960 9 หลายเดือนก่อน

    Aananda arun ko nepali book kun xa

  • @shantamshree922
    @shantamshree922 11 หลายเดือนก่อน

    Anand Arun swami manmai chhu bhannuhunchha, ani feri manko parko byakhya pani garnuhunchha. Aruko anubhav chahi bhram afno chahi authentic re. Jo samadhi ta anubhav gareko chaina vandaichha ani paramatmasanga chahi judeko chhu re. kuchh bhi ? khub kalpanama udirahanu bhaeko chha. manko par nagai, samadhiko anubhav navai yi sab khayali pulau wala kura jati gare ni kehi hunna.