कानूनी व्यवसायीको आचारसंहिता/ कानून व्यवसायीको पेशागत आचारहरु,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • यस भिडियो मा हामी हजुरहरु लाई कानुन कानूनी व्यवसायीको आचारसंहिता, र कानून व्यवसायीको पेशागत आचार हरुको बारेमा जानकारी गराएका छै ।
    कृपया भिडियो अन्तिम सम्म हेरर जस्तो लाग्छ त्येस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला ,
    साथै यदि तपाईं हाम्रो channel मा नयाँ हुनुन्छ भने channel subscribe गरि हौसला बढाउनु होला।🙏💝
    कानून व्यवसायीको पेशागत आचारहरु :-
    (१) कानून व्यवसायीले देहायका पेशागत आचार अनिवार्यरूपले पालन गर्नु पर्नेछ :
    (क) कानूनी व्यवसायले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्नु हुँदैन ।
    (ख) झुठा मुद्दा चलाउन पक्षलाई प्रेरणा दिन हुँदैन ।
    (ग) कसैलाई दुःख दिने वा प्रतिशोध लिने उद्देश्यले मुद्दा सिर्जना गर्न हुँदैन ।
    (घ) मुद्दा टुग्याउने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अदालतलाई असहयोग गर्न हुँदैन ।
    (ङ) न्यायिक प्रकृयालाई दुरूपयोग गर्न वा गराउन हुँदैन ।
    (च) सत्य कुराको बयान वा बकपत्र गर्न गराउनबाट पक्षलाई रोक्न हुँदैन ।
    (छ) न्याय प्रशासनसँग सम्बन्धित काम कारबाहीका सिलसिलामा अदालत वा न्यायाधीश वा कानून व्यवसायीप्रति अनास्था पैदा हुने किसिमकमा झूठा प्रचार प्रसार गर्न हुँदैन ।
    (ज) आफूले गर्न नभ्याउने वा नसक्ने अवस्थापरी मुद्दा फिर्ता गर्नुपर्दा सामान्यतया अर्को कानून व्यवसादि मुकरर गर्न नभ्याउने किसिमबाट फिर्ता गर्न हुँदैन ।
    (झ) संघ संस्थाको रकम मास्न खान हुँदैन ।
    (ञ) अदालतमा यथा समयमा उपस्थित हुने, कालो कोटसहितको पूर्ण पोशाकमा उपस्थित हुने, इजलास तथा विपक्षीका कानूनी व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्ने, एक अर्काप्रति लान्छना नलगाउने, रिस राग द्वेष नराख्ने, अदालतका कर्मचारीप्रति सौहार्दपूर्ण व्यवहार गर्ने, शिष्टतापूर्वक बोल्ने र आफ्नो पालोमा उचत ढंगल बोल्ने जस्ता अनुशासनका नियम तोड्न हुदैन ।
    (ट) आफ्नो पक्षलाई फाइदा पुऱ्याउनका जानी जानी कायम नरहेको नजीर र मुद्दामा लागू नहुने खारेज भएको वा संशोधनपूर्वको कानूनको अदालतमा जिकिर लिन हुँदैन ।
    (ठ) मिसिलमा नभएको तथ्य जानी जानी बहसमा प्रस्तुत गर्न हुँदैन ।
    (ड) आफू साक्षी रहेको लिखतसँग सम्बन्धित मुद्दामा कानून व्यवसायीका रूपमा संलग्न हुनु हुँदैन ।
    (ढ) पहिलो मुद्दामा उवपलब्ध गराएको जानकारीको गोपनियता भंग गर्न हुँदैन ।
    (ण) व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन, विज्ञापन र पत्राचार जस्ता काम गर्न हुँदैन ।
    (त) व्यावसायिक प्रचारका उद्देश्यले नामपेटिका (साइनबोर्ड) राख्ने, नामपेटिका वा परिचयपत्र (भिजिटिङ कार्ड) वा फाइल वा पत्राचार ठेली (लेटर प्याड ) मा पूर्व हैसियत वा कानूनी व्यवसायसँग असम्बन्धित पद वा हैसियत लेख्न छाप्न हुदैन ।
    तर यस बन्देजले विशेष अध्ययन र अनुभवका कारणबाट आफू खास प्रकृतिका मुद्दा लिने भनी ती लिखतहरूमा आफ्नो कार्यक्षेत्र छाप्ने बाधा पुयाएको मानिने छैन ।
    (थ) पक्षसंग प्रतिशतमा पारिश्रमिक लिने वा ठेक्का पट्टा बोल कवोल गरी मुद्दा लिन हुँदैन ।
    (द) अदालतको समयमा मादक वा लागू पदार्थ सेवन गरी अदालतमा उपस्थित हुनु हुँदैन ।
    (ध) मुद्दाको हारजीतको आधारमा आफ्नो पारिश्रमिक तय गर्न हुदैन ।
    (न) परिषद्ले मगेको विवरण दिदा ठूलो विवरण दिन हुँदैन ।
    (प) आफूले वा आफ्नो प्रत्यक्ष निर्देश र निगरानीमा आफ्नो फर्म वा चेम्बरको कानूनी व्यवसायी वा आफूसँग काम गर्ने लेखनदासबाहेक अन्य व्यक्तिले तयार गरेको मस्यौदा प्रमाणित गरिदिने उद्देश्यले सही गर्न हुँदैन ।
    (फ) मुद्दा प्राप्त गर्न दलाल नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिए बापत कसैलाई दलाली दस्तुर (कमिशन) दिन हुँदैन ।
    (ब) चल अचल सम्पत्ति हस्तान्तरणसम्बन्धी काममा दलाली गर्न हुँदैन ।
    (भ) एकै मुद्दामा पक्ष र विपक्ष दुवैका तर्फबाट स्वयम् मस्यौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन तथा आफूसँगै काम गर्ने कानूनी व्यवसाय वा लेखनदास वा अन्य व्यक्तिद्वारा जानी जानी मस्यौदा वा बहस वा पैरवी गर्न गराउन हुँदैन ।
    (म) पक्षले दिएको लिफामा तमसुक, करारनामा आदि खडा गरी आफूलाई फाइदा वा पक्षलाई बेफाइदा हुने काम गर्न हुँदैन ।
    (य) पक्षले दिएको सद्दे लिखत विपक्षीसँग मिली बिगारी प्रमाण नलाग्ने वा काम नलाग्ने तुल्याई दिन हुँदैन ।
    (र) पक्षले दिएको लिखतसमेत अन्य प्रमाण विपक्षलाई फाइदा पुयाउने उद्देश्यले उपलब्ध गराउनु हुँदैन ।
    (ल) भ्रष्टाचार गर्न गराउन हुँदैन ।
    (व ) नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुँदैन ।
    हाम्रो अन्य भिडियोहरु हेर्नको लागि
    ⛔️video links 👇️
    What is marriage :- • What is marriage ?\ कस...
    फिरादपत्र भनेको के हो ? फिरादपत्र लेख्दा ध्यानदिनुपर्ने कुरा हरु :- • फिरादपत्र भनेको के हो?...
    person types of person :- • What is person ? type ...
    Types of law:- • Types of Law कानुनको प...
    देवानी कानुनका सिद्धान्तहरु principle of civil law: • देवानी कानुनका सिद्धान...
    बौद्धिक सम्पत्ति : • What is intellectual P...
    धर्मपुत्र धर्मपुत्रपुत्री सम्बन्धि कानुनि ब्याबस्थ : • धर्मपुत्र वा धर्मपुत्र...
    कस्तो किसिमको अपराधमा जन्म कैद हुन्छ?: • Punishment of life imp...
    divorce:पत्नीले पतिको मञ्जुरी बिना सम्बन्ध विच्छेदकसरी हुन्छ?: • पत्नीले पतिको मञ्जुरी...
    Divorce: पतिले पत्नीको मञ्जुरी बिना सम्बन्ध विच्छेदकसरी हुन्छ?: • Divorce: पतिले पत्नीको...
    legal draft कानुनी मस्यौदा भनेको के हो?: • कानुनी मस्यौदा भनेको क...
    मौलिक हक याद गर्ने सबैभन्दा सजिलो तरिका 👇️
    भाग-3=मौलिक हक र कर्तव्य: • संविधान भनेको के हो ?म...
    भाग-11 न्यायपालिका : • भाग-11 न्यायपालिका ,ने...
    भाग -6 राष्ट्रपति र उपराष्ट्रपति : • नेपालको संविधान2072 भ...
    भाग-7 कार्यपालिका : • नेपालको संविधान2072 भा...
    facebook ma जोडीनको लागि
    facabook id: / tapendra.paudyal
    phone no:9860534753
    #best_lawyer ‪@tapendra_paudyal‬

ความคิดเห็น • 5

  • @Shrawan2057
    @Shrawan2057 ปีที่แล้ว

    Keep continue 🎉

  • @jharanakarki8424
    @jharanakarki8424 ปีที่แล้ว

  • @mansarakumarisijapati160
    @mansarakumarisijapati160 ปีที่แล้ว

    अहिले त कानुन व्यवसायीका आचारसंहिता सम्बन्धि नियमावली २०७९ निर्माण भइसकेको छ, २०५१ खारेज भइसक्यो🙏

  • @rameshprasadchapai9526
    @rameshprasadchapai9526 ปีที่แล้ว