Aajako Bachan 2025 Jan 01 || क्षमा गरेर सुरु गर्नुहोस् ||
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- Aajako Bachan 2025 Jan 01 || क्षमा गरेर सुरु गर्नुहोस् ||
बुधबार जनवरी १ पुष १७ - नयाँ वर्षको दिन
“जसरी परमेश्वरले...तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर ।” -एफिसी ४ः३२
क्षमा गरेर सुरु गर्नुहोस्
यदि तपाईं सफा पाना र हलुका यात्राको साथ नयाँ वर्ष सुरु गर्न चाहनुहुन्छ भने तपाईंलाई तल तानिरहेका पुराना सबै रिसराग र तिक्तता त्यागिदिनुहोस् । लेखक फिलिप यान्सीले क्षमालाई “अस्वाभाविक कार्य” भनी वर्णन गरेका छन् । उनी भन्छन् “डल्फिनले आफ्ना खेल्ने साथीहरूलाई खाएकोमा सार्कलाई क्षमा दिने डल्फिनहरू तपाईंले फेला पार्न सक्नुहुन्न । यो कुकुरले कुकुरलाई टोक्ने संसार हो कुकुरले कुकुरलाई क्षमा दिने संसार होइन । यहाँ सफलताको लागि एकले अर्कोसँग कठोर प्रतिस्पर्धा साथै हानिसमेत गर्न तत्पर मानिसहरू रहने संसार हो...एकअर्कालाई क्षमा गर्ने मानिसहरूको होइन ।” तपाईंलाई चोट लागेको छ भने तीतोपन र घृणा स्वाभाविक रूपमा आउँछन् । क्षमा गर्ने काम अलौकिक हो र यसका लागि परमेश्वरको अनुग्रह चाहिन्छ तर याद गर्नुहोस् येशूले भन्नुभयो “तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन” (मत्ती ६ः१५) । यसको बारेमा सोच्नुहोस् त -परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुपर्ने त्यहाँ एउटै पनि कारण छैन तापनि उहाँले हामीलाई प्रत्येक दिनका लागि क्षमा गर्नुहुने अपराधहरू हामीले हाम्रा आमाबाबु , जीवनसाथी र साथीहरूलाई क्षमा गर्नुपर्ने अपराधहरूभन्दा धेरै ठुला छन् । बाइबलले भन्दछ “जसरी परमेश्वरले...तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गर ।” क्षमाले झ्यालखानाको ढोका खोल्छ जहाँ तपाईं कैदी र जेलर दुवै हुनुहुन्छ । रिसराग र तिक्तताले तपाईंलाई कुनै समय मित्र रहेका व्यक्तिहरूबाट मात्र अलग गर्दैन यसले धेरै शारीरिक रोगहरू जन्माउने घातक इन्जाइमहरू उत्पादन गरेर तपाईंको आयुसमेत छोट्याउँछ । एक मानिसले आÇनो परामर्शदातालाई यसो भन्यो “मेरो विवाहमा मेरो भाइ आएहुन्थ्यो भन्ने म चाहन्छु तर हामीले वर्षौंदेखि बोलचाल गरेका छैनौँ ।” ती परामर्शदाताले सोधे “किन त्यस्तो भयो ?” एकछिन् रोकिएर त्यो मानिसले जवाफ दियो “अहिले यो हास्यास्पद सुनिन्छ तर मलाई याद पनि छैन ¤” सम्बन्धमा टाढा हुनु क्षमाहीनताको स्वाभाविक परिणाम होý क्षमाले टुटेको सम्बन्धलाई स्वस्थ बनाएर त्यस्तो दूरीलाई घटाउँछ । यो एउटा वैज्ञानिक तथ्य अनुसार क्षमाले तपाईंको जीवनमा वर्षहरू थप्छ । सामान्यतया जब तपाईं असी वर्ष पार गरेका व्यक्तिहरूसँग कुरा गर्नुहुन्छ तपाईंले पत्ता लगाउनुहुनेछ कि उनीहरू आफैंसँग शान्तिमा छन् किनभने उनीहरूले क्षमा गर्न र छोडिदिन सिकेका छन् ।
यसकारण आज सबैलाई क्षमा गरेर नयाँ जीवन जिउन सुरु गर्नुहोस् ।
आत्मिक भोजन २ कोरिन्थी ५ः११-२१, एफिसी ४ः१७-३२
धन्यवाद हल्यलुयाह आमेन जयमसिह 🙏❤️✝️🇳🇵
Amen 🙏 praise the lord 🙏 hallelujah 🙏🙏🎉
जयमसीह सबैलाई लाई 🙏 धन्यवाद पिता हालेलुया आमीन ✝️❤️🙏
Amen ❤️jaimashi 🙏🙏🙏
Praise The lord .✝️👏🙏🇺🇸
Amen
आंमेन आंमेन हालेलुयहा
Amen 🙏