ख्रीष्टप्रति समर्पित बन्नुहोस्
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- सोमवार जनवरी २७ माघ १४
“यी कर्तव्यहरू पालन गर । तिनीहरूमा नै लागिबस ताकि तिम्रो प्रगति सबैले देखून् ।” -१ तिमोथी ४ः१५
ख्रीष्टप्रति समर्पित बन्नुहोस्
एकदिन प्रख्यात बाइबल विद्वान् चक स्विण्डोलका एक जना मित्र उनीसँग “प्रेमसाथ सत्य बोल (एफिस ४ः१५) भन्ने वचनअनुसार बोल्न आए । ती मानिसले भने “तपाईं नैतिक रूपमा पतन हुनुहुनेछ भन्ने मलाई लाग्दैन । मलाई चिन्ता छ कि परमेश्वरसँग तपाईंको समय र धर्मशास्त्र अध्ययन गर्ने तपाईंको समयलाई तपाईंले आफ्नो निम्ति कम महत्व दिनसक्ने परीक्षा चाहिँ छ । म तपाईंलाई आग्रह गर्छु त्यस्तो हुन नदिनुहोस् ।” स्विण्डोलले तिनको कुरालाई गम्भीर रूपमा लिएर मनमा राखे अनि आफ्नो निम्ति पाँच वटा प्रतिज्ञा लेखे । यदि तपाईं पनि ख्रीष्टप्रति समर्पित हुनेबारे गम्भीर हुनुहुन्छ भने तपाईंले पनि आफैसँग यी पाँच वटा प्रतिज्ञा गर्नुपर्छः “१) म मेरो अध्ययनमा मौलिक र कठोर परिश्रम गर्ने प्रतिज्ञा गर्छु । मलाई जसको सेवा गर्न बोलाइएको छ उनीहरूले मेरो उत्तम प्रयत्नको फल प्राप्त गर्नुपर्छ । २) म परमेश्वरप्रति समर्पित ह्दय बनाइरहने प्रतिज्ञा गर्छु । त्यसको अर्थ मैले बारम्बार र जोशिलो रूपमा प्रार्थना गर्नेछु अनि उहाँप्रति र मेरो बोलावटप्रति समर्पित रहनेछु । ३) म जवाफदेही रहने प्रतिज्ञा गर्छु । एकलो धार्मिक व्यक्तिको रूपमा जिउनु अबाइबलीय मात्रै होइन कि यो जोखिमपूर्ण पनि छ । ४) म आफ्नो परिवारप्रति विश्वासयोग्य रहने प्रतिज्ञा गर्छु । मेरी पत्नी मेरो समय प्रेम र सम्पूर्ण वास्ता पाउन योग्य की छिन् । हाम्रा अहिले हुर्किसकेका छोराछोरी पनि त्यसको योग्यका छन् । ५) म जो हुँ म त्यही रहने प्रतिज्ञा गर्छु । हाँसिरहने र अलि अनौठा कुराहरू बोल्ने । मित्र बन्ने र हरेक महिना केही गल्तीहरू गर्ने ।” ख्रीष्टप्रति समर्पित रहने भन्ने दोस्रो प्रतिज्ञाले तपाईंलाई अनौठो न्याय गरिहाल्ने असामाजिक वा संसारबाट अलग बनाउँदैन । होइन । बरु यसले त तपाईंलाई परमेश्वरले चाहनुभएको अनुसारको सबैभन्दा उत्तम संस्करण पो बनाउँछ । यसकारण तपाई नैतिक रुपमा बलियो बन्ने हो भने आफूलाई ख्रीष्टमा समर्पित गनुहोस् ।
आत्मिक भोजन गन्ती ३ः१-४ः३३, मत्ती १०ः१-१०, भजन १०४ः१-२३, हितोपदेश ३ः९-१०