प्रेमको प्रतिक रानीमहल | RaniMahal Palpa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • रानीमहल पाल्पा - प्रेमको प्रतिक
    प्रेमका लागि समर्पित महल
    ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान
    प्रेमिल जोडी
    Raja: Chakra Bhandari
    Rani: Susmita Paudel
    २०८१/०२/१२
    पाल्पा जिल्लाको तानसेन नगरपालिका-१३ स्थित पाल्पा र स्याङ्जा जिल्लाको सिमाना रानीघाटमा कालिगण्डकी नदी किनारमा रानीमहल रहेको छ। श्री ३ वीर शमशेरका पालामा सर्वोच्च सैनिक कमान्डर तथा श्री ३ रोलक्रममा रहेका खड्ग शमशेरले आफूविरुद्ध षड्यन्त्र गर्न लागेको आरोपमा काठमाडौं निकाला गरेपछि खड्ग शमशेर पाल्पामा गई पाल्पालाई काठमाडौं जस्तै सुन्दर र विकसित बनाउन प्रयत्न गरेका थिए।
    यसै क्रममा खड्ग शमशेरकी रानी तेजकुमारीले आफ्ना नाममा ताजमहल स्थापना गर्ने इच्छा गरेको र तिनको असामयिक निधनपछि भावविह्वल बनेका खड्ग शमशेरले स्वर्गीय पत्नी तेजकु‌मारीको स्मृतिमा उनकै समाधिस्थल रानीघाटमा एक विशाल तथा कलात्मक दरबार रानीमहलको निर्माण गरेका थिए। वि.सं. १९४९ मा बेलायती इन्जिनियर र प्राविधिकहरूको संलग्नतामा निर्माणकार्य सुरु भएको यो दरबार वि.स. १९५४ मा सम्पन्न भएको थियो। यस दरबारलाई हाल रानीमहल तथा नेपालको ताजमहलका नामले चिनिन्छ । खड्ग शमशेरले आफ्नी रानीको सम्झना र समर्पणमा निर्माण गरेको भएकाले यस दरबारलाई प्रेमको प्रतीकका रूपमा समेत मान्ने गरिन्छ ।
    प्रेम गर्ने जोडीहरू जीवनकालमा कम्तीमा एक पटक भए पनि रानीमहल पुगेमा आफ्नो प्रेम अमर रहने विश्वास गरिन्छ । हरियाली तथा स्वच्छ वातावरण एवम् शान्त कालिगण्डकी नदीको समीपमा रहेको यस रानीमहल अवलोकन तथा मनोरञ्जनका लागि स्वदेशी तथा विदेशी गरी दैनिक ३०० को हाराहारीमा पुग्ने गरेको पाइन्छ ।
    *Background tune is taken from Free Music from Capcut.
    #keepgoingforward

ความคิดเห็น • 1